• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

क्यानाडा नेपाल आश्विन ८ २०७८
  • 478
    SHARES
  • images
    images
    जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौँ - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन्।

    images

    उपसभापति निधिले प्रधानमन्त्री देउवालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर रेल्वे उद्घाटन र सञ्चालनका लागि ध्यानाकर्षण गराएका हुन्। 

    प्रधानमन्त्री देउवासँग उनले नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा रेल्वे उद्घाटनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिन अनुरोध गरेको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

    भेटमा प्रधानमन्त्री देउवाले तत्काल रेल्वे सञ्चालनका लागि सम्बन्धित निकायलाई तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताएको बताएका थिए। रासस


    आश्विन ८, २०७८ शुक्रवार २१:२७:३५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # जनकपुर–जयनगर रेल्वे

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    ...त्यसपछि भयो इजलास र बैठक बहिष्कारको निर्णय

  • 180
    SHARES
  • ...त्यसपछि भयो इजलास र बैठक बहिष्कारको निर्णय

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न थाल्नुअघि नै सर्वोच्च अदालतका न्यायाधीशहरूबीच चर्चा चल्न थालेको थियो– ‘प्रधानन्यायाधीशले न्यायापािलकाको गरिमा ध्वस्त पारे ।’ 

    images

    न्यायाधीशहरू भित्रभित्रै असन्तुष्ट भइरहँदा मन्त्रिपरिषद् विस्तारका क्रममा एक्कासि प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको खबर सार्वजनिक भयो । तीन दिन बित्न नपाउँदै कोटामा नियुक्त भएका भनिएका मन्त्रीले राजीनामा दिए ।

    मन्त्रीको राजीनामापछि पनि प्रधानन्यायाधीश जबरासँग असन्तुष्ट न्यायाधीश भित्रभित्रै मुर्मुरिए पनि बोल्न सकेका  थिएनन् ।

    तर, जब पूर्वन्यायाधीशहरूको फोरम र नेपाल बार एसोसिएसनले एकसाथ जबराले मार्गप्रशस्त गर्नुपर्ने विषय उठाए, त्यसपछि सर्वोच्चका न्यायाधीशहरू समेत खुलेर जबराको कार्यशैलीविरुद्ध उत्रिए । 

    आफूमाथि प्रश्न उठेपछि आइतबार प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका वरिष्ठतम् पाँच जना न्यायाधीश र नेपाल बारका पदाधिकारीसँग बेग्लाबेग्लै भेट गरे । 

    नेपाल बार दुई बुँदे मौखिक सहमति गरेर अलिकति पछि हट्यो । तर, सर्वोच्चमै कार्यरत न्यायाधीशहरूको चित्त बुझेन । चित्त नबुझाएका १४ जना न्यायाधीशहरू (जो आइतवार सर्वोच्चमा हाजिर भएका थिए)को बेग्लै छलफल सुरु भयो । 

    प्रधानन्यायाधीशका शृंखलाबद्ध कमजोरीबारे समीक्षा गरेका उनीहरूको सामूहिक निष्कर्ष छ– कुनै सुधार गरेर पनि अब प्रधानन्यायाधीश जबरालाई मान्छेले विश्वास गर्न नसक्ने अवस्थामा पुग्यो ।

    सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकमा सहभागीमध्ये एक न्यायाधीशले कसरी इजलास र फुल कोर्ट बैठक बहिष्कारको अवस्थामा न्यायाधीशहरू पुगे भनेर बताएका छन् । उनको भनाइ जस्ताको तस्तै :

    अब के गर्ने भनेर छलफल हुँदै थियो । मत, अभिमत आए । सबैको सल्लाह भयो- एक पटक प्रधानन्यायाधीशलाई भेटौँ । उहाँलाई पनि भन्ने मौका दिऔँ भन्ने कुरा चलिरहेको थियो ।

    त्यहीबीचमा फुल कोर्ट बोलाइएको एउटा पत्र आयो । बारसँग प्रधानन्यायाधीशको सहमति भएको बेहोरासहितको पत्र आयो, जसमा न्यायाधीश हरिकृष्ण कार्कीले दिएको प्रतिवेदन र वरिष्ठ अधिवक्ताको लाइसेन्ससँग सम्बन्धित विषयमा बारका पदाधिकारीसहित छलफल गर्ने भनेर पत्र आयो ।

    त्यो पत्र आइसकेपछि अब हामी यस्तो छलफल गरिरहेका छौँ । प्रधानन्यायाधीशलाई थाहा छ । हामीसँग सल्लाह गरेर मात्र पत्र पठाउनुपथ्र्याे । यस्तो पत्र पठाएर बारसँग लगेर हामीलाई भिडाउने भनेर न्यायाधीशहरू आक्रोशित भए । 

    त्यसपछि सबैको सल्लाह भयो, अब फुल कोर्टमा पनि नजाने  र भोलि ११ बजे फेरि बैठक बस्ने । भोलिको इजलासमा यो विषय टुंगो नलागेसम्म नबस्ने भन्ने कुरा भयो । 

    न्यायाधीशहरूको निष्कर्ष थियो- अब प्रधानन्यायाधीशले सुधार गर्न सक्दैनन् । उनीबाट सुधारको संभावना छैन, उनले निकास दिनुपर्छ । 

    न्यायाधीश मनोजकुमार कर्णले अन्तिमसम्म प्रधानन्यायाधीशको ‘डिफेन्स’ गर्नुभयो । तर, सबै एकातिर भए । ईश्वर खतिवडा नेपालबाहिर भएर उपस्थित हुनुभएन भने सपना मल्ल प्रधान, अनिलकुमार सिन्हा, कुमार चुँडाल र तेजबहादुर केसी काठमाडौंबाहिर भएर उपस्थित हुनुभएन । बाँकी सबै उपस्थित थियौँ ।

    प्रधानन्यायाधीशको भूमिकाका विषयमा कुरा भइरहँदा न्यायाधीश हरि फुयाँलले प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्न नसक्ने गरी जारी गरेको अन्तरिम आदेशका विषयमा कुरा उठ्यो ।

    न्यायाधीशहरूले यो विषयमा कुरा उठाएपछि फुयाँलले लामो स्पष्टीकरण दिए । उनले आफूले उक्त आदेश असल नियतले गरेको प्रष्ट पारे ।

    उनले कुन अवस्थामा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने, कुन अवस्थामा नबस्ने, बिचाराधीन विषयमा पूर्वन्यायाधीशहरूले कतिसम्म बोल्न मिल्ने र बारले कतिसम्म बोल्न मिल्ने, बहस गरेकाहरूले कतिसम्म बोल्न मिल्ने भन्ने विषयमा व्याख्या भएर यो विषय टुंगियोस् भन्ने सदासयताका साथ आदेश गरेर सुनुवाइको मिति तोकिएको स्पष्टीकरण दिए । साथै, उनले प्रधानन्यायाधीशसँगको असन्तुष्टि पनि १४ जना न्यायाधीशसँग पोखेका थिए । 

    आदेश गरेपछि  अहिलेसम्म पेसी तोकेर यस विषयमा सुनुवाइ नगरेर आफूलाई विवादमा तानेको भन्दै फुयाँलले गुनासो गरे । उनले प्रधानन्यायाधीशलाई भेटेर पटक पटक पेसी तोक्न आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै असन्तुष्टिसमेत जनाए ।

    त्यसपछि फेरि सुरु भयो कार्यपालिकामा भाग खोजेको विषय । न्यायाधीशहरूले प्रधानन्यायाधीशको भागमा नियुक्ति नभएको भए किन नियुक्त हुने व्यक्तिले राजीनामा दिए त ? भन्दै प्रश्न उठाए । प्रधानन्यायाधीशको अनुपस्थितिमा उनीविरुद्ध यति धेरै प्रश्न उठेपछि सर्वसम्मत रूपमा इजलासमा नजाने र फुल कोर्ट बैठकमा पनि नजाने निर्णय लिएका छौँ ।


    कार्तिक ७, २०७८ आइतवार १८:३५:५५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण

  • 376
    SHARES
  • भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण

    काठमाडौं । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । 

    images

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले उक्त रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवको पनि उपस्थीति रहेको थियो ।

    भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको गरिएको हो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले नेपाल र भारतीबीचको सम्वन्ध ऐतिहासिक रहेको बताएका छन् । उनले जयनगर–कुर्थाका साथै बर्दिबाससम्म पुराउने कार्यलाई तीव्रता दिइने जानकारी दिए । उनले जयनगर–कुर्था खण्डमा छिटै रेल सञ्चालन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

    त्यस्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल र भारतबीचको सहकार्यलाई सदैव निरन्तरता दिने बताएका छन्। नेपालमा रेल सेवा विस्तारका लागि पनि भारतले सहयोग गर्ने उहाले प्रतिवद्धता समेत जनाए ।

    भारत सरकारको आर्थिक सहयोग अन्तर्गत ८.७७ अर्ब रुपैंयामा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड निर्माण भएको हो । जयनगर–कुर्था खण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन् । 


    कार्तिक ७, २०७८ आइतवार १९:२२:०७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा सहचालकको मृत्यु, २१ जना घाइते

  • 456
    SHARES
  • दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा सहचालकको मृत्यु, २१ जना घाइते

    काठमाडौं - दाङमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । आइतबार साझँ घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको  ना६ख ७६३३ नम्बरको यात्रु बाहक बस दुर्घटना परेको थियो । 

    images

    दुर्घटनामा परेर २८ वर्षकाका घोराही १० घर भएका सहचालक प्रेम परियारको ज्यान गएको प्रहरीले जनाएको छ । 

    मोतीपुरको ओरालोमा बस सडकबाट खोलामा खस्दा २१ यात्रु घाइते भएको जनाइएको छ । 
     


    कार्तिक ७, २०७८ आइतवार २०:१४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना

  • क्यानाडा नेपाल

    देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने

  • 466
    SHARES
  • देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने

    काठमाडौं । सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

    images

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     
    यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

    प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     


    कार्तिक ८, २०७८ सोमवार ०७:१५:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    ‘उत्कृष्ट पुरस्कार' काे भाेलिपल्टै डीएसपीको सरुवा, गृहमन्त्रीकाे ठाडो निर्देशन

  • 242
    SHARES
  • ‘उत्कृष्ट पुरस्कार' काे भाेलिपल्टै डीएसपीको सरुवा, गृहमन्त्रीकाे ठाडो निर्देशन

    बुटवल - गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरकाे  सरुवा भएकाे छ ।

    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार मात्र कुँवरसहित तीन प्रहरी अधिकृतलाई असोज महिनाका  ‘इन्टिग्रेटी इन्चार्ज  अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको थियो ।

    तर, कुँवरले प्रमाणपत्र बुझेकाे २४ घन्टा नबित्दै सरुवा परेका हुन् । उनी ४ महिनाअघि मात्रै इलाका प्रहरी कार्यालय बुटवलमा आएका थिए । 

    डिएसपी कुँवरले गृहमन्त्री बालकृष्ण खाँणका भाइ रूपन्देहीका कांग्रेस नेता रामकृष्ण खाँणलाई रिझाउन नसक्दा सरुवा भएको एक प्रहरी अधिकृतको दाबी छ ।

    वरलाई हटाएर गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँका डीएसपी ठगबहादुर केसीलाई बुटवल ल्याइएको छ । प्रहरी स्राेतका अनुसार केसी गृहमन्त्री खाँण निकट हुन् । रुपन्देही खाँणको गृहजिल्ला हाे ।

    मोतिपुर घटनामा चार जनाको मृत्यु र तिलोत्तमामा खाँणकै छिमेकी सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव उठेन । यी प्रकरणमा भएक आन्दाेलनमा गृहमन्त्रीकाे आलाेचना भएपछि कांग्रेस नेताहरु कुँवरसँग रुष्ट बनेका थिए । मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू पक्राउ परेपछि कांग्रेस कार्यकर्ताले गृहमन्त्रीसँग गुनासो गरेका थिए ।

    महानगरीय प्रहरी वृत्त दरवारमार्गका डीएसपी रामेश्वर पौडेललाई हटाएर विश्वराज खड्कालाई जिम्मेवारी दिइएकाे छ ।  पौडेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरिएको छ ।न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार ०९:२८:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डीएसपी

  • क्यानाडा नेपाल

    पाँचथरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६२ जना घाइते

  • 442
    SHARES
  • पाँचथरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६२ जना घाइते

    काठमाडौं - पाँचथरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोमबार फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा परी घाइते भएका एक बालक र एक महिलाको मृत्यु भएको हो । 

    images

    फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर ९सरखण्ड०मा दिउँसो दुर्घटना भएको हो । उक्त दुर्घटनामा अन्य ६२ जना घाइते छन् । 

    घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा रिफर गरिएको प्रहरीले जनाएको छ । । जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत १० जनालाई थप उपचारका लागि रिफर गर्ने तयारी गरिएको जनाइएको छ । 


    कार्तिक ८, २०७८ सोमवार १४:२३:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना

  • क्यानाडा नेपाल