• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

काठमाडौं उपत्यकामा घट्यो कोरोना संक्रमण, आज कहाँ कति संक्रमित थपिए ?

क्यानाडा नेपाल आश्विन ८ २०७८
  • 530
    SHARES
  • images
    images
    काठमाडौं उपत्यकामा घट्यो कोरोना संक्रमण, आज कहाँ कति संक्रमित थपिए ?

    काठमाडौं - शुक्रवार काठमाडौं उपत्यकामा थप ३ सय ६४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा थप कोरोना संक्रमित हुनेमा काठमाडौंका २ सय ५६ जना, ललितपुरका ७३ जना र भक्तपुरका ३५ जना रहेका छन् ।  

    images

    यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा १४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कूल संक्रमितको संख्या  ७ लाख ८९ हजार ८ सय ७२ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९० हजार २ सय ८० पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १५ सय ५० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ५८ हजार ५ सय ४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६।३ प्रतिशत रहेको छ ।  

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     


    आश्विन ८, २०७८ शुक्रवार १८:०३:२५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

  • 310
    SHARES
  • आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

    काठमाडौं - देशभर आइतबार र सोमबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार र सोमबार देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ । 

    सरकारले देशभरका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ । 

    सरकारले प्रत्येक वर्ष ३ र ४ कात्तिकमा भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैँ परेकाले ७ र ८ कात्तिकमा खुवाउन लागिएको हो ।  
     


    कार्तिक ७, २०७८ आइतवार ०७:४४:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भिटामिन ‘ए’

  • क्यानाडा नेपाल

    कोरोनाभाईरसको नयाँ स्वरुप डेल्टा प्लस अन्य भेरिअन्टभन्दा झन् चाँडो फैलिन सक्ने 

  • 284
    SHARES
  • कोरोनाभाईरसको नयाँ स्वरुप डेल्टा प्लस अन्य भेरिअन्टभन्दा झन् चाँडो फैलिन सक्ने 

    लन्डन - कोरोनाभाईरसको नयाँ स्वरुप डेल्टा प्लस अर्को स्वरुप डेल्टा भेरिअन्टभन्दा झन चाँडो फैलन सक्ने बेलायतका विज्ञहरुले साबधानी दर्शाएका छन् । बेलायतको स्वास्थ्य सुरक्षा निकाय यूकेएचएसएले नयाँ स्वरुपको कोभिडलाई अनुसन्धानको क्रममा रहेको भेरिअन्टको रुपमा वर्गीकरण गर्दै यस्तो साबधानी दर्शाएको हो । 

    images

    पछिल्लो समयमा बेलायतमा डेल्टा प्लसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ । एक तथ्यांकअनुसार बेलायतमा पछिल्लो पटक भेटिएका कूल संक्रमितमध्ये ६ प्रतिशत कोभिड डेल्टा प्लसबाट प्रभावित छन् । 

    डेल्टा भेरिअन्टको तुलनामा डेल्टा प्लस संक्रमणको दर बढी हुन सक्ने केही प्रारम्भिक प्रमाण भेटिएको जनाइएको छ । बेलायतमा दैनिक ५० हजार भन्दाबढीमा कोभिड संक्रमण देखिएको छ । 

    नयाँ स्वरुपको भाईरस व्यापक रूपमा फैलिन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् । अहिले विश्वभर कोरोना भाइरसका अनगिन्ति भेरिअन्टहरू देखा परिरहेका छन् । भाइरस परिवर्तन भइरहने भएकोले नयाँ भेरिअन्ट देखिनु अनौठो भएको विज्ञहरु बताउछन् । एजेन्सी  
     


    कार्तिक ७, २०७८ आइतवार १०:४२:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ५ सय ५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 576
    SHARES
  • नेपालमा एकैदिन ५ सय ५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ५ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार ६ सय २५ वटा परीक्षण गर्दा ५ सय ५७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ९ हजार ५६ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९४ हजार १५ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ८ सय ७७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८७ हजार ५ सय ७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित १० हजार २ सय १ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ३ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ४८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक ७, २०७८ आइतवार १८:०४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अमेरिकाले दिएको एकलाख मात्रा खोप नेपाल आउँदै

  • 168
    SHARES
  • अमेरिकाले दिएको एकलाख मात्रा खोप नेपाल आउँदै

    काठमाडौँ - अमेरिकाले अनुदानमा दिएको एकलाख ६२० मात्रा फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।

    images

    अमेरिकी दूतावासले ट्वीट गर्दै एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थियो । सो खोप आज नेपाल आइपुग्ने भएको हो ।  

    यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।
     


    कार्तिक ८, २०७८ सोमवार ०८:१६:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अमेरिकाले दिएको एकलाख मात्रा खोप नेपाल आइपुग्यो

  • 206
    SHARES
  • अमेरिकाले दिएको एकलाख मात्रा खोप नेपाल आइपुग्यो

    काठमाडौँ - अमेरिकाले अनुदानमा दिएको एकलाख ६२० मात्रा फाइजर खोप सोमबार नेपाल आइपुगेको छ ।

    images

    कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एअरवेजको विमानबाट आज बिहान नेपाल आएको हो । 

    यो खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ ।  अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने जनाइएको छ । 

     यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।


    कार्तिक ८, २०७८ सोमवार १०:१९:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ७ सय ७६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 250
    SHARES
  • नेपालमा एकैदिन ७ सय ७६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ७ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ८ सय ६४ वटा परीक्षण गर्दा ७ सय ७६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ९ हजार ७ सय २९ ९पीसीआर टेस्टबाट० र ९एण्टीजेनबाट० ९४ हजार १ सय १८ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ५ सय १ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८८ हजार ८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित १० हजार ३ सय ६० जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १३ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ६१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक ८, २०७८ सोमवार १८:१६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल