• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

मेस्सीको गोलमा पीएसजीको सानदार जित, उक्लियो शीर्षस्थानमा

क्यानाडा नेपाल आश्विन १३ २०७८
  • 526
    SHARES
  • images
    images
    मेस्सीको गोलमा पीएसजीको सानदार जित, उक्लियो शीर्षस्थानमा

    काठमाडौं - गए राति युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । 

    images

    निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गरेको हो । उक्त खेलमा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल गरेपछि पीएसजीले जित निकाल्द सफल भयो । 

    psg.jpg

    उक्त खेलको आठौं मिनेटमा पीएसजीका इड्रिसा गाना गुआईले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ७४औं मिनेटमा मेस्सीले गोल गरी पीएसजीलाई जित दिलाए । 

    messi nyamar.jpg

    यसअघि खेलको ६४औं मिनेटमा नेयमारले गोल गर्ने अवसर खेर फाले । जितसँगै पीएसजी दुई खेलबाट ४ अंकसहित शीर्षस्थानमा रहेको छ भने पराजित सिटी ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । 


    आश्विन १३, २०७८ बुधवार ०७:१८:३८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # यूईएफए च्याम्पियन्स लिग

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान

  • 194
    SHARES
  • राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान

    काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । सोमबार बिहान क्यानले खुल्ला रहेको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

    images

    बिश्वकप लिग(२ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामासँगै नेपाली टिम मुख्य प्रशिक्षकविहीन छ । ह्वाटमोरले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।

    FB_IMG_1634528762472.jpg

    क्यानले मुख्य प्रशिक्षकका लागि बिभिन्न मापदण्ड तयार गरेको छ । दरखास्त दिने मिति  अक्टोबर ३१ सम्म रहेको छ ।न्युज कारखाना


    कार्तिक १, २०७८ सोमवार १०:५२:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय क्रिकेट टोली

  • क्यानाडा नेपाल

    टी-ट्वान्टी विश्वकपमा बंगलादेश स्कटल्याण्डसँग ६ रनले पराजित

  • 204
    SHARES
  • टी-ट्वान्टी विश्वकपमा बंगलादेश स्कटल्याण्डसँग ६ रनले पराजित

    काठमाडौं - आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको छ।आइतबार राति ओमानमा भएको पहिलो चरणको खेलमा बंगलादेश एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित भएको हो ।

    images

    १४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । बंगलादेशका मुस्फिकर रहिमले ३८ रन जोड्दा शकिब अल हसनले २० रन बनाए ।

    स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

    स्कटल्याण्डका क्रिस ग्रिभ्सले ४५ सर्बाधिक  रन बनाए । जर्ज मुन्सेले २९ रन जोड्दा मार्क वाटले २२ रन बनाए ।  बंगलादेशका मेहदी हसनले ३ विकेट लिए । मुस्ताफिजुर रहमान र शकिब अल हसनले समान २/२ विकेट लिए ।

    विश्वकपको पहिलो चरण अन्तर्गत नै ओमानले विजयी सुरुवात गरिसकेको छ । आइतबार नै भएको खेलमा ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराएको हो ।

    विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी रहेका छन् । पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् । न्युज कारखाना 


    कार्तिक १, २०७८ सोमवार ११:२८:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टी-ट्वान्टी विश्वकप

  • क्यानाडा नेपाल

    साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिम स्वदेश फिर्ता (तस्बिरसहित)

  • 232
    SHARES
  • साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिम स्वदेश फिर्ता (तस्बिरसहित)

    काठमाडौं - पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । 

    images

    saff-nepali-team-4.jpg

    नेपाली टिम बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएको थियो । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपदाधिकारी लगायतले भव्य स्वागत गरे । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताई भने फाइनल अघि नै  राजीनामा दिइसकेका कारण माल्दिभ्सबाट कुवेत पुगेका छन,।

    saff-nepali-team-2.jpg

    यस्तै राष्ट्रिय टोलीका सदस्य रोहित चन्दसमेत नेपाल झरेनन् । व्यावसायिक फुटबलका लागि इन्डोनेशिया लिग वान खेलिरहेका रोहित जाकार्ता नै लागेका छन् । यसअघि रोहित जाकार्ताबाट सिधै माल्दिभ्स पुगेका थिए । 

    saff-nepali-team-3.jpg

    पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो ।

    saff-nepali-team-8.jpg

    लिग चरणमा नेपालले माल्दिभ्सलाई १-० र श्रीलंकालाई ३-२ ले हराएको थियो । यस्तै भारतसँग १-० ले  पराजित हुँदा अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो । (तस्बिर -न्युज कारखाना )

    saff-nepali-team-6.jpg


    कार्तिक १, २०७८ सोमवार ११:५७:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिप

  • क्यानाडा नेपाल

    साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय 

  • 224
    SHARES
  • साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय 

    काठमाडौं - पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

    images

    saff-nepali-team-5.jpg

    यस्तै बैठकले प्रशिक्षकलाई भने ३ लाख रुपैयाँ दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । ‘नेपाल सरकारले आज पुरस्कार दिने निर्णय गरेको छ’, यू–२३ टोलीको विदाइ कार्यक्रममा मन्त्री गहतराजले भने । 

    saff-nepali-team-4.jpg

    शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित बन्न पुगेको थियो ।  उपविजेता नेपाली टोली सोमबार बिहान स्वदेश फर्किसकेको छ।न्युज कारखाना 

     


    कार्तिक १, २०७८ सोमवार १८:३३:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली टोली

  • क्यानाडा नेपाल

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवाल बर्खास्त

  • 252
    SHARES
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवाल बर्खास्त

    काठमाडौं - सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने अनुमति दिएको छ ।

    images

    २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकुद ऐन, २०७७ का कारण एक वर्षमै पदमुक्त भएका थिए । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो ।


    कार्तिक १, २०७८ सोमवार २०:३७:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रमेश सिलवाल

  • क्यानाडा नेपाल

    अभ्यास खेलमा भारतसँग इंग्ल्याण्ड पराजित

  • 166
    SHARES
  • अभ्यास खेलमा भारतसँग इंग्ल्याण्ड पराजित

    काठमाडौं - सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपअघि अभ्यास खेलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । युएईमा सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले तीन विकेट गुमाएर १९ ओभरमा भेट्टायो । 

    images

    भारतको लागि इशान किशनले सर्वाधिक ७० रन बनाए । यस्तै केएल राहुलले ५१ रन जोडे ।  इंग्ल्याण्डको बलिङमा डेभिड विलि, मार्क वुड र लियाम लिभिंगस्टोनले समान १/१ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । इंग्ल्यान्डको लागि जोनी बेयरस्टोले सर्वाधिक ४९ रन बनाए । यस्तै मोइन अलीले ४३ रन बनाए ।

    भारतका मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए ।  विश्वकपअघि दोस्रो अभ्यास खेलको रुपमा भारतले २० अक्टोबरमा अस्ट्रेलियासँग तथा इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्ने छ ।न्युज कारखाना


    कार्तिक २, २०७८ मंगलवार ०७:०२:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अभ्यास खेल

  • क्यानाडा नेपाल