जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामकुमारी झाँक्रीका कारण धेरै रुष्ट



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीलाई अहिले मन्त्रीपरिषद विस्तार गर्ने अन्तिम घडीमा आएर कुन कुन सांसदलाई सरकारमा पठाउने भनेर निर्णय गर्न सकस परिरहेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी तर्फ लागेका धेरै सांसदहरु अहिले अध्यक्ष माधव कुमार नेपालसंग मन्त्री बनाउन बार्गेनिंग गरिरहेका छन् । माधव नेपाललाई मख्ख पार्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्दै अन्तर्वार्ताहरु दिईरहेका थिए । अहिले ति सांसदहरु माधव नेपालसंग मन्त्री बनाउन बार्गेनिंग गरिरहेका छन् ।

माधव कुमार नेपालले ३ सांसदहरु छनोट गरिसकेका छन् जो सरकारमा जाने पक्का जस्तो भएको छ । ३ जना छानिएका सांसदमा पहिलो नम्बरमा रामकुमारी झाँक्रीको नाम परेको छ । एमाले फुटाएर नयाँ दल दर्ता गर्दा रामकुमारी झाँक्रीले नडगमगाई माधव नेपाललाई साथ दिएकी थिइन । नेकपा एकीकृत समाजवादी पार्टीमा माधव नेपालपछि सबै भन्दा बढि चर्चा पनि रामकुमारी झाँक्रीको नै छ ।

रामकुमारी झाँक्रीलाई मन्त्री बनाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत दबाब दिएका छन् । माधव नेपालले रामकुमारी झाँक्रीलाई कुनै पनि हालतमा मन्त्री बनाउने निधो गरेर लिष्टको नम्बर एकमा राखेका छन् । रामकुमारी झाँक्रीलाई पहिलो प्राथमिकता दिएपछि नेकपा एकीकृत समाजवादी पार्टीका केही सांसदहरु रुष्ट बनेका छन् । रामकुमारी झाँक्रीलाई त्यत्ति धेरै प्राथमिकता दिएकोमा माधव नेपालसंग धेरै सांसदहरुले गुनासो पोख्न थालेका छन् ।

प्रचण्डको पार्टी संग एकीकरण गर्न हाम्रो पार्टीको हैसियत पुग्दैन : रामकुमारी झाँक्री प्रचण्डको पार्टी संग एकीकरण गर्न हाम्रो पार्टीको हैसियत पुग्दैन : रामकुमारी झाँक्री

रामकुमारी झाँक्री समानुपातिकबाट सांसद भएको र त्यत्ति धेरै राजनीतिक योगदान नभएकाले अरु योगदान गरेका सांसदहरु पार्टीमा हुँदाहुँदै नेता झाँक्रीलाई पहिलो लिष्टमा राख्दा पार्टीको भविष्य अन्योलमा पर्ने भन्दै माधव नेपाललाई केहि सांसदहरुले तितोपन पोखेका छन् । रामकुमारी झाँक्रीको अझै लामो यात्रा बाँकी नै भएकाले यो पल्ट बढी योगदान गरेका सांसदहरुलाई मौका दिनुपर्ने जोड दिंदै केहि सांसदहरु माधव नेपालसंग बार्गेनिंग गरिरहेका छन् ।

मेट्मणी चौधरीदेखि किसान श्रेष्ठहरुले केपी ओलीलाई छोडेर माधव नेपाल पक्षमा खुलेको देख्दा देख्दै चर्को भाषण गर्दैमा रामकुमारी झाँक्रीलाई यत्ति प्राथमिकता दिंदा पार्टीलाई असर पर्ने कुरा समेत माधव नेपाललाई सुनाएका छन् । तर माधव नेपालले रामकुमारी झाँक्रीलाई यो पल्ट ठूलो मन्त्रालय नदिने तर मन्त्री चाँही बनाउनु पर्ने निर्णय सुनाएका छन् ।

रामकुमारी झाँक्रीलाई मन्त्री बनाउँदा युवा पुस्तालाई समेत मौका दिएको र महिला पनि भएको नाताले राम्रो संदेश जाने भएकाले यो निर्णय लिएको कुरा माधव नेपालले गुनासो व्यक्त गर्न आउने सांसदहरुलाई सुनाउने गरेका छन् । रामकुमारी झाँक्रीलाई रोजेको मन्त्रालय दिने सोचमा रहेका माधव नेपाल अन्तत बढ्दो दबाबका कारण ठूलो मन्त्रालय नदिने निर्णयमा पुगेका छन् ।

प्रकाशित मिति : आश्विन ८, २०७८ शुक्रबार  ७ : ०६ बजे