• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

दुर्गा प्रसाईंको पश्चिम दौडाहा, ५०० करोडमा क्यान्सर अस्पतालदेखि मेडिकल कलेज खोल्ने

मोनीका सिंह आश्विन १५ २०७८
  • 1.4K
    SHARES
  • images
    images
    दुर्गा प्रसाईंको पश्चिम दौडाहा, ५०० करोडमा क्यान्सर अस्पतालदेखि मेडिकल कलेज खोल्ने

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुदूरपूर्वमा बीएण्डसी अस्पताल, क्यान्सर अस्पताल र मेडिकल कलेज स्थापना गरेर पूर्वलाई मेडिकल हब बनाएका छन् । अब दुर्गा प्रसाईंको नजर पश्चिम छेत्रमा परेको छ जसका कारण अहिले उनी पश्चिम दौडाहामा लागेका छन् ।

    images

    केहि दिन अघि धनगढी पुगेर युवापुस्तासंग अन्तरक्रिया गरेर फर्किएका दुर्गा प्रसाईं फेरी नेपालगंज र सुर्खेत पुगेर त्यहाँका युवापुस्तादेखि स्थानीयसंग अन्तरक्रिया गरेका छन् । पश्चिमका युवाहरुले कार्यक्रम आयोजना गरेर दुर्गा प्रसाईंलाई बोलाएको मौका छोपेर आफ्नो अस्पताल खोल्ने योजना बारे खुलेर बताएका छन् । सम्भवत नेपालगंज आसपास खोल्न सकिने सभावना बताउंदै प्रसाईंले पश्चिमका स्थानीयले साथ सहयोग गरे २०० करोड माथिको लगानीमा अस्पतालदेखि कलेज खोल्ने योजना बताएका छन् ।

    नेपालगंज र सुर्खेत पुगेका दुर्गा प्रसाईंले आफूलाई स्थानीय राजनीतिक दलदेखि युवापुस्ताले सहयोग गरेमा आफ्नो योजना अनुरुप पश्चिमलाई पनि मेडिकल हब बनाउन सक्ने कुरा बताएका छन् । मेडिकल हब बनाउन सकेमा नेपालबाट भारतसम्म उपचार गर्न जान रोक्न सकिने साथै विधार्थीहरु मेडीकल शिक्षा लिन विदेश जाने भिंड पनि रोक्न सकिने कुरा उल्लेख गरेका छन् ।

    पश्चिम पुगेर कार्यक्रमलाई सम्बोधन गर्दै दुर्गा प्रसाईंले भने, "मैले सुदूरपूर्वमा अस्पताल र कलेज खोलेर मेडिकल हब बनाएको छु । अब मलाई पश्चिममा पनि अस्पताल र कलेज खोलेर मेडिकल हब बनाउने योजना छ । तर म एक्लैले गर्न सक्दिन त्यसको लागि स्थानीय युवाहरु, यहाँका राजनीतक दलदेखि जनताले साथ दिए म लगानी गर्न तयार छु ।"

    पश्चिममा किन अस्पताल खोल्ने भनेर प्रश्न गर्दा व्यवसायी प्रसाईंले युवापुस्तालाई भने, "यो ठाउँमा धेरै बिरामीहरु छिमेकी देश भारतसम्म उपचार गर्न जाने पाएको छु । त्यो महँगो पनि पर्छ त्यसैले आफ्नै ठाउँमा अस्पताल खोल्दा बिरामीहरु छिमेकी देश जानुपर्दैन र सस्तो मै नेपालमा उपचार गर्न सकिन्छ । त्यस्तै छिमेकी देश भारतबाट समेत बिरामी आउन सक्ने वातावरण देख्छु त्यसैले यो ठाउँमा राम्रो सम्भावना देखेको छु ।"

    यो ठाउँबाट युवापुस्ता डाक्टर पढ्न विदेश जाने गरेको देखेको छु त्यो रोक्न समेत यो ठाउँमा अस्पताल र कलेज चाहिन्छ । सरकारले पनि नीजि क्षेत्रबाट लगानी गर्नेहरुलाई समेत स्वीकृति दिनुपर्छ नत्र हजारौं हजार युवायुवतीहरु हरेक वर्ष मेडिकल शिक्षा पढ्न विदेश गईरहेका छन् । मलाई देशको ठाउँ ठाउँमा अस्पताल र कलेजमा लगानी गरेर उपचारदेखि मेडिकल शिक्षा नेपाल मै सम्भव बनाउने योजना छ । प्रसाईंले कार्यक्रममा सम्बोधन गर्दै भने ।

    दुर्गा प्रसाईंमाथी पश्चिमका युवापुस्ताहरुको ठूलो आश र भरोसा समेत देखिएको थियो । मन्त्री र सांसदले आफ्नो स्वार्थकोलागि बोल्ने मात्र गरेको तर विकासको काममा ध्यान नदिएको गुनासो पोख्दै युवाहरुले भने, "दुर्गा प्रसाईंले बोल्ने मात्र होईन पूर्वमा काम गरेर समेत देखाउनु भयो । हामीलाई पनि अब बोल्ने भन्दा काम गर्ने व्यक्ति चाहिएकोले दुर्गा प्रसाईंलाई निम्तो दिएर बोलाएका हौँ । वहाँले यो ठाउँमा पनि लगानी गरिदिएमा हामी सक्दो साथ सहयोग दिन तयार छौं ।"

    दुर्गा प्रसाईंलाई धनगढीमा बाईक र्याली गरेर भव्य स्वागत गरिएको थियो भने सुर्खेतमा लाखे नांच सहित स्वागत गरिएको थियो । दुर्गा प्रसाईंमाथिको आशालाई निराश नबनाउने वाचा समेत दुर्गा प्रसाईंले व्यक्त गरेका छन् ।

    सुर्खेत पुगेका दुर्गा प्रसाईंले भने, "बीएण्डसी अस्पताल र पुर्वान्चल क्यान्सर अस्पतालमा पश्चिम र सुदूरपश्चिम बाट आएको बिरामीलाई २० प्रतिशत छुट दिने घोषणा गर्छु । हामीले दिएको २० प्रतिशतले तपाईहरुलाई आएर खाना खानेदेखि बस्ने खर्च पुग्छ ।"

    प्रसाईंले सरकारलाई समेत मेडिकल छेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्न आग्रह समेत गरेका छन् । निजी छेत्रको लगानीले गर्दा नेपाली उपचार गर्न विदेश जानुपर्दैन साथै विधार्थीहरु पनि मेडिकल पढ्न विदेश जानुनपर्ने अवस्था बन्ने कुरा उल्लेख गरेका छन् । 


    आश्विन १५, २०७८ शुक्रवार १३:५७:११ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं

  • मोनीका सिंह

    अर्कोसमाचार

    आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

  • 310
    SHARES
  • आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

    काठमाडौं - देशभर आइतबार र सोमबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार र सोमबार देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ । 

    सरकारले देशभरका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ । 

    सरकारले प्रत्येक वर्ष ३ र ४ कात्तिकमा भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैँ परेकाले ७ र ८ कात्तिकमा खुवाउन लागिएको हो ।  
     


    कार्तिक ७, २०७८ आइतवार ०७:४४:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भिटामिन ‘ए’

  • क्यानाडा नेपाल

    कोरोनाभाईरसको नयाँ स्वरुप डेल्टा प्लस अन्य भेरिअन्टभन्दा झन् चाँडो फैलिन सक्ने 

  • 284
    SHARES
  • कोरोनाभाईरसको नयाँ स्वरुप डेल्टा प्लस अन्य भेरिअन्टभन्दा झन् चाँडो फैलिन सक्ने 

    लन्डन - कोरोनाभाईरसको नयाँ स्वरुप डेल्टा प्लस अर्को स्वरुप डेल्टा भेरिअन्टभन्दा झन चाँडो फैलन सक्ने बेलायतका विज्ञहरुले साबधानी दर्शाएका छन् । बेलायतको स्वास्थ्य सुरक्षा निकाय यूकेएचएसएले नयाँ स्वरुपको कोभिडलाई अनुसन्धानको क्रममा रहेको भेरिअन्टको रुपमा वर्गीकरण गर्दै यस्तो साबधानी दर्शाएको हो । 

    images

    पछिल्लो समयमा बेलायतमा डेल्टा प्लसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ । एक तथ्यांकअनुसार बेलायतमा पछिल्लो पटक भेटिएका कूल संक्रमितमध्ये ६ प्रतिशत कोभिड डेल्टा प्लसबाट प्रभावित छन् । 

    डेल्टा भेरिअन्टको तुलनामा डेल्टा प्लस संक्रमणको दर बढी हुन सक्ने केही प्रारम्भिक प्रमाण भेटिएको जनाइएको छ । बेलायतमा दैनिक ५० हजार भन्दाबढीमा कोभिड संक्रमण देखिएको छ । 

    नयाँ स्वरुपको भाईरस व्यापक रूपमा फैलिन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् । अहिले विश्वभर कोरोना भाइरसका अनगिन्ति भेरिअन्टहरू देखा परिरहेका छन् । भाइरस परिवर्तन भइरहने भएकोले नयाँ भेरिअन्ट देखिनु अनौठो भएको विज्ञहरु बताउछन् । एजेन्सी  
     


    कार्तिक ७, २०७८ आइतवार १०:४२:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ५ सय ५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 576
    SHARES
  • नेपालमा एकैदिन ५ सय ५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ५ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार ६ सय २५ वटा परीक्षण गर्दा ५ सय ५७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ९ हजार ५६ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९४ हजार १५ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ८ सय ७७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८७ हजार ५ सय ७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित १० हजार २ सय १ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ३ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ४८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक ७, २०७८ आइतवार १८:०४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अमेरिकाले दिएको एकलाख मात्रा खोप नेपाल आउँदै

  • 168
    SHARES
  • अमेरिकाले दिएको एकलाख मात्रा खोप नेपाल आउँदै

    काठमाडौँ - अमेरिकाले अनुदानमा दिएको एकलाख ६२० मात्रा फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।

    images

    अमेरिकी दूतावासले ट्वीट गर्दै एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थियो । सो खोप आज नेपाल आइपुग्ने भएको हो ।  

    यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।
     


    कार्तिक ८, २०७८ सोमवार ०८:१६:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अमेरिकाले दिएको एकलाख मात्रा खोप नेपाल आइपुग्यो

  • 206
    SHARES
  • अमेरिकाले दिएको एकलाख मात्रा खोप नेपाल आइपुग्यो

    काठमाडौँ - अमेरिकाले अनुदानमा दिएको एकलाख ६२० मात्रा फाइजर खोप सोमबार नेपाल आइपुगेको छ ।

    images

    कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एअरवेजको विमानबाट आज बिहान नेपाल आएको हो । 

    यो खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ ।  अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने जनाइएको छ । 

     यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।


    कार्तिक ८, २०७८ सोमवार १०:१९:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ७ सय ७६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 282
    SHARES
  • नेपालमा एकैदिन ७ सय ७६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ७ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ८ सय ६४ वटा परीक्षण गर्दा ७ सय ७६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ९ हजार ७ सय २९ ९पीसीआर टेस्टबाट० र ९एण्टीजेनबाट० ९४ हजार १ सय १८ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ५ सय १ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८८ हजार ८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित १० हजार ३ सय ६० जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १३ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ६१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक ८, २०७८ सोमवार १८:१६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर