श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौँ – संघीय संसदको दुबै सदनको बैठक बिहिबार बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ । संघीय संसद्का महासचिव भरतराज गौतमले आज बस्ने बैठकको कार्यसूची सार्वजनिक गरेका छन् ।
 
कार्यसूची अनुसार बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्ने भएका छन् । 

सत्तापक्षले विधेयक अगाडि बढाइरहे पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले भने सदनमा नाराबाजी गर्दै आइरहेका छन् ।

sam.jpg
 

प्रकाशित मिति : आश्विन ७, २०७८ बिहीबार  २ : ०७ बजे