आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

यसकारण नायिका प्रियंकाले पति निकसँग गीत नगाउने



एजेन्सी – बलिउड नायिका प्रियंका चोपडा र अमेरीकी गायक निक जोनसको जोडी निकै चर्चित जोडी हो । लामो प्रेम सम्बन्धपछी बिबाह बन्धनमा बाधिँएका यी दुईलाई एक सफल जोडीको रुपमा लिइन्छ । बलिउडदेखी हलिउडसम्म चर्चा कमाउदै आएकी नायिका प्रियंका आफ्नो फोटोसुट र फिल्मका कारण चर्चामा आएरहने गर्छिन् । 

केहि समय अघि यी दुबैले अमेरिकाको लस एन्जल्समा २० मिलियन अमेरिकी डलरको घर किनेको चर्चा चलेको थियो । तर पछिल्लो समय नायिका प्रियंकाले एक नौलो कुरा खुलासा गरेकी छिन् । उनले पति निकसँग कहिले पनि युगल गीत नगाउने बताएकी छिन् । उनको यो कुरा सुनेपछी सबै अचम्ममा परेका छन् । 

प्रियंकाले पति निकसँग गीत नगाउने कारण पनि खुलाएकी छिन् ।  उनले भनिन् ुम उनको अगाडि गाउने हिम्मत गर्नै सक्दिन। उनी सानैदेखि गीत गाउने, लेख्ने गर्दै आएका छन्। उनी संगीतको बनाउँछन। तर मसँग त्यस्तो गर्ने ज्ञान छैन। मलाई गीतसंगीत एकदमै मनपर्छ

 

प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार  ५ : ०० बजे