• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन

क्यानाडा नेपाल आश्विन २२ २०७८
  • 510
    SHARES
  • images
    images
    सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं - सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले तीन सय ५२ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १२ दशमलव ९१ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

    images

    अब आइतबार नेप्सेमा सोही मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ । बैंकले साधारणसभा प्रयोजनका लागि शुक्रबार बुक क्लोज गरेको छ । 

    सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १२ दशमलव ९१ प्रतिशत बोनस सेयर र तीन दशमलव ०८ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेस गर्दैछ ।न्युज कारखाना


    आश्विन २२, २०७८ शुक्रवार १०:२३:२४ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # सिटिजन्स बैंक

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    फेरि बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुनको कति ?

  • 242
    SHARES
  • फेरि बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुनको कति ?

    काठमाडौं । शुक्रबारको तुलनामा आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ५७ पैसा तोकिएको छ । 
     
    एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५० पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ ३४ पैसा तोकिएको छ। 
     
    एक बहराइन दिनारको खरिददर ३ सय १८ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १९ रुपैयाँ ७८ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
     
    एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ २५ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ । 

    images

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २० पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ११ पैसा तोकिएको छ।  

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६४ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ४ पैसा रहेको छ । 


    मंसिर १९, २०७८ आइतवार १०:०९:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडा नेपाल

    रिलायन्स लाइफले ११ पुसमा बोलायो साधारण सभा, एस्तो छ मूख्य एजेण्डा  

  • 156
    SHARES
  • रिलायन्स लाइफले ११ पुसमा बोलायो साधारण सभा, एस्तो छ मूख्य एजेण्डा  

    काठमाडौं - रिलायन्स लाइफ इन्स्याेरेन्सले ११ पुसमा साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजेका लागि आर्थिक वर्ष २०७६/०७७ को साधारणसभा आह्वान गरेको हो । 

    images

    सभामा कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको पाँच दशमलव २६ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

    साधारणसभा र लाभांश प्रयोजनको लागि कम्पनीले २६ मंसिरमा बुक क्लोज गर्दै छ । यसअनुसार, २५ मंसिरसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।


    मंसिर १९, २०७८ आइतवार १०:३८:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रिलायन्स लाइफ इन्स्याेरेन्स

  • क्यानाडा नेपाल

    पिपुल्स हाइड्रोपावरले ९६ करोडको आईपीओ निष्कासन गर्ने

  • 126
    SHARES
  • पिपुल्स हाइड्रोपावरले ९६ करोडको आईपीओ निष्कासन गर्ने

    काठमाडौं - पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अघि सारेको छ । कम्पनीले ९६ लाख कित्ता सेयरको ९६ करोड बराबरको प्राथमिक सेयर निष्कासनको तयारी थालेको हो । 

    images

    कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा छनोट गर्ने सम्झौता गरेको छ । शुक्रबार भएको सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् । 

    उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निष्कासन तथा बिक्री प्रवन्धको रूपमा सानिमा क्यापिटल छ । उक्त कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायणप्रसाद घिमिरे लगायतका अधिकारीलगायतको उपस्थिति थियो ।


    मंसिर १९, २०७८ आइतवार १०:५०:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    ह्वात्तै बढ्यो सुनको मूल्य

  • 258
    SHARES
  • ह्वात्तै बढ्यो सुनको मूल्य

    काठमाडौं -आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाले बढेको हो ।  
     
    शुक्रबार तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     
    यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १२ सय रुपैयाँ कारोबार भइरहेको छ ।  

    images

     


    मंसिर १९, २०७८ आइतवार ११:२४:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल

    तीन महिनामै १० अर्बकाे चाँदी आयात 

  • 138
    SHARES
  • तीन महिनामै १० अर्बकाे चाँदी आयात 

    काठमाडाैँ - चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा चाँदी आयात २० गुणाले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार असाेज २०७७ सम्ममा ४९ करोड रुपैयाँ बराबरको मात्र चाँदी आयात भएको थियो ।असाेज २०७८ सम्ममा भने नाै अर्ब ९७ करोड रुपैयाँ बराबरको चाँदी भित्रिएको छ । 

    images

    असाेज २०७६ सम्ममा दुई अर्ब ९९ करोड रुपैयाँ बराबरको चाँदी आयात भएकोमा गत वर्ष कोभिडका कारण आयात केही प्रभावित भएको थियो । तर, यो वर्ष उच्च दरमा चाँदी आयात हुन थालेपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीका लागि टाउको दुखाइको विषय बनेको हो । 

    उच्च व्यापारघाटा, घट्दो रेमिट्यान्स तथा विदेशी विनियम सञ्चितीका कारण दबाबमा रहेको नेपाल राष्ट्र बैंकले १३ मंसिरदेखि नै चाँदी आयातमा कडाइ गरिसकेको छ ।  ‘अघिल्ला वर्षहरूको तुलनामा चाँदीका आयात केही अस्वभाविक देखिएको छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले भने, ‘केही प्रावधानमा कडाइ गरिसकेका छौं, आगामी दिनको आयात हेरेर थप निर्णय गछौं ।’

    राष्ट्र बैंकले १३ मंसिरमा निर्देशन जारी गर्दै खुला बजार आयात इजाजत (ओजीएल) व्यवस्थामार्फत् बाणिज्य बैंक तथा व्यवसायीले चाँदी आयात गर्न पाउने र आयात गर्दा प्रति पटक ३५ हजार डलर वा सो बराबरको मात्र सटही सुविधा दिने व्यवस्था गरेको छ । यसैगरी आयातित चाँदी गरगहना र हस्तकलाका सामान निर्माण गर्नका लागि मात्र प्रयोग गर्न सक्नेछन् । 

    यसअघि राष्ट्र बैंकले सुन आयात र बिक्रीमा कडाइ गरे पनि चाँदीमा भने खुला छोड्दै आएको हो । चाँदीको अस्वभाविक आयात हुन थालेपछि राष्ट्र बैंकले कडाइ गरेको हो ।  चाँदीको आयात अस्वभाविक भएको व्यवसायीसमेत स्वीकार गर्छन् । ‘हाम्रो आवश्यक्ताभन्दा बढी नै चाँदी आयात भएको देखिएकाले कडाइ गर्न हामीले पनि राष्ट्र बैंकलाई सुझाव दिएका हौं’, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने । 

    आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको निर्यात हुँदा कुल वस्तु आयात चार खर्व ७८ अर्ब ५२ करोड पुगेको छ । जसको कारण तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई चार खर्ब १३ अर्ब ४७ करोड पुगेको छ ।

    तीन महिनामा रेमिट्यान्स आप्रवाह ७.६ प्रतिशतले कमि आई दुई खर्ब ३९ अर्ब ३२ करोड कायम भएको छ भने चालु खाता घाटा एक खर्ब ५१ अर्ब ७० करोड पुगेको छ । यसैगरी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमि आई असाेज २०७८ सम्ममा १३ खर्व १९ अर्ब ३२ करोड कायम भएको छ । अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएपछि राष्ट्र बैंकले विलासी सामनका आयातमा कडाइ गरेको छ । 


    मंसिर १९, २०७८ आइतवार १२:५९:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चाँदी

  • क्यानाडा नेपाल

    तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्‍याे प्रस्ताव आह्नवान 

  • 160
    SHARES
  • तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्‍याे प्रस्ताव आह्नवान 

    काठमाडाै - नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्व पाँच करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप राख्ने भएको छ । एक वर्ष अवधिको निक्षेपका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव मागेको छ । 

    images

    कुल निक्षेपमध्ये दुई अर्व ४४ करोड रुपैयाँ वाणिज्य बैंकलाई, ४५ करोड ७५ लाख राष्ट्रियस्तरका विकास बैंकलाई र १५ करोड २५ लाख फाइनान्स कम्पनीलाई छुट्याइएको छ ।

    निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आगामी बुधबारसम्म व्याजदरसहितको प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । 

    निक्षेप लिन बैंक सञ्चालनमा आएको दुई वर्ष पूरा भएको हुनुपर्ने, निष्क्रिय कर्जा कुल सापटीको ५ प्रतिशतभन्दा कम रहेको, नाफामा रहेको, घरजग्गा कर्जा सिमाभित्र रहेको हुनुपर्नेलगायतका सर्तहरू तोकिएको छ । 


    मंसिर १९, २०७८ आइतवार १८:५४:३४ बजे : प्रकाशित


    क्यानाडा नेपाल