श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय, को-केमा नियुक्त भए ?



काठमाडौं – सरकारले नेपाल प्रशासन सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सह–सचिव पदमा रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको का प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

यस्तै उनका अनुसार उक्त बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्याधिवक्ता डा. गोपीचन्द्र भट्टराईलाई नियुक्त गरेको छ । यस्तै बैठकले र ऋण असुली न्यायाधीकरणको कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

यस्तै बैठकले विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्किले बताए । यस्तै बैठकले असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ । 

यस्तै बैठकले रोजगार अनुमति प्रणाली संचालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०७८ लाई स्वीकृत गरेको छ । 
 

प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार  १ : १९ बजे