• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

दल विभाजन व्यवस्थाविहीन अवस्थामा, अहिलेकाे अवस्थामा के पार्टी फुट्न सक्छन् ?

क्यानाडा नेपाल आश्विन १३ २०७८
  • 400
    SHARES
  • images
    images
    दल विभाजन व्यवस्थाविहीन अवस्थामा, अहिलेकाे अवस्थामा के पार्टी फुट्न सक्छन् ?

    काठमाडौं - सरकारले राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश फिर्ता लिएपछि देश दल विभाजन व्यवस्थाविहीन अवस्थामा पुगेको छ । 

    images

    राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा रहेको दल विभाजनसम्बन्धी संशोधित ‘संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याए’ भन्ने व्यवस्था अध्यादेश खारेजीसँगै खारेज भएको र संशोधनपूर्वको ‘संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउनुपर्ने’ व्यवस्था ब्यूँति नसकेकाेअवस्थामा दल विभाजनको व्यवस्था निष्क्रिय भएको छ ।

    दल विभाजन व्यवस्था शून्यतामा गएपछि कतिपयले एक जनाले पनि निर्वाचन आयोगमा पार्टी फुटाउन पाउने तर्क गरेका छन् । 

    त,र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्य दल फुटाउने व्यवस्था नै नरहेका बेला कसैले पनि फुटाउन नपाउने बताउँछन् । ‘अहिले दल विभाजन गर्न पाइदैन । पहिला ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्य पुर्‍यायएर फुट्ने व्यवस्था थियो । त्यसलाई घटाएर २० प्रतिशतमा झारे । अब २० मा झारेको अध्यादेश खारेज गरिदियो । अब २० पनि छैन । ४० पनि निष्क्रिय छ । दल फुटाउने व्यवस्था नै छैन । कसैले फुटाउन पाएनन् । दल त्याग मात्रै छ । अहिलेकाे अवस्थामा फुटाउन पाइदैन,’ उनले भने । 

    दल फुटाउन पनि पुरानो ऐनलाई ब्युँताउनु पर्ने र त्यसका लागि संसदबाट पारित गर्नुपर्ने उनको भनाइ छ । ‘अध्यादेश ल्याउन अहिले मिलेन । संसद छ,’ उनले भने, ‘विधेयकमार्फत पारित गरेर सक्रिय बनाउने हो ।’

    यसअघि अघिल्लो सरकारले ४० प्रतिशत प्रावधानमा ‘र’ को ठाउँमा ‘वा’ राखेर केन्द्रीय समिति वा संसदीय दलमध्ये एक ठाउँमा ४० प्रतिशत पुर्‍याए दल फुटाउन सक्ने व्यवस्थासहित अध्यादेश ल्याउँदा विरोध भएपछि फिर्ता लिएको थियो । दलसम्बन्धी ऐनको पुरानो व्यवस्था ब्युँताउन संसद नभएकाले अर्को अध्यादेश ल्याएर सक्रिया पारेको थियो । अहिले भने संसद भएकाले विधेयक संसदबाट पारित गरेर ऐनमा दल विभाजन व्यवस्था सक्रिय बनाउनुपर्ने छ ।  


    आश्विन १३, २०७८ बुधवार ०७:२३:३५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    अनाहकमा नेपाली नागरिकको जीवन नगुमोस् - गृहमन्त्री खाण

  • 212
    SHARES
  • अनाहकमा नेपाली नागरिकको जीवन नगुमोस् - गृहमन्त्री खाण

    काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले सरकारको पहिलो दायित्व संविधान, विधिको पालना र रक्षा गर्नु भएको बताएका छन् । सोमबार गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रूपन्देही पुगेका गृहमन्त्री खाणले सो कुरा बताएका हुन् । 

    images

    उनले अनाहकमा कसैको जीवन गुम्ने अवस्था नबनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए । उनले जिल्लाका सुरक्षा प्रमुखहरूलाई सुरक्षालाई पहिलो प्राथमिकता दिन र एउटा पनि नेपाली नागरिकको जीवन अनाहकमा नजाओस् भनि निर्देशन दिएका हुन् । 

    उनले भने -  ‘यात्रामा कहिले सजिलो, कहिले गाह्रो हुन्छ, उकाली ओरालीे पनि आउँछन्’, गृहमन्त्री खाणले भने, ‘राजनीतिक जीवनमा पनि मोडहरू आउने हुँदा विचलित बन्नुहुँदैन ।’

    गृहमन्त्री खाणले रूपन्देहीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार भएको पनि बताए ।  


    कार्तिक १, २०७८ सोमवार १९:०२:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण

  • क्यानाडा नेपाल

    केपी ओली आगामी निर्वाचनमा झापाबाटै हार्छन् - मेटमणि चौधरी  

  • 212
    SHARES
  • केपी ओली आगामी निर्वाचनमा झापाबाटै हार्छन् - मेटमणि चौधरी  

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले देशभर आफ्नो पार्टीले नेकपा एमाले हराउने दाबी गरेका छन् । 

    images

    सोमबार नेकपा (एस) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै चौधरीले सो कुरा बताएका हुन् । उनले केपी ओली आगामी निर्वाचनमा झापाबाट पनि नजित्ने बताए । 

    ओली पार्टी र प्रवृत्तिका विरुद्ध नेकपा (एस) स्थापना भएको बताउदै उनले देशभर नेकपा एमाले हराउने बताए । ओली प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन र पार्टी समाप्त हुने स्थिति आएकाले नयाँ पार्टी स्थापना गर्नुको विकल्प नभएको उनले बताउ । 

    उनले केपी ओलीसहितका एमाले नेता जनतासँग भोट माग्न गाउँ आउने कुनै नैतिक आधार नभएकाले केपीको झापादेखि गोकर्ण र प्रदीपका गुल्मीका निर्वाचन क्षेत्रसमेत समाजवादीमय हुने दाबी गरे । 


    कार्तिक १, २०७८ सोमवार २०:००:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान - विमलेन्द्र निधि

  • 176
    SHARES
  • पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान - विमलेन्द्र निधि

    जनकपुरधाम - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसको आधारभूमि पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म मधेश रहेको बताएका छन् । गृहजिल्ला धनुषामा रहेका उपसभापति निधीले सोमबार आयोजित पत्रकारहरूसँगको कुराकानीमा सो कुरा बताएका हुन् । 

    images

    उनले भने - 'कांग्रेस जहिले पनि मधेशकै भाेटको सहयोगमा निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छ । मधेशको सहयोगबिना का‌ंग्रेस कहिलै पनि निर्वाचनमा राम्रो गर्न सकेनन् । त्यसकारण कांग्रेसलाई मधेशको सहयोग आवश्यक छ । पार्टीका शीर्ष नेताहरूले पनि यो कुरा बुझिरहेका छन् । तर, अब मधेशले के चाहेको छ ? मधेशलाई कसरी रिझाउन सकिन्छ भन्ने कुरा पार्टीका शिर्ष नेताहरूको हातमा छ ।'

    उनले पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरे । उनले मधेशका जिल्लाहरूको भ्रमणमा जाँदा नेता तथा कार्यकर्ताहरूले आफूले सभापतिमा उम्मेदवारी दिएकोमा खुसी भएको पनि बताए । 

    पार्टीलाई मधेश र देशमा मजगुत बनाउन आफूले पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको दावी गरे  ।  


    कार्तिक १, २०७८ सोमवार २१:१३:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विमलेन्द्र निधि

  • क्यानाडा नेपाल

    गृहमन्त्री खाँणद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

  • 176
    SHARES
  • गृहमन्त्री खाँणद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

    काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेट गरेका छन् । सोमबार गृहमन्त्रीले वैद्यलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा नै पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् । 

    images

    सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे ।

    वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि सहासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए । 


    कार्तिक २, २०७८ मंगलवार ११:५८:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण

  • क्यानाडा नेपाल

    बाढीपहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

  • 152
    SHARES
  • बाढीपहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । मंगलबार सरकारी निवास बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई यस्तो निर्देशन दिएका हुन् । 

    images

    प्रधानमन्त्री देउवाले वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाँणलाई आफुले निर्देशन दिएको बारे सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन् । 

    उनले लेखेका छन् - 'सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु।'

    दुई दिनअघिदेखि देशका विभिन्न स्थानमा लगातार पानी परिरहेको छ । लगातारको पानीले देशका विभिन्न स्थानमा बाढी तथा पहिरो आएर क्षति पुर्याएको छ । 
     


    कार्तिक २, २०७८ मंगलवार १३:११:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • क्यानाडा नेपाल

    प्रतिनिधिसभाको बैठक दुई दिनपछि सर्‍यो

  • 156
    SHARES
  • प्रतिनिधिसभाको बैठक दुई दिनपछि सर्‍यो

    काठमाडौं - प्रतिनिधिसभाको बैठक दुई दिनपछि सरेको छ । यसअघि ९ कात्तिकमा बोलाइएको बैठक विशेष कारणवश ११ कात्तिक दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

    images

    संघीय संसद्का महासचिव डा.भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको बैठक ११ कात्तिकमा बस्ने जानकारी दिएका हुन् ।

    ‘२०७८ कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले २०७८ कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


    कार्तिक २, २०७८ मंगलवार १५:२१:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक

  • क्यानाडा नेपाल