• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

दशैंमा पनि यी बैंकहरू खुल्ने, कुनको शाखा कति बेला खुल्छ ?

क्यानाडा नेपाल आश्विन २६ २०७८
  • 678
    SHARES
  • images
    images
    दशैंमा पनि यी बैंकहरू खुल्ने, कुनको शाखा कति बेला खुल्छ ?

    काठमाडौं - नेपालीहरुको महान चाड दशैं शुरु भइसकेको छ । दशैं शुरु भएपछि धेरै बैकका विभिन्न शाखाहरु बन्द भएका छन् । यस्तै ग्राहकको सुविधाको लागि बैंकहरुका विभिन्न शाखाहरु खुल्ने भएका छन् ।

    images

    दशैंमा पनि सेवाग्राहीलाई सेवा–सुविधा दिन विभिन्न शाखामा फरक फरक समय तोकिएको छ । बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने भएको छ । तल हेर्नुहोस् कुन बैंकको कुन शाखा कहिले कति बजेदेखि खुल्छ । 

    एनआइसी एशिया बैंक

    बागमती प्रदेशः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी    
    बागबजार, भक्तपुर (सूर्यविनायक), ग्वार्को कलंकी, महाराजगंज, नारायणगढ    

    अष्टमी    
    कर्पोरेट शाखा, पेप्सीकोला, सातदोबाटो, बौद्ध सामाखुसी, हेटौंडा     

    नवमी    पुल्चोक, बनेपा, सुकेधारा, थानकोट, न्यूरोड खिचापोखरी, हाकिम चोक    

    एकादशी
    हेटौंडा, नारायणगढ सतुङ्गल, सितापाईला, न्यूरोड विशाल बजार, डिल्लीबजार, महाराजगञ्ज, कीर्तिपुर बालाजु बौद्ध, लाजिम्पाट, कौशलटार, जावलाखेल, ठमेल,

    भक्तपुर (सूर्यविनायक), गोंगवु
        
    प्रदेश नम्बर १ः बैंक खुल्ने– विहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी    

    विराटनगर    

    अष्टमी    इटहरी    

    नवमी    बिर्तामोड, दमक, धरान, पुष्पलाल चोक

    एकादशी    बिर्तामोड, पन्द्रगढी, इलाम बुधवारे, दमक, उर्लाबारी सुरुद्रा, पथरी, धरान, गाईघाट, मुम्का, हिले, ओखलढुङ्गा, बिराटनगर, इटहरी, बिराटचोक, पुष्पलाल चोक    

    प्रदेश नम्बर २ः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजे सम्म

    सप्तमी    
    वीरगञ्ज, गौर जितपुर लंगडी बागमती, हरिवन, मलंगवा, वर्दिवास, कविलासी, लाहान जनकपुर     

    अष्टमी    
    लिङ्गरोड, चन्द्रनिगाहपुर कलैया, लंगडी, लालबन्दी, गौशाला (महोत्तरी), सम्सी,
    बरहथवा मिर्चेया, पिडारी चोक     

    नवमी    
    पावरहाउस चोक वीरगञ्ज, और निजगढ, हरिवन, मलंगवा, हरिपुर्वा, बर्दिवास, लाहान, जनकपुर    

    एकादशी    

    वीरगञ्ज, लंड्डी, कलैया, जितपुर निजगढ़, चन्द्रनिगाहपुर, गौर, हरिवन, मलंगवा, लालबन्दी, बेलवास, सम्सी, गौशाला, बर्दिवास, जनकपुर, पिडारी चोक, महेन्द्रनगर, धनुषा निर्देशा, सिराहा गोलबजार लाहान, राजविराज    

    गण्डकीः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी
    कावासोती बागलुख, दमौली, न्यूरोड पोखरा, बगर, पावरहाउस चौक     

    अष्टमी    
    कुस्मा, दुलेगौंडा, दलदले पोखरा महेन्द्रपुल, बाझापाटन, बुढीबजार    

    नवमी    
    गैडाकोट, बेनी, लेकसाईड लेखनाथ अमरसिंह चोक
        
    एकादशी
    दलदले, कावासोती, गैडाकोट, दमौली, कुस्मा, बागलुङ, न्यूरोड पोखरा लेखनाथ, बिरौटा, पोखरा महेन्द्रपुल    

    लुम्बिनीः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी    
    भैरहवा, राजमार्ग चौराहा बुद्धचोक (भैरहवा), धकधही मणिग्राम, बुटवल, तानसेन, नेपालगन्ज, तुलसीपुर घोराही, कोहलपुर    

    अष्टमी    
    बुद्धचोक (भैरहवा), राममन्दिर लाईन, तुलसीपुर    
    नवमी    देविनगर, कोहलपुर    

    एकादशी    
    जितपुर ४ नम्बर, मणिग्राम, राजमार्ग चौराहा, तौलिहवा, बर्दघाट, बुटवल, परासी, तानसेन, घोराही तुल्सीपुर, नेपालगञ्ज    

    कर्णालीः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी    
    जुम्ला रोड    

    अष्टमी    
    जुम्ला रोड    

    नवमी    
    जुम्ला रोड    

    एकादशी    
    जुम्ला रोड    

    सुदूरपश्चिमः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी    
    धनगढी चौराहा, महेन्द्रनगर, बौलिया, टीकापुर, दार्चुला, डडेलधुरा

    अष्टमी    
    धनगढी (हस्पिटल लाइन), महेन्द्रनगर अतरिया लम्की, जोशीपुर,     

    नवमी    
    धनगढी चौराहा, बेदकोट धनगढी (हस्पिटल लाइन)
        
    एकादशी    
    धनगढी चौराहा, धनगढी (हस्पिटल लाइन), अतरिया, महेन्द्रनगर, बेदकोट, चौमाला, बौनिया, टिकापुर, जोशीपुर, हसुलिया, लम्की करदाता विस्तारित काउन्टर, साफेबगर, डडेलधुरा    

    राष्ट्रिय वाणिज्य बैंक
    प्रदेश नं. १ः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६    मंगलबार    
    देवकोटाचोक

    असोज २७    बुधवार    
    बिराटनगर

    प्रदेश नं. २ः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र
    असोज २६    मंगलबार    
    वीरगञ्ज, जनकपुर, कलैया, गौर, सिराहा, राजविराज, जलेश्वर

    असोज २७    बुधबार    
    श्रीपुर, पिडारीचोक

    बागमतीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र
    असोज २६    मंगलबार    
    भोटाहिटी, ललितपुर, सुर्यविनायक, बालाजु, बानेश्वर, टेकु, थापाथली

    असोज २७    बुधबार    
    मुख्य शाखा कार्यालय बिशालबजार, महाराजगञ्ज, ठमेल,कलंकी, थापाथली, गौशाला

    असोज २८    बिहीबार    
    दरवारमार्ग, पुल्चोक, ठिमी, बौद्ध, नक्साल,
    पुतलीसडक

    गण्डकीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र
    असोज २६    मंगलबार    
    पार्दी

    असोज २७    बुधबार    
    पृथ्वीचोक

    असोज २८    बिहीबार    
    महेन्द्रपुल

    लुम्बिनीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र
    असोज २६    मंगलबार    
    भैरहवा

    असोज २७    बुधबार    
    नेपालगञ्ज, बुटवल

    असोज २८    बिहीबार    
    तुल्सीपुर

    कर्णालीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र    

    असोज २६    मंगलबार    
    सुर्खेत

    असोज २७    बुधबार    
    वीरेन्द्रनगर

    सुदूरपश्चिमः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६    मंगलबार    
    महेन्द्रनगर

    असोज २७    बुधबार    
    धनगढी

    असोज २८    बिहीबार    
    क्याम्पस रोड


    आश्विन २६, २०७८ मंगलवार १२:२७:१८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # बैंक

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • 720
    SHARES
  • फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो । 

    images

    आइतबार प्रतितोला ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १२ सय ६५ रुपैयामा कारोबार भइरहेको छ ।


    कार्तिक ८, २०७८ सोमवार ११:३३:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल

    नेपाल बैंकको १७ प्रतिशत लाभांश घोषणा

  • 158
    SHARES
  • नेपाल बैंकको १७ प्रतिशत लाभांश घोषणा

    काठमाडौं - नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    images

    बैंकले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने करसहित तीन प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सो लाभांश सेयरधनीले पाउनेछन् ।

    हाल चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६ सय २४ रुपैयाँ रहेको बैंकको १४ प्रतिशतका दरले बोनस सेयर वितरणपछि चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार आठ सय ३१ रुपैयाँ पुग्नेछ । गत वर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद लाभांश वितरण गरेको थियो । न्युन कारखाना


    कार्तिक ८, २०७८ सोमवार १२:२८:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल बैंक

  • क्यानाडा नेपाल

    शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै मुक्तिनाथ क्यापिटल

  • 108
    SHARES
  • शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै मुक्तिनाथ क्यापिटल

    काठमाडौं - मुक्तिनाथ क्यापिटलले विशेष साधारणसभा बोलाएको छ । क्यापिटलले २३ कात्तिकमा हाल कायम चुक्ता पुँजीबाट शतप्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य एजेन्डासहित मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको हो । 

    images

    सभा भर्चुअल माध्यमबाट सुरु हुनेछ । साधारणसभाको लिंक कम्पनीलार्ई प्राप्त सेयरधनीको ईमेल ठेगानामा पठाइने क्पयापिटलले जनाएको छ । सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ । 

    सभामा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोहीबमोजिम थपघट, परिवर्तन वा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

    muktinath.jpg


    कार्तिक ८, २०७८ सोमवार १४:२७:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मुक्तिनाथ क्यापिटल

  • क्यानाडा नेपाल

    गुराँस लघुवित्तको सेयर मुल्य समायोजन

  • 116
    SHARES
  • गुराँस लघुवित्तको सेयर मुल्य समायोजन

    काठमाडौं - गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सोमबार (आज) संस्थाको १६ दशमलब ९० प्रतिशत बोनसपछिको सेयर मुल्य समायोजन गरेको हो ।

    images

    नेप्सेले सेयर मुल्य समायोजन गरेसँगै संस्थाको सेयर मुल्य प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँ कायम भएको छ । आजको सेयर बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँबाटै सुरु भएको छ । यसअघि आइतबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता एक हजार पाँच सय ७६ रुपैयाँमा भएको थियो।न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार १४:३३:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गुराँस लघुवित्त

  • क्यानाडा नेपाल

    नेप्सेमा हरियाली, ८७ दशमलव ६३ अंकको वृद्धि

  • 106
    SHARES
  • नेप्सेमा हरियाली, ८७ दशमलव ६३ अंकको वृद्धि

    काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । आज नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से २७ दशमलव ५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको थियो ।   

    images

    त्यस्तै, आज नेप्सेमा हरियाली छाएसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२९ कम्पनीको आठ करोड ३९ लाख पाँच हजार ८६४ कित्ता सेयर किनबेच हुँदा कुल चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको छ । आइतबार दुई अर्ब ७७ करोड ३४ लाख बराबरमा कारोबार सीमित भएको थियो । त्यस्तै, आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । याे बैंकको आज १६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।        

    आज सबै समूहको सूचकमा हरियाली छाएको छ । आज हाइड्रोपावर र फाइनान्स समूहको सूचक सात प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने आज व्यापार समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले मात्र उकालो लागेको छ । बाँकी सबै समूहको सूचकमा एक प्रतिशतदेखि ६ प्रतिशतभन्दा धेरैले सुधार आएको छ ।  

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १५ कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ भने नौ कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।  

    नेप्सेका अनुसार आज सबैभन्दा धेरै फाइदा कमाउनेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको लगानीकर्ता रहेका छन् । कम्पनी १० प्रतिशतभन्दा धेरैले फाइदामा गरेको छ । त्यस्तै, आज सबैभन्दा धेरै गुमाउनेमा सांग्रिला डेभलपमेन्ट बैंक डिभेञ्चर २०८७ का लगानीकर्ता रहेका छन् । बैंकको सेयर मूल्य चार प्रतिशतले ओरालो लागेको छ ।न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार १८:०३:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडा नेपाल

    राष्ट्र बैंकले गर्‍यो ३ तीन बैंक र पाँच फाइनान्सलाई कारबाही

  • 108
    SHARES
  • राष्ट्र बैंकले गर्‍यो ३ तीन बैंक र पाँच फाइनान्सलाई कारबाही

    काठमाडौं - नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो ।

    images

    राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सिसिडी अनुपात कायम नगरेकाले कम्पनीहरुलाई कारबाही गरेको जनाएको छ । 

    राष्ट्र बैंकले बंगलादेश बैंकलाई ३० हजार, प्रभु बैंकलाई ३५ हजार र हिमालयन बैंकलाई दुईपटक गरी कुल ३० हजार २१ रुपैयाँ जरिवाना गरेको छ ।

    त्यसैगरी, केन्द्रीय बैंकले गैरस्थलगत निरीक्षणको आधारमा विभिन्न फाइनान्स कम्पनीलाई पनि जरिवाना तिराएको छ । राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कुल निक्षेपको पाँच प्रतिशत राष्ट्र बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिराएकाे हो ।

    राष्ट्र बैंकले समृद्धि फाइनान्सलाई पहिलोपटक एक सय ३८ रुपैयाँ २७ पैसा, गुडवील फाइनान्सलाई भदौमा अनिवार्य मौज्दात कायम नपरेबापत दुई हजार आठ सय सात रुपैयाँ ९९ पैसा जरिवाना तिराइएको छ ।

    त्यस्तै, सिटी एक्सप्रेस फाइनान्सलाई दुई लाख ५९ हजार सात सय ५१ रुपैयाँ, जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार तीन सय आठ रुपैयाँ पर्याप्त विपन्न वर्ग कर्जा प्रवाह नगरेकाले जरिवाना तिराइएको छ । 

    त्यस्तै, राष्ट्र बैंकले विपन्न वर्गको कर्जा पर्याप्त प्रवाह नगरेकोमा ललितपुर फाइनान्सलाई सात लाख ११ हजार (प्रथम त्रैमास),ललितपुर फाइनान्सलाई ६ लाख ६७ हजार (दोस्रो त्रैमास) र ललितपुर फाइनान्सलाई ६ लाख ७८ हजार (तेस्रो त्रैमास) जरिवाना गरेको हो ।न्युज कारखाना
     


    कार्तिक ८, २०७८ सोमवार १८:४५:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक

  • क्यानाडा नेपाल