असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

केपी ओलीमाथि भीम रावल आक्रामक हुने संकेत !



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भएका छन् । आइतबार बसेको बैठकमा नेता रावल अनुपस्थित भएर आफ्नो अस्तन्तुष्टि व्यक्त गरेका छन् ।

भीम रावलले केपी ओलीलाई १० बुँदे सम्झौता कार्यन्वयन गर्ने प्रतिवद्दता गराएर मात्र माधव नेपाल क्याम्प त्यागेर एमाले मै बसेका थिए । तर अहिलेसम्म अध्यक्ष ओलीले सम्झौतामाथि कुनै चाँसो नदेखाएको साथै एमाले पार्टीमा आफ्नो हावी बाढाउदै गएको भन्दै नेता रावल असन्तुष्ट थिए ।

उपाध्यक्ष भीम रावलले आगामी महाधिवेसनमा केपी ओलीले अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भनेर आफू अध्यक्षको दाबेदार सोचेका थिए तर केपी ओलीले भीम रावललाई हटाएर सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई घोषणा गरेर निराश बनाएका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज नबनाएपछि भीम रावल चिढिएका छन् । महाधिवेसनमा समेत केपी ओलीले नयाँ पुस्तालाई हस्तान्तरण नगर्ने बुझेपछि भीम रावल फेरि विद्रोह गर्ने मनस्थितीमा पुगेको बुझिएको छ ।

माधव नेपालको दुखेसो : पार्टी त खोलियो तर सांसद जोगाउन बढो गाह्रो माधव नेपालको दुखेसो : पार्टी त खोलियो तर सांसद जोगाउन बढो गाह्रो

आज बसेको बैठकबाट बाहिरिंदै गर्दा एमालेका एक नेताले क्यानडा नेपालसंग भने, “भीम रावलले अब केपी ओलीले युवा पुस्तालाई हस्तान्तरण गरे आफू पहिलो दाबेदार बन्न सक्ने आश राखेका थिए होला तर अहिले केपी ओलीले एमालेमा आफूलाई नै अझै अर्को कार्यकालको लागि तयारी गरिरहेको नेता रावलले बुझे । झन् अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट भनेर बोलेपछि भीम रावल रिसाएका हुन् । आज बैठकमा नआउनु भनेको केपी ओलीमाथि आक्रामक शैलीमा प्रस्तुत हुने चेतावनी दिएका हुन् ।”

भीम रावलसंग निकट रहेका एक नेताका अनुसार नेता रावल र केपी ओली बीच अध्यक्ष हस्तान्तरण गर्ने सम्म कुरा भएको थियो जहाँ अध्यक्ष ओलीले भीम रावललाई आश्वासन दिएका थिए । जब माधव नेपाललाई साथ छोडेपछि केपी ओली आफूसंग सकारात्मक होलान् भन्ने नेता रावलको आश सुदूरपश्चिम प्रदेश इन्चार्ज नबनाएपछि निरासामा बद्लिएको थियो । अब भीम रावल आक्रामक शैलीमा प्रस्तुत हुने तयारी रहेको ति नेताले बताएका छन् ।

भीम रावलले अब १० बुंदे सम्झौता कार्यन्वयनको माग चर्को रुपमा उठाउने तयारी गरेको बुझिएको छ । नेता रावललाई घनश्याम भूषालले समेत साथ दिने तयारी रहेको छ । घनश्याम भूषाल समेत केपी ओलीसंग खुशी छैनन् तर एमाले पार्टी र सूर्य चिन्हका कारण केपी ओलीसंग सम्झौता गर्नुपरेकोले खासै खुशी नरहेको आफू नजिकका नेताहरुलाई बताउने गरेका छन् ।

सार्वजनिक कार्यक्रममा समेत घनश्याम भूषाललाई प्राथमिकता नदिदा झन् रुष्ट भएका छन् । केपी ओलीले आफ्नो गुटका नेताहरुलाई मात्र प्राथमिकता दिएको कारण पनि घनश्याम भूषाल र भीम रावल रुष्ट भएका छन् ।

अध्यक्ष ओलीसंग रुष्ट भएका समूहलाई एक जुट बनाएर आक्रामक तरिकाले विद्रोह गर्ने तयारीले गर्दा आज नेता रावल उपस्थित नभएका हुन् । नेता रावलले सुरुमा १० बुंदे सम्झौता कार्यन्वयनको माग राख्ने अनि आगामी निर्वाचनमा केपी ओलीले पुस्ता हस्तान्तरण गर्नुपर्ने माग राख्ने गरि आफ्नो तयारी गरेका छन् । 

प्रकाशित मिति : आश्विन १०, २०७८ आइतबार  १० : ५५ बजे