श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022
भिडियो

भिम बीसीको नयाँ प्रस्तुति ‘परानी’


काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सफल अनि करोड क्लबका गायक तथा संगीतकार गीतकार भिम बीसीले आफ्ना सिर्जनाहरुले सबैको मन जित्न सफल भएका छन् l भिम बीसीले भर्खरै रिलिज गरेको नयाँ गीतले अहिले दर्शकको मन जितिरहेको छ ।

सांगीतिक माहोल अहिले एउटा गीत छाएको छ । भिम बीसीको संगीत, जीना रसाइली र शेर कानीको अवाज रहेको गीत सबैको मनमा बस्न सफल भएको छ l आफ्नो मायालुलाई छोडेर जानु पर्दाको बिछोड कहानी प्रस्तुत गरेको छ l प्रमोद भण्डारीको निर्देशन कविता नेपाली अनि एल बी बिश्वोकर्माको जिबन्त अभिनय हेर्न सकिन्छ l

वास्तविक जीवनमा आधारिक कथा यस भिडियो मार्फत देखाएको छ l यस भिडियोलाइ दिपेन बस्न्यातले सम्पादन अनि छायांकन गरेका हुन् l संगीतकार भिमले सुदुर्पचिम देउडा संस्कारलाई अगाडी बढाउने हेतुले आफ्नो सिर्जना मार्फत प्रस्तुत गरेका छन् “परानी” । म्युजिक भिडियो उनको आफ्नो युट्युबच्यानलमा हेर्न सकिन्छ  l  

मौलिक संस्कृतिलाई बचाउने हेकाले आफू सधै तत्पर रहेको संगीतकार गायक गीतकार भिम बीसी बताउछन् । आफु लामो रेसको घोडा जस्तै अगाडी हिड्न मनलाग्छ l आफ्नो कर्म र भाग्यमा विश्वास  गर्छन l उनका चर्चित गीतहरु कपुरी क, ताराबाजी लै लै, ए कान दुई कान मैदान, झुमा झल्का पिरती, इतिहास, मुखैमा राम राम, बस बस रे, एना हेरी हेरी हुन l नेपाली सांगीतिक क्षेत्रमा उनलाई ट्रेन्ड शेटर रुपमा चिनिन्छ  !