• Oct 21 2021 | २०७८, कार्तिक ४गते

२०७८, कार्तिक ४गते

भारतमा एकैदिन २९ हजार ९ सय कोरोना संक्रमित निको भए, ३ सय ७५ जनाले ज्यान गुमाए

क्यानाडा नेपाल आश्विन १३ २०७८
  • 312
    SHARES
  • images
    images
    भारतमा एकैदिन २९ हजार ९ सय कोरोना संक्रमित निको भए, ३ सय ७५ जनाले ज्यान गुमाए

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ । 

    images

    भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय ७५ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ४७ हजार ७ सय ८१ पुगेको छ ।  

    पछिल्लो २४ घण्टामा २१ हजार ९ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ३७ लाख १५ हजार ४९ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा २९ हजार ९ सय कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म ३ करोड २९ लाख ७८ हजार ५ सय ५७ कोरोना संक्रमित निको भइसकेका छन् ।

     


    आश्विन १३, २०७८ बुधवार ०७:५६:२५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    राष्ट्रसंघले भन्यो - बंगलादेशमा हिन्दूमाथिको ज्यादती तत्काल रोक

  • 312
    SHARES
  • राष्ट्रसंघले भन्यो - बंगलादेशमा हिन्दूमाथिको ज्यादती तत्काल रोक

    ढाका - बंगलादेशमाअल्पसंख्यक हिन्दू समुदायमाथि भएका ऋंखलाबद्ध हमलाप्रति राष्ट्रसंघले चासो देखाएको छ । पछिल्लो समयमा हिन्दू समुदायको घरमा भएका आगजनी र मन्दिर तोडफोडप्रति राष्ट्रसंघले गहिरो चासो देखाएको हो । हिन्दूमाथिको हमला संविधानमा उल्लेखित मुल्य र मान्यताबिरुद्ध भएको भन्दै राष्ट्रसंघले घटनाबारे निस्पक्ष छानबिन गर्न आह्वान गरेको छ । 

    images

    रंगपुर जिल्लाको उत्तरी क्षेत्रमा विगत एक सातादेखि फैलिएको जातीय हिंसा अझै रोकिएको छैन् । ‘समाजिक सञ्जालमा कथित अनादर फैलाउने पोस्टपछि बंगलादेशमा हिन्दूमाथि भएका  हमला त्यहाँको संविधानको मर्म विपरित छ । सरकारले यस्ता कार्य तत्काल रोक्नुपर्छ । अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न र निस्पक्ष छानबिनका लागि सरकारसँग राष्ट्रसंघले आह्वान गर्छ । समावेशी वंगलादेशलाई सशक्त बनाउन सबैले हातेमालो गर्न आह्वान गर्छौ,’ बंगलादेशस्थित राष्ट्रसंघका आवासीय संयोजक मिअ सेपोले भने । 

    बंगलादेशमा हिन्दूमाथिको आक्रमण रोकिएको छैन् । एक हिन्दूले फेसबुकमा मुसलमानप्रति अनादर जनाउने टिप्पणी गरेको कथित हल्लापछि राजधानी ढाकाबाट २२५ किलोमिटर टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दूको घरमा आगजनी सुरु गरेका थिए । 

    प्रहरीले ती व्यक्तिको घरलाई सुरक्षा दिइरहेका बेला आक्रमणकारीले उनको छिमेकीको घरहरुमा आगो लगाइदिएका थिए । माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुई ओट किचेन, तथा २० ओटा झुपडीमा आगजनी गरेको त्यहाँको प्रहरीले जनाएको छ । एजेन्सी
     


    कार्तिक २, २०७८ मंगलवार २०:४४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रसंघ

  • क्यानाडा नेपाल

    खोप कार्डमा मोदीको तस्विरबिरुद्ध उजुरी

  • 184
    SHARES
  • खोप कार्डमा मोदीको तस्विरबिरुद्ध उजुरी

    नयाँ दिल्ली - कोभिड खोप लगाएको प्रमाणपत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर राखिएको विरोधमा एक असन्तुट व्यक्तिले केरलाको उच्च अदालतमा उजुरी दिएका छन् । ६२ वर्षीय पिटर नाम गरेका व्यक्तिले खोपमा मोदीको तस्विर टाँस्दा आफ्नो मौलिक अधिकार हनन् भएको जिकिर गर्दै अदालतमा उजुरी दिएका हुन् । उनी भारतको प्रमुख विपक्षी कंग्रेसका सदस्यसमेत हुन् । 

    images

    ‘मैले खोप लगाएको प्रमाणपत्रमा प्रधानमन्त्रीको तस्विर राखेर नागरिकको निजी मामिलामा हस्तक्षेप भएको छ । प्रधानमन्त्री मोदीलाई यो कार्य तत्काल रोक्न आग्रह गर्छु ।’ उजुरीमा पिटरले भनेका छन् । खोपमा उनको नाम प्रयोग गर्नु प्रजातन्त्र र राष्ट्रका लागि अनुचित भएको उनको भनाई छ । 

    पिटरको उजुरीबारे अध्ययन गर्दै केरला उच्च अदालतले केन्द्र र राज्य सरकारलाई दुई साताभित्र आफ्नो जबाफ दिन आदेश दिएको छ । 

    खोप लगाउनेको व्यक्तिको विवरणबाहेक भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको खोप कार्डमा मोदीको तस्विर पनि छापिएको छ । अगस्टमा फोटबारे विवाद बढेपछि स्वस्थ्यमन्त्री भारती प्रविन पावरले ‘वृहत सार्वजनिक हित’ का लागि मोदीको तस्विर छापिएको बताएकी थिइन् । 

    तर, पिटरको आफ्नै तर्क छ । उनी भन्छन्, ‘मोदी हाम्रो पहिलो प्रधानमन्त्री होइनन् न त कोभिडबिरुद्ध खोप लगाउने भारत नै पहिलो देश हो । तसर्थ कार्डमा उनको तस्विर टाँस्न आवश्यक छैन् ।’एजेन्सी
     


    कार्तिक ३, २०७८ बुधवार ०९:१८:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नरेन्द्र मोदी

  • क्यानाडा नेपाल

    उत्तराखन्डमा बाढीको बितन्डा : ४६ जनाको मृत्यु, दर्जनौं घर डुबानमा

  • 504
    SHARES
  • उत्तराखन्डमा बाढीको बितन्डा : ४६ जनाको मृत्यु, दर्जनौं घर डुबानमा

    उत्तराखण्ड - भारतको उत्तराखण्डमा अबिरल वर्षापछिको बाढी र पहिरोमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा अझै केही हराइरहेका छन् । बाढी पहिरोका कारण दर्जनौ घर डुबानमा पर्नुका साथै सडक जलमग्न भएका छन भने पुल तथा संरचना भत्किएका छन् । 

    images

    पर्यटकहरुको महत्वपूर्ण गन्तव्य मानिने उत्तराखन्डमा आएको पछिल्लो बाढीलाई विज्ञहरुले जलवायु परिवर्तन र जथाभावी निर्माण भएका संरचनासँग जोडेका छन् । 

    बाढीले भारतको दक्षिणी राज्य केरलासमेत प्रभावित छ । केरलामा बाढीबाट २६ जनाको मृत्यु भइसकेको छ । दुबै राज्यमा यो वर्ष अत्यधिक वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ । 

    केरलामा यो वर्ष ४५३ दशमलब ५ मिलिमिटर वर्षा भएको छ । गत वर्ष १९२ दशमलब ७ मिलिमिटर वर्षा भएको थियो । सामान्यतया अक्टोबरमा ३० मिलिमिटर पानी पर्ने उत्तराखण्डमा पछिल्लो २४ घन्टामा मात्र १२२ दशमलब ४ मिलिमिटर वर्षा भएको छ । एजेन्सी


    कार्तिक ३, २०७८ बुधवार ११:३५:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उत्तराखन्ड

  • क्यानाडा नेपाल

    ह्युस्टनमा विमान दुर्घटना भएर आगो लागेपछि ...

  • 188
    SHARES
  • ह्युस्टनमा विमान दुर्घटना भएर आगो लागेपछि ...

    टेक्सास - ह्युस्टनमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै सकुशल रहेका छन् । बोस्टनका लागि उडान भरेको म्याकडोनल डगलस एमडी–८७ विमान विमानस्थलको एउटा बारमा ठोकिएको थियो । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो ।

    images

    दुर्घटनापछि यात्रु दलका सदस्य र यात्रु सकुशल उत्रिएका थिए । विमानमा चालक दलका सदस्यसहित २१ जना सवार थिए । तीमध्ये दुई जना सामान्य घाइते भएका छन् । 

    ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगोलागी भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ ।एजेन्सी
     


    कार्तिक ३, २०७८ बुधवार १४:०२:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटनाग्रस्त

  • क्यानाडा नेपाल

    अनलाईन कक्षा पढ्दा पढ्दै मोवाईल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

  • 498
    SHARES
  • अनलाईन कक्षा पढ्दा पढ्दै मोवाईल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

    हनोई - अनलाईन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोवाईल फोन बिस्फोट हुँदा मृत्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाईन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो । 

    images

    उनले मोवाईल चार्ज गरेका कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो लागेको थियो । जलेर गम्भिर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो । 

    उनको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले पड्किएको मोवाईल र चार्जर जाँच गर्ने भएको छ । मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए । कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाईनबाट हुन थालेको छ । एजेन्सी
     


    कार्तिक ३, २०७८ बुधवार १४:०७:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोवाईल पड्कियो

  • क्यानाडा नेपाल

    प्रेम विवाह गरेको भन्दै पाकिस्तानी बाबुले गरे छोरी ज्वाँइसहित ७ जनाको हत्या

  • 164
    SHARES
  • प्रेम विवाह गरेको भन्दै पाकिस्तानी बाबुले गरे छोरी ज्वाँइसहित ७ जनाको हत्या

    इस्लामावाद - पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाँइको हत्या गरेका छन् । मध्य पाकिस्तानको मुजाफ्फर जिल्लाका मनजोर हुसेनले छोरीहरु फउजिअ बिबी र खुर्सिद माई बसेको घरमा आगो लगाएर छोरी ज्वाँइसहित सात जनाको हत्या गरेका हुन् ।

    images

    दुई छोरीमध्ये फाउजियाले १८ महिनाअगाडि बाबुको इच्छा विपरित प्रेम विवाह गरेकी थिइन् ।  ‘प्रेम विवाहको रिसको परिणामस्वरुप सो घटना भएको देखिन्छ,’ घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारी अब्दुल मजिदले भने ।

    सात जनालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा हुसेन र उनका भाइबिरुद्ध प्रहरीमा उजुरी गरिएको छ । आगो लाग्दा आफू घरमा नभएको बिबीका श्रीमानले बताएका छन् । कामबाट फर्किने क्रममा बिहानै घरमा आगो लागिरहेको उनले बताए ।

    उनी घर आउँदै मन्जोर र उनका भाइ घरबाट फर्किदै गरेको आफूले देखेको बिबीका श्रीमानले बताए । आफ्नो विवाहबारे ससुरा र जेठान असन्तुष्ट रहेको उनको भनाई छ ।एजेन्सी


    कार्तिक ३, २०७८ बुधवार १४:२८:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • क्यानाडा नेपाल