• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

कोरोना संक्रमण दर ८.३ प्रतिशत  

क्यानाडा नेपाल आश्विन १३ २०७८
  • 770
    SHARES
  • images
    images
    कोरोना संक्रमण दर ८.३ प्रतिशत  

    काठमाडौं - सेप्टेम्बर महिनामा कोरोना भाइरसको संक्रमण दर ८.३ प्रतिशत मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले कोरोना परीक्षण गरिएका मध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र संक्रमण रहेको जनाइएको छ । 

    images

    अगस्ट महिनामा १३.६ प्रतिशत रहेकामा सेप्टेम्बर महिनामा त्यो झरेर ८.३ प्रतिशत मात्र रहेको मन्त्रालयले जनाएको छ ।  यस्तै, मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा कोरोनाविरुद्धको खोप पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्ण मात्रा २८.३ प्रतिशतले लगाइसकेका छन् । 

    अगस्ट महिनामा २४.५ प्रतिशतले पहिलो मात्रा र २०.५ प्रतिशत जनसंख्याले पूर्ण मात्राको खोप लगाइसकेका थिए । अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।न्युज कारखाना
     


    आश्विन १३, २०७८ बुधवार ०७:०४:२८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    नसर्ने रोगबाट बच्न जमरा फाइदाजनक

  • 382
    SHARES
  • नसर्ने रोगबाट बच्न जमरा फाइदाजनक

    काठमाडौं - बडा दसैंलाई हिन्दुहरूले महान चाडका रुपमा मनाउँछन् । दसैंको पहिलो दिन पूजा कोठामा जमरा राखेर घटस्थापना गरिन्छ भने अन्तिम दशमीका दिन जमरासँगै टिका लगाइन्छ ।

    images

    पूजा कोठामा घामको किरण नछिर्ने गरेर बलौटे माटोमा विशेषत जौसँग मकै, गहुँ, धान राखेर उमारिन्छ । यसरी उमारेको जमरा विजयादशीको दिन टिकासँग आशिर्वाद दिएर शीरमा लगाउने प्रचलन छ । देवीशक्तिको आराधना गर्दै उमारिएको जमरा कुल देवताहरूलाई अर्पण गरी प्रसाद स्वरुप टिकासहित ग्रहण गर्ने गरिन्छ । 

    दसैंमा टिकाको आफ्नै धार्मिक मान्यता छ, तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ । शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ ।

    यस्तै, पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ । जमराको झोल सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ । यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनहरूले पुष्टि गरेका छन् । 

    जौको अंकुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अंकुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ ।

    जमरामा शरीरलाई आवश्यक खनीज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।

    पहिलोपटक खेती गरिएको अन्नबाली जौलाई मानिन्छ । गाउँघरमा अझै पनि जमरालाई सुकाएर राखी रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । जौको सातु एकदमै रुचाइन्छ । बजारमा अहिले जौको चिउरा, ओट्स र बार्लेकोको माग धेरै हुने गरेको छ । पेट सफा गर्न जौबाट बनेका खाद्य पदार्थ उपयोगी मानिन्छ ।न्युज कारखाना


    आश्विन ३१, २०७८ आइतवार ०६:४८:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जमरा

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ३ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ६ सय ८० जना निको भए

  • 418
    SHARES
  • नेपालमा एकैदिन ३ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ६ सय ८० जना निको भए

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ३ सय ९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ७७ वटा परीक्षण गर्दा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ५ हजार ३७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९३ हजार ३ सय ६२ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ६ सय ८० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित १२ हजार २ सय ९७ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ६ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ८४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    आश्विन ३१, २०७८ आइतवार १६:५७:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

  • 240
    SHARES
  • क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । 

    images

    दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो । उनका आफन्तले केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने बताएका छन् । आज उनको छातीको परीक्षण गरिएको छ । 


    आश्विन ३१, २०७८ आइतवार २०:११:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोहन वैद्य

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ५ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ९ सय ३७ जना निको भए

  • 392
    SHARES
  • नेपालमा एकैदिन ५ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ९ सय ३७ जना निको भए

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ५ सय ९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ६ सय ९७ वटा परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ५ हजार ५ सय ६० (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९३ हजार ४ सय ३० पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ९ सय ३७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८२ हजार ३ सय ९३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ११ हजार ८ सय ७४ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ९३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक १, २०७८ सोमवार १८:०३:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन १ हजार ९६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 198
    SHARES
  • नेपालमा एकैदिन १ हजार ९६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ९ सय १६ वटा परीक्षण गर्दा १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ६ हजार ५ सय १७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९३ हजार ५ सय ६९ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १ हजार ४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८३ हजार ३ सय ९७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ११ हजार ८ सय १५ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १२ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक २, २०७८ मंगलवार १८:००:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    चीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने  

  • 152
    SHARES
  • चीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने  

    काठमाडौं - चीनले नेपाललाई थप २० लाख मात्रा कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादको क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गरेका हुन् । 

    images

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीबीचको कुराकानीमा थप २० लाख मात्रा खोप अनुदान दिने कुरा भएको बारे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । 
         
    उनीहरुबीच करिब एक घण्टा लामो कुराकानीभएको थियो ।दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । 

    कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमा पनि कुराकानी भएको  थियो ।


    कार्तिक २, २०७८ मंगलवार १९:३३:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल