आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

सबिन कार्कीको \’कुरा हो साँचो\’ बोलको गीत युटुयुबको ट्रेन्डिङमा (भिडियो)



काठमाडौं – कभर भिडियो बनाएर युट्युबबाट चर्चामा आएका सबिन कार्कीको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक सन्तिम कोइराला र सुम्निमाको सुमधुर स्वरमा 'कुरा हो साँचो' बोलको गीत शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । यस गीतमा डिपि खनालको शब्द र शंकर थापा स्माइलको संगित रहेको छ ।

गीतको भिडियोमा सबिन कार्की, नम्रता, दिक्षा ठकुरी लगायतका कलाबकारको अभिनय रहेको छ । शुक्रबार सार्वजनिक भएको यस गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन् ।  अहिले यो भिडियो ट्रन्डिङको ७ औं स्थानमा रहेको छ । गीतको भिडियोलाई सबिन कार्कीले नै निर्देशन गरेका छन् भने छयाँकन सञ्जय कार्कीको रहेको छ । 

 

 

प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार  ७ : ०० बजे