• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

दल विभाजन अध्यादेशविरुद्धको मुद्दा संवैधानिक इजलासमा

क्यानाडा नेपाल आश्विन ८ २०७८
  • 414
    SHARES
  • images
    images
    दल विभाजन अध्यादेशविरुद्धको मुद्दा संवैधानिक इजलासमा

    काठमाडौं - राजनीतिक दल विभाजनसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न माग गर्दै दायर गरिएको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

    images

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित इजलासमा सुनुवाइ सुरु भएको रिटमा निवेदकका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमेश बडालको नेतृत्वमा कानुन व्यवसायीले बहस गर्दैछन् ।

    अधिवक्ता श्रीकान्त बरालले मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

    रिटमा उनले चलिरहेको संसद हतार हतार अन्त्य गरेर दल विभाजन गर्न ल्याइएको अध्यादेश बदर गर्नुपर्ने, एमालेले सांसद पदबाट कारबाही गरिसकेका माधव नेपालसहित १४ जनालाई सनाखत गरेर गठन गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता खारेज गर्नुपर्ने माग गरिएको छ ।

    यता दल विभाजन गर्न ल्याएको अध्यादेशविरुद्ध सत्ता गठबन्धनले प्रतिस्थापन विधेयक ल्याएर निष्क्रिय बनाउने तयारी गरेको छ ।न्युज कारखाना

     


    आश्विन ८, २०७८ शुक्रवार १४:०८:१३ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    प्रधानन्यायाधीश प्रकरण : एमाले मौन, नेकपा एसले यस्तो भन्यो 

  • 216
    SHARES
  • प्रधानन्यायाधीश प्रकरण : एमाले मौन, नेकपा एसले यस्तो भन्यो 

    काठमाडौं - प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दल मौन बसेका छन् । प्रमुख प्रतिपक्षी एमालेले यसबारे पार्टीले धारणा बनाइनसकेको बताएको छ भने सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले नोटिसमा लिएको बताएका छ । सत्ता नेतृत्व कांग्रेसले भने यसबारे पार्टीले धारणा नराख्ने बताइसकेको छ । 

    images

    एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानन्यायाधीश प्रकरणमा पार्टीको धारणा बनिनसकेको भन्दै धारणा बनाएर सार्वजनिक गर्ने बताए ।
    नेकपा एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले ‘प्रधानन्यायाधीश प्रकरण नोटिसमा लिइएको र अध्ययन भइरहेकाे’ बताए । ‘यसबारे पार्टीमा छलफल गरेका छैनौ, तर विषयबस्तु नोटिसमा लिएका छौँ । अध्ययन गर्दैछौँ,’ खतिवडाले भने । 

    प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमै भागवण्डा लिएपछि उनीमाथि राजीनामा चर्काे दबाब छ । जबराले आज साेमबारका लागि सर्वाेच्च अदालतकाे फुलकाेर्ट बाेलाएका छन् । तर, सर्वाेच्चका १४ न्यायाधीशले बहिस्कारकाे निर्णय लिएका छन् ।न्युज कारखाना

     

     


    कार्तिक ८, २०७८ सोमवार ११:२१:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानन्यायाधीश प्रकरण

  • क्यानाडा नेपाल

    परराष्ट्रमन्त्री खड्काले भने - 'सबै दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ'

  • 156
    SHARES
  • परराष्ट्रमन्त्री खड्काले भने - 'सबै दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ'

    काठमाडौं - परराष्ट्रमन्त्री डा नारायण खड्काले एमसीसी पास गर्नु आवश्यक रहेको बताएका छन् । सोमबार नेपाल प्रेस युनियनले गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा खड्काले सो कुरा बताएका हुन् । उनले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताए ।

    images

    उनले भने - 'अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ ।' 

    उनले एमसीसी पास गर्न गठबन्धन सरकारले गठबन्धन भित्र व्यापक छलफल गर्ने र नेकपा एमालेबीच छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने बताए । 
     


    कार्तिक ८, २०७८ सोमवार १२:०९:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. नारायण खड्का

  • क्यानाडा नेपाल

    सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित, १४ न्यायाधीशको छुट्टै बैठक

  • 146
    SHARES
  • सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित, १४ न्यायाधीशको छुट्टै बैठक

    काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ । सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बैठक बस्न नसकेको हो ।

    images

    प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए । तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

    अहिले १४ न्यायाधीशको छुट्टै बैठक बसिरहेको छ । बैठकले अब कसरी अघि बढ्ने भन्ने निर्णय लिने बुझिएको छ । यस्तै, प्रधानन्यायाधीश जबराको कार्यक्षमता र योग्यताका विषयमा छलफल गर्न नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनको बैठक पनि बसिरहेको छ ।न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार १३:०१:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत

  • क्यानाडा नेपाल

    प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

  • 494
    SHARES
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषदको आकस्मिक बोलाएका छन् । बैठक सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बताइएको छ । 

    images

    बैठकमा बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने र नियमित काम कारबाहीका बिषयमा छलफल हुने बताइएको छ । 

    प्रधानमन्त्री देउवाले प्रदेश १ र सुदूरपश्चिमका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएका थिए । 


    कार्तिक ८, २०७८ सोमवार १४:१४:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक

  • क्यानाडा नेपाल

    महाधिवेशन कुनै पनि हालतमा निर्धारित समयमै सम्पन्न गर्नुपर्छ - रामचन्द्र पौडेल

  • 140
    SHARES
  • महाधिवेशन कुनै पनि हालतमा निर्धारित समयमै सम्पन्न गर्नुपर्छ - रामचन्द्र पौडेल

    काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४औँ महाधिवेशन कुनै पनि हालतमा निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताएका हुन् । 

    images

    कांग्रेसले १४औँ महाधिवेशन मंसिर ९ गतेदेखि मंसिर  १३ गतेसम्मा गर्ने तयारी गरेको छ । यसैबीच नेता पौडेलले निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बताएका हुन् । उनले निर्धारित समयमा हुन नसके समय थप गर्ने सीमा नै नरहेकाले कुनै पनि हालतमा निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए।  

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न बारम्बार सुझाव दिँदै आएको पनि उनले बताए । पछिल्लो समय कुनै पनि राजनीतिक दलहरूले व्यवस्थालाई संस्थागत गर्नका लागि महत्व नदिँदा सबैको ध्यान सत्ता केन्द्रित हुन पुगेको बताए । 


    कार्तिक ८, २०७८ सोमवार १४:४४:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल

  • क्यानाडा नेपाल

    प्रधानन्यायाधीश भेट्ने निष्कर्षसहित सकियो न्यायाधीशहरूको बैठक 

  • 300
    SHARES
  • प्रधानन्यायाधीश भेट्ने निष्कर्षसहित सकियो न्यायाधीशहरूको बैठक 

    काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेमर जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका सर्वाेच्च अदालतका १४ जना न्यायाधीशहरूले गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश राणासँगै छलफल गर्ने भएका छन् । 

    images

    सर्वाेच्च अदालत परिसरमा सोमबार चार घण्टाको छलफलपछि असन्तुष्ट न्यायाधीशहरू मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने निष्कर्षसहित बैठकबाट उठेका छन् । 

    न्यायिक नेतृत्व र न्यायालयमा हुने गरेका विकृतिबारे लामो छलफल गरे पनि ठोस निष्कर्षमा भने नपुगिएको न्यायाधीश हरिकृष्ण कार्कीले न्युज कारखानालाई बताए । 

    ‘लामो छलफल भए पनि त्यस्तो कुनै निष्कर्षमा पुगिएको होइन । हाम्रो सामूहिक सरोकारका विषयमा भोलि (मंगलबार) प्रधानन्यायाधीशसँग समय लिएर भेटेर कुरा राख्ने भन्ने कुरा भएको छ’, न्यायाधीश कार्कीले भने । 

    कार्कीले ठोस निष्कर्षमा नपुगेको दाबी गरे पनि न्यायाधीशहरू प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा सार्वजसनिक रूपमा विगतका कमिकमजोरीहरू सच्याउने र भविष्यमा कार्यपालिकासँग सोझो सम्बन्ध छैन भनेर विश्वस्त आधार तयार पार्नुपर्ने निष्कर्षमा छन् । 

    न्यायाधीशहरूको बैठकका कारण सर्वाेच्च अदालतमा सबै मुद्दा प्रभावित भएका छन् । न्यायाधीहरूको बैठक सकिए पनि अघोषित इजलास बहिस्कारलाई भने निरन्तरता दिएका छन् । न्यायालयको आन्तरिक विवादका कारण भोलि (मंगलबार)को मुद्दा सुनुवाइसमेत प्रभावित हुने देखिएको छ । न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार १४:४७:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानन्यायाधीश प्रकरण

  • क्यानाडा नेपाल