आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ को सिक्वेल बनाइने



एजेन्सी – बलिउडका एक्सन स्टार ऋतिक रोशन एकपछी अर्को फिल्म ल्याउने तयारीमा लागिरहेका छन् । केहि समय अघिको उनको फिल्म वारले पनि बलिउडमा हंगामा नै मच्चायो । अब भने अभिनेता ऋतिक रोशनले आफ्नो फिल्म  ‘सुपर ३०’ को सिक्वेल ल्याउने भएका छन् । 

उक्त फिल्म लेख्नको लागी फिल्मको निर्माण कम्पनी रिलायन्स इन्टरटेनमेन्टले राइटर सञ्जीव दत्तालाई आग्रह गरेको बताइएको छ । ‘सुपर ३०’ को सिक्वेल भारतमा मात्र नभई चीनमा पनि रिलिज गरिने बतायएको छ । यो फिल्म चीनमा पनि रिलिज गरिने बारे दैनिक भास्करमा लेखिएको छ । यसअघि सुपर ३० लाई विकास बहलले निर्देशन गरेका थिए भने अभिनेता ऋतिक रोशनको मुख्य अभिनय रहेको थियो ।  

 

प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार  ८ : ०७ बजे