श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

माधव नेपालको दुखेसो : पार्टी त खोलियो तर सांसद जोगाउन बढो गाह्रो



काठमाडौं । माधव कुमार नेपालले सरकारमा जान नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरे तर दर्ता गरेको पहिलो महिना नै उनलाई हरेक दिन सकस परेको छ ।

सरकारमा जान भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए जसका कारण माधव नेपाललाई पार्टी फुटाउन र नयाँ दल दर्ता गर्न सहज बन्यो । आफू बदनाम भएर भएपनि माधव नेपाललाई सहयोग गरेका देउवालाई अहिले माधव नेपालले नै मन्त्रीपरिषद विस्तार गर्न दिइरहेका छैनन् ।

माधव नेपाललाई दल दर्ता गरे जत्तिको सहज पार्टी चलाउन भएको छैन । माधव नेपाल निकट श्रोतका अनुसार माधव नेपालले अहिले पार्टी खोल्नु त भयो तर पार्टीका सांसद जोगाउन यत्ति सकस परेको छ कि राम्रोसंग निदाउन नसकेको कुरा आफू नजिकका नेताहरुलाई सुनाउने गरेका छन् । सांसदहरु आफू संग पद कै लागि आएको र अहिले दबाब मात्र दिन थालेकोले गर्दा सांसद जोगाउन हम्मे हम्मे परेको आफू निकट नेताहरुलाई बताउन थालेका छन् ।

केपी ओलीमाथि भीम रावल आक्रामक हुने संकेत ! केपी ओलीमाथि भीम रावल आक्रामक हुने संकेत !

“नेकपा एमाले परित्याग गर्दा मन्त्री पद पाउने शर्त धेरैले राखेका थिए । माधव कमरेडलाई पनि नयाँ दलमा धेरै भन्दा धेरै सांसद चाहेको थियो त्यसैले सबैलाई मन राख्न मिलेसम्म सबैलाई आलोपालो गरि मन्त्रालयको जिम्मा दिउँला भन्नुभयो । अब अहिले आएर त्यो कुराले माधव कमरेडलाई पासो जस्तो बनेको छ ।” माधव नेपाल निकट एक नेताले जनाएका छन् ।

माधव नेपालसंग वामदेव गौतम समेत रुष्ट भएका छन् । एमाले छोडेर आउनुस तपाईलाई राम्रो ठाउँ दिन्छु भनेका माधव नेपालले अहिले आएर आफूलाई बेवास्ता गरेको तितोपन नेता गौतमले पोख्न थालेका छन् । माधव नेपालले दुई अध्यक्षको प्रावधान नराख्ने भन्दै वामदेव गौतमलाई जिल्ल पारिदिएका छन् । अहिले मन्त्रालय दिन पनि वामदेव गौतम र माधव नेपाल बीच कुरा नमिल्दा वामदेव गौतमलाई आफू संग राख्न सकेका छैनन् ।

माधव नेपालले मन्त्री बनाउने लिष्टमा आफूलाई नराख्ने बुझेपछि सांसद मेटमणी चौधरी समेत रुष्ट बनेको हल्ला चलेको पार्टी भित्र चल्न थालेको छ । मेटमणी चौधरीले केपी ओलीलाई सकेसम्म गाली गर्दै माधव नेपाललाई बचाउ गर्दै बोलेका थिए तर अहिले मेटमणीको नाम पहिलो लिष्टमा नपरेको देखेपछि मेटमणी चौधरी पनि रुष्ट बनेको पाईएको छ । 

माधव नेपालले प्राय भाषणहरुमा आउने निर्वाचनमा नेकपा एमाले भन्दा ठूलो पार्टी नेकपा एकीकृत समाजवादी हुने घोषणा गरेका छन् तर निर्वाचन सम्म सांसदहरुलाई कसरी जोगाएर राख्ने भन्ने अफ्ठ्यारोमा पुगेका छन् नेता नेपाल । निर्वाचनमा माओवादी केन्द्रसंग गठबन्धन गरेर जाने योजना बनाएका माधव नेपाललाई आफू संग राम्रो सांसदहरु नभए माओवादी केन्द्रले नपत्याउने डर रहेकाले अहिले माधव नेपाललाई सांसद जोगाउन हम्मे हम्मे परेको छ ।

प्रकाशित मिति : आश्विन १०, २०७८ आइतबार  १० : ०५ बजे