• Oct 23 2021 | २०७८, कार्तिक ६गते

२०७८, कार्तिक ६गते

बुद्धि तामाङ निर्णायक रहेको रमाइलो जोक्स प्रतियोगीताको नतिजा बाहिरियो

क्यानाडा नेपाल आश्विन १२ २०७८
  • 470
    SHARES
  • images
    images
    बुद्धि तामाङ निर्णायक रहेको रमाइलो जोक्स प्रतियोगीताको नतिजा बाहिरियो

    काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको उपाधि दार्जलिगंका अनिल राईले जितेका छन् । फस्ट रनरअप लुम्बिनीका निश्चल अर्याल र सेकेण्ड रनरअप काठमाडौंका सुलव भट्टराई बनेका छन् ।

    images

    त्यस्तै थर्ड रनरअप झापाका मनिष आचार्य भएका छन् भने फोर्थ रनरअप ललितपुरका महेश खनाल बनेका छन् । जसमध्ये उपाधि बिजेताले नगद ३ लाख रुपैयाँ जित्न सफल भएका छन् ।

    त्यस्तै फस्ट रनरअप, सेकेण्ड, थर्ड र फोर्थले क्रमश २ लाख , १ लाख , ५० हजार र २५ हजार रुपैयाँ क्रमश प्रदान गरिएको कार्यक्रमका निर्देशक निर्देशक कमल राईले जानकारी दिए । रिदम स्क्रिनका निर्देशक राईका अनुसार कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको हो ।

    बुद्धि तामाङ (हैट) , अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ निर्णायक रहेको कार्यक्रमलाई कोरोना महामारीको समयमा दर्शकले रुचाएको आयोजनले जनाएको छ ।

    प्रतियोगीताको फाइनलको अवसरमा गायिका टिका लामिछाने, कार्यक्रमका निर्देशक कमल राई, गायक तथा कार्यक्रमका स्पोन्सर रोशन अधिकारी, गायक किरण गजमेर, गायिका मञ्जु लामा, गायक प्रनिम राईले प्रस्तुती दिएका थिए ।

    त्यस्तै कार्यक्रमका मुख्य प्रायोजक तथा नक्षेत्र फाउण्डेसनका सिइओ अर्जुन सुवेदी, उपाधि विजेता अनिल राईले कार्यक्रम प्रभावकारी बनेको बताए । कार्यक्रमको संचालन अमेरिकामा सुनिता गुरुगंले र नेपालमा राधिका कँडेलले गरेका थिए ।


    आश्विन १२, २०७८ मंगलवार २१:३६:३१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # रमाइलो जोक्स प्रतियोगीता

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    पूर्वप्रधानमन्त्री ओलीकाे कुरा सुन्दा करिश्मालाई आनन्द

  • 354
    SHARES
  • पूर्वप्रधानमन्त्री ओलीकाे कुरा सुन्दा करिश्मालाई आनन्द

    काठमाडौं - अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो ।

    images

    उनले सामाजिक सञ्जालमा स्टाटस अपडेट गर्दै कल डिटेलको स्क्रिनसटसमेत राखेकी थिइन् । त्यहाँ केपी शर्मा ओली नाम गरेको नम्बरमा कल गएको देखिएपछी करिश्मा सामाजिक सञ्जाल ट्रोलसमेत बनेकी थिइन् । तर, अहिले भने करिश्माले पूर्वप्रधानमन्त्री ओलीलाई भेट गरेकी छन् । 

    उनले भेटघाटको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै विविध विषयमा छलफल भएको जानकारी दिएकी छन् ।

    'विविध विषयमा उहाँको विचार सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसलाई उत्तिकै महत्वपूर्ण रूपमा हेर्नु भएको र हाम्रो कुरा सुनिदिनु भएकोमा धन्यवाद' करिश्माले लेखेकी छन् । उनीसँगै भेटघाटमा कलाकार जितु नेपाल र गायिका तथा सांसद कोमल वली पनि उपस्थित थिइन् । न्युज कारखाना 


    कार्तिक ४, २०७८ बिहिवार १३:२४:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # करिश्मा मानन्धर

  • क्यानाडा नेपाल

    ट्याक्सीकै कारण मह जोडीसँग जोडिएका थिए किरण केसी 

  • 320
    SHARES
  • ट्याक्सीकै कारण मह जोडीसँग जोडिएका थिए किरण केसी 

    काठमाडौं - मह जोडी भन्ने बित्तिकै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाम अगाडि आउँछ । मह सञ्चारबाट धेरै नै सिरियल बनेका छन् । हास्यकलाकारका लागि अभिभावकत्व निर्वाह गरेका छन्, मह जोडीले । मह जोडी सफल पनि छन् र यो सफलतामा जोडिएको अर्काे एउटा नाम किरण केसी । 

    images

    राता मकैको उपनामले परिचित किरणले फिल्म र सिरियलमा मह जोडीसँग सहकार्य गर्दै आएका छन् । किरणको चिनजान हरिवंशसँग बाल्यकालदेखि नै थियो । तर, कामको सुरुवात भने पन्ध्र गते सिरियलमार्फत भएको थियो । त्यतिबेला मह जोडी सुरुवाती दिनमा थिए भने किरणले फाट्टफुट्ट अभिनयमा सौख राख्थे ।

    ‘हामीले टेलिफिल्म बनाउने भएपछि एउटा ट्याक्सी चाहियो र हामीसँग पैसा पनि थिएन । साथै, त्यो समयमा भाडामा गाडी पाउन पनि मुस्किल थियो’, हरिवंशले सुरुवाती दिनलाई सम्झिँदै एक अन्तवार्तामा भने, ‘किरणसँग ट्याक्सी छ भन्ने थाहा पाएपछि उसलाई बोलाएर अभिनय गराएका हौँ ।’

    त्यसभन्दा अगाडि उक्त रोल अशोक शर्मालाई तय गरिएको थियो । हरिवंशले सुरुवाती दिनमा गरेको स्ट्रगलले नै अहिले सफलता दिएको बताए । त्यसो त हरिवंश अगाडि नै किरणले नाचघरमा मन्चन भएको एक नाटकमा मूख्य भूमिकासमेत निर्वाह गरिसकेका थिए । 

    किरण यसलाई सहकार्यको संयोगको रूपमा लिन्छन् । ‘हाम्रो सहकार्य त्यसरी नै प्रारम्भ हुनु रैछ र भयो’, उनी भन्छन्, ‘यतिबेला हाम्रो सम्बन्ध सहकार्यसँगै पारिवारिक भइसकेको छ ।’ 

    किरणले मह सञ्चारमार्फत बन्ने फिल्ममा सहकार्य गर्ने गरेका छन् । उनलाई फिल्मनगरीमा मह सञ्चारको ‘हनुमान’ पनि भन्ने गरिन्छ । महको काम गर्ने शैली अहिले पनि उस्तै चुस्त र दुरुस्त छ । पछिल्लो समय किरणले निर्माण गरेको फिल्म ’लक्का जवान’ प्रदर्शनको तयारीमा छ । न्युज कारखाना 


    कार्तिक ४, २०७८ बिहिवार १५:०४:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # किरण केसी

  • क्यानाडा नेपाल

    झिलीमिली तिहार 'साँझको बेला २' मा नवराज र आशिषको अभिनय

  • 316
    SHARES
  • झिलीमिली तिहार 'साँझको बेला २' मा नवराज र आशिषको अभिनय

    काठमाडौं । गायक सन्जिब पुडासैनी, शैलेन्द्र मान प्रधान (बाबु)  र गायिका प्रविशा अधिकारीको स्वर रहेको तिहार गीत झिलीमिली तिहार साँझको बेला २ को भिडियो सार्वजनिक गरिएको छ । 

    images

    नेपालीहरुको अर्को ठूलो महान पर्व तिहारको महत्व दर्शाउने सार्वजनिक गीतको भिडियोमा बरिष्ठ अभिनेता सन्तोष पन्त, आशिष पाण्डे, बञ्जु चौलागाई, नवराज बस्नेत, अस्मिता पन्त, प्रनिमाा दाहाल, सम्झना रिमाल, पूर्णमा लामा थोकरको अभिनय रहेको छ ।   

    निशान ब्याण्डको शब्द शृजना र संगीत रहेको गीतमा सोवित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको छ । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतको सह निर्देशन विशाल थापाले गरेका हुन् । भिडियो  गायक पुडासैनीकै अफिसियल च्यानलबाट बजारमा ल्याइएको हो ।


    कार्तिक ४, २०७८ बिहिवार १९:४९:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तिहार

  • क्यानाडा नेपाल

    महँगा अभिनेता अनमोल केसीको अनप्रोफेसनल व्यवहार

  • 2.1K
    SHARES
  • महँगा अभिनेता अनमोल केसीको अनप्रोफेसनल व्यवहार

    काठमाडौं - अनमोल केसी कलिउडका महँगा अभिनेतामध्येका हुन् । उनकाे पारिश्रमिकको पनि चर्चा हुने गर्छ । 'होस्टेल' बाट उदाएका अनमोलले सुरुवाती दिनमा धेरै निर्मातालाई मुनाफा दिलाए । केही फिल्मलाई बिर्सिने हो भने उनले अभिनय गरेका फिल्मले निर्मातालाई निराश बनाएको छैन ।

    images

    उनले अभिनय गरेका फिल्मले चर्चा भने राम्रै दिने गरेको छ । यीनै अनमोलले केहि निर्मातालाई फिल्म गर्ने सहमति गरेर पनि फिल्म छाडेका छन् । 

    ग्याङस्टर ब्लुज 
    निर्देशक हेमराज विसीसँग होस्टेल, जेरी र गाजलुमा काम गरेर गरिसकेका अनमोलको सम्बन्ध 'ग्याङस्टर ब्लुज'मा आएर बिग्रियाे । याे फिल्मका लागि उनले लुक्स पनि बनाइरहेका थिए । तर  घोषणा हुने समयमा आशिरमान डिएस जोशीको इन्ट्री फिल्ममा भयो । फिल्मनगरीमा यी दुईको बीचमा पारिश्रमिकको कुरा नमिल्दा फिल्ममा सहकार्य नहुन सकेको चर्चा चलेको थियो । 

    ब्याचलर बन्टी 
    मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म 'ब्याचलर बन्टी' पनि अनमोलले अन्तिम समयमा छाडेका थिए । उनले स्क्रिप्ट चित्तबुझ्दो नभएको भन्दै अन्तिम समयमा आएर ‘ब्याचलर बन्टी’ बाट हात झिकेका थिए । हिरोइनसमेत फाइनल भएको अवस्थामा उनले फिल्म नखेल्ने निर्णय गर्दा निर्माताले लगानी गुमाएका थिए । कारण स्क्रिप्ट देखाए पनि आपसी समझदारी नहुँदा सहकार्य हुन सकेन । निर्देशक चाम्स र अनमोलबीचकाे मतभेदले फिल्म नै बन्न सकेन । 

    धुपौरे 
    ‘एन्टी हिरो’ पछि धकेलेर ‘धुपौरे’ साइन गरेका अनमोलले यो फिल्मलाई पनि अन्तिम समयमा आएर धोका दिए । फ्लोरमा जान अन्तिम तयारी भइरहँदा स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा अनमोलले अस्वीकार गरेका थिए । फिल्ममा आफ्नाे खर्चसमेत भइसकेकाे भन्दै निर्माण पक्षले महानगरीय प्रहरी परिसरमा 'झुक्याई रकम लिएको' कसुरमा उजुरीसमेत दिएकाे थियाे । यद्यपि याे विवाद साम्य भयाे । 

    निर्देशक साम्तेन भुटियाले फिल्म अझै बनाउन सकेका छैनन् । प्रोफेसनल कलाकारले सबैभन्दा पहिला स्क्रिप्ट चित्त बुझेपछि मात्र फिल्ममा अभिनय गर्ने /नगर्ने निर्णय गर्छन्। तर, अनमोलको व्यवहार ठीक उल्टो छ । त्यसैले कलिउडमा अनमोललाई अनप्रोफेसनल कलाकारका रुपमा चिनाउन थालेकाे छ ।न्युज कारखाना 


    कार्तिक ५, २०७८ शुक्रवार ०७:५०:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनमोल केसी

  • क्यानाडा नेपाल

    थियटरमा पैसा छैन, तर मेरा लागि स्कुल हो - कर्मा

  • 430
    SHARES
  • थियटरमा पैसा छैन, तर मेरा लागि स्कुल हो - कर्मा

    काठमाडौं - कर्मा राम्रो अभिनेतामा पर्छन् । हेर्दा चकलेटी देखिने उनमा अभिनय क्षमता पनि उत्तिकै छ । उनी थियटर हुँदै फिल्ममा आएका हुन् ।

    images

    फिल्म ‘सानो संसार’ मार्फत डेब्यु गरेका कर्मा तत्कालीन समयमा आफ्नो लुक्सका कारण निकै चर्चामा आए । त्यसपछि उनलाई फिल्मकाे धेरै प्रस्ताव आयो, जसमध्ये लूटले उनलाई सफलता दिलायो ।

    फिल्मले जति सफलता दिए पनि उनले थियटर छाडेनन् । उनले फिल्मको समयलाई घटाएर हरेक वर्ष कम्तीमा तीन महिना थियटरलाई दिए । किनकि उनी यसलाई स्कुल मान्छन् । ‘अभिनयको स्कुल नै हो थियटर, जब कहीँ कुनै बेला केही भुले जस्तो लाग्छ आइहाल्छु,’ कर्मा भन्छन्, ‘फिल्ममा ब्याक टु ब्याक प्रस्ताव आउँदा पनि मैले थियटर छाडिनँ, यसैले गर्दा त्यो समयमा फिल्म कम गरें ।’ उनले नाटकको समय र फिल्मको समय उस्तै उस्तै हुँदा आफूले नाटक नै रोज्ने गरेको बताए ।

    ‘थियटरमा पैसा छैन तर मेरो लागि स्कुल हो,’ उनी भन्छन्, ‘यहाँ मैले मलाई चिन्ने र सिक्ने अवसर पाउँछु ।’ त्यसो त उनमा आफू कम फ्रेन्ड्ली भएको कारण पनि मिडियामा कम आउने बुझाइ छ ।

    ‘सायद म धेरैजनासँग फ्रेन्डली हुन सक्दिनँ, यसैले गर्दा पनि मिडियामा कम आउँछु,’ उनले भने । उनी आफूले आफ्नो क्यारेक्टरका लागि चाहिने समय दिन सक्ने बताउँछन । ‘हामीले एकै नाटकलाई तीन महिना दिन सक्छौ भने फिल्मलाई किन सक्दैनौ र ?, तर हतारो मेकरलाई हुन्छ,’ उनले भने ।

    कर्माको बुझाइमा पर्याप्त गृहकार्य नभई फिल्म फ्लोरमा जाँदा काम राम्रो हुन नसक्ने र छायाँकनको दिन पनि लम्बिने बताउँछन् । उनको बुझाइमा यी यस्तै कारणले गर्दा थियटर र फिल्ममा अभिनय गर्ने अभिनेता पनि फरक देखिन्छन् । उनी फुर्सदिलो समयमा घुम्न रुचाउँछन् । न्युज कारखाना 


    कार्तिक ५, २०७८ शुक्रवार १४:५३:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्मा

  • क्यानाडा नेपाल

    सुधिर र बिना यस्तो रोमान्टिक अवतारमा देखा परे

  • 280
    SHARES
  • सुधिर र बिना यस्तो रोमान्टिक अवतारमा देखा परे

    काठमाडौँ । गायक रबिन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा रहेको गीत माया लाउनै जानिनको म्यूजिक भिडियो बाहिरिएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत शृजना रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । 

    images

    प्रेम र रोमान्स गर्ने उमेरका युवा युवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथालाई देखाइएको भिडियोमा पछिल्लो पुस्ताका चर्चित टिकटकरद्धय सुधिर श्रेष्ठ र बिना राउतको अभिनय रहेको छ । 

    रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । अच्युत बजगाईको सम्पादन रहेको भिडियो हाइलाइट्स नेपालबाट बजारमा आएको हो ।  


    कार्तिक ५, २०७८ शुक्रवार १९:३६:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रबिन बर्तौला

  • क्यानाडा नेपाल