आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

गायिका आरती श्रेष्ठको ‘के यो माया हो’ बोलको गीत लोकप्रिय बन्दै (भिडियो)



काठमाडौं गायिका आरती श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । गायिका आरती श्रेष्ठको सुमधुर स्वरमा ‘के यो माया हो’ बोलको गीतको भिडियो केहि दिन अघि बजारमा आएको हो । यस गीतमा रोमन बज्राचार्यको शब्द रचना तथा संगीत रहेको छ । यस गीत फरक कन्सेप्टमा तयार पारिएकोले स्रोता तथा दर्शकले रुचाएका छन् । 

गीतको भिडियोमा रोजि पन्त र निर्जन थापाको धमाकेदार अभिनय रहेको छ । यस गीतको भिडियोलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन्। भिडियोमा भिमराज रसाईली, सिर्जना लोहागुन र सरस्वती गौतमले लगानी गरेका छन्। भन रणधीर श्रेष्ठले क्यामेरामा कैद गरेका हुन्। भिडियो सम्पादन धुर्बराज पराजुली ‘प्रज्जवलित’ ले गरेका छन् । 

\"\"

 

प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार  ७ : ३७ बजे