आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

विवाह अघि नै आमा बन्दै नायिका कल्कि कोचलिन



एजेन्सी – बलिउडकी चर्चित र सफल अभिनेत्री हुन् कल्कि कोचलिन । धेरैजसो आफ्नो बोल्ड तस्बिरका कारण चर्चामा आइरहने कल्कि पछिल्लो समय फरक कारणबाट चर्चामा छिन् । हालसम्म धेरै फिल्ममा अभिनय गरेकी कल्कि २००९ को फिल्म देव डी से बाट फिल्म क्षेत्रमा आफ्नो करियर शुरु गरेकी थिइन् । 

\"\"

यस्रक्रममा अभिनेत्री कल्किको एक नयाँ खबर बाहिरिएको छ । उनी विवाह अघि नै आमा बन्दैछिन् । २०११ मा निर्देशक अनुराग कश्यपसँग विवाह गरेपछी छुट्टिएकी उनी हाल मुम्बइमा छिन् । अहिले कल्किको ब्वायफ्रेन्ड गाय हर्शबर्ग इजरायली कंपोजर, टीचर र पियानिस्ट हुन् । 

\"\"

कल्कि विवाह अघि नै आमा बन्ने भएपछि उनका बारे धेरै टिकाटिप्पणी भएका छन् । अहिले उनका बेबी बंप गरेका तस्विर सामाजिक संजालमा भाइरल बनेका छन् । तस्विरमा कल्किले बेबी बंपलाई हातले छुदैछिन् ।  

 

प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार  ७ : ५० बजे