• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

दशैं नजिकियाे, हलमा फिल्म कहिले ?

क्यानाडा नेपाल आश्विन ४ २०७८
  • 568
    SHARES
  • images
    images
    दशैं नजिकियाे, हलमा फिल्म कहिले ?

    काठमाडौं । सरकारले फिल्म हल सञ्चालन गर्न अनुमति दिएको तीन साता बितिसक्दा पनि अहिलेसम्म हलमा कुनै फिल्म प्रदर्शन हुनसकेको छैन । कोरोना भाइरसको प्रकोपका कारण दोस्रो पटक १६ वैशाखदेखि जारी निषेधाज्ञा भदौ दोस्रो सातासम्म आइपुग्दा धेरै हदसम्म खुला भइसकेको थियो । तर, कुनै निर्माता पनि फिल्म प्रदर्शन गर्न तम्सिएनन् । 

    images

    पहिलो पटक ११ चैत ०७६ जारी लकडाउन ०७७ को भदौमा अन्य क्षेत्र खुकुलो गरिएको भए पनि सरकारले फिल्म हल सञ्चालनको अनुमति भने दिएको थिएन । त्यतिबेला भने फिल्मकर्मी तथा सम्बन्धित संघसंस्थाले हल खोल्न सरकारलाई दबाब दिएका थिए । 

    हल सञ्चालन अनुमति दिन सरकारले आलटाल गरिरहेको बेलामा अभिनेता शिव श्रेष्ठले आफूले निर्माण गरेको फिल्म ‘यस्तो एउटा प्रेमकहानी’ १ माघदेखि प्रदर्शन गर्ने घोषणा गरे । सरकारले हल खोल्न नदिए पनि आफूहरूले एकतर्फी रूपमा भए पनि हल खोलेर ‘यस्तो एउटा प्रेमकहानी’ चलाउने घोषणा हल सञ्चालकले गरे ।

    अन्ततः सरकारले पुस अन्तिममा ५० प्रतिशत दर्शक राखेर हल सञ्चालन गर्न पाउने व्यवस्था गर्यो । कतिपयले सरकारको सो निर्णयको स्वागतसमेत गरे । अन्ततः १ माघ ०७७ मा ‘यस्तो एउटा प्रेमकहानी’ प्रदर्शन गरियो । तर, हलमा दर्शकको उपस्थिति भने निकै न्यून हुन पुग्यो । १ माघपछिका सातामा ‘यस्तो एउटा प्रेमकहानी’ पछि तत्कालै अरु नेपाली फिल्म प्रदर्शनमा आएनन् । केही अंग्रेजी र हिन्दी फिल्म भने प्रदर्शन भए । 

    २१ फागुनमा अर्काे नेपाली फिल्म हलमा प्रदर्शन भयो । फिल्म थियो–‘गोर्खे’ । सो फिल्मले पनि हलमा दर्शक तान्न सकेन । ‘गोर्खे’ को व्यावसायिकता ‘यस्तो एउटा प्रेमकहानी’ भन्दा पनि नाजुक हुन पुग्यो । 

    नयाँ वर्ष र दशै, तिहारमा नेपाली फिल्म प्रदर्शनका लागि निकै प्रतिस्पर्धा हुने गरेको छ । ती ‘डेट’ मा ठूलो ब्यानरका मानिने फिल्महरू पनि जुध्ने गरेका छन् । तर, अपशोच, हल खुले पनि ०७८ को नयाँ वर्ष खान ती ठूला भनी÷मानिएका ब्यानरका कुनै फिल्म पनि प्रदर्शनमा आएनन् ।

    बरु, निर्देशक एभरेस्ट सूर्य बोहराले लकडाउनकै विषयमा निर्माण गरेको ‘श्री’ र राजबहादुर सानेले ०७१ मा निर्देशन गरेको, तर हलमा आउन नपाएको ‘गुड फ्रेन्ड’ नामक फिल्म २७ चैतमा प्रदर्शनमा आए । ‘श्री’ ले दर्शकको राम्रै प्रतिक्रिया पायो । तर, ‘गुड फ्रेन्ड’ भने कतिपय हलमा एक शोमै उत्रियो । 

    यद्यपि, नयाँ वर्ष ०७८ को अवसर पारेर २७ चैतमा दीपक ओली निर्देशित ‘कृष्ण–लीला’, मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन–२’ र कैलाश राई निर्देशित ‘मनसँग मन’ प्रदर्शनमा आउने घोषणा गरिएको थियो । ती फिल्मले गीत तथा टिजर र प्रोमोसमेत सार्वजनिक गरेका थिए । तर, तीनवटै फिल्म प्रदर्शन गरिएन ।

    ‘एकातिर हलमा ५० प्रतिशत मात्र दर्शक राख्नुपर्ने रे, अर्काेतिर कोरोनाको संक्रमण झन् बढ्दै गयो । फेरि लकडाउन हुन सक्ने संकेत पाएपछि रिलिजको एक साताअघि मात्रै स्थगित गरेका हौ,’ ‘कृष्ण–लीला’का कार्यकारी निर्माता रतन श्रेष्ठले न्युज कारखानासँग भने, ‘हामी त फिल्म प्रदर्शन गर्न तयार नै थियौ । तर, कोरोना भाइरसका कारण परिस्थिति गम्भीर हुँदै गएकाले अन्तिम समयमा ‘ब्याक’ हुनुपरेको हो ।’ 

    ‘कृष्ण–लीला’, ‘मनसँग मन’ र ‘लप्पन छप्पन–२’ २७ चैतमा नआउने भएपछि हतार हतार सो मितिमा ‘श्री’ र ‘गुडफ्रेन्ड’ प्रदर्शन गरिएको थियो । ‘खासमा ‘श्री’ हलमा प्रदर्शन गर्ने उद्देश्यले निर्माण गरिएकै होइन,’ निर्देशक बोहरा भन्छन्, ‘तर पनि अरु फिल्म नआउने भएकाले हतार हतारमा प्रदर्शन गरिएको थियो । दर्शकको सकारात्मक प्रतिक्रियाले मलाई यस्तै प्रयोगात्मक फिल्म बनाउने प्रेरणा मिलेको छ ।’ 

    करिब ७२ घन्टामा सुटिङ सकाइएको ‘श्री’ तेस्रो सातामा प्रदर्शन हुँदै गर्दा १६ वैशाखदेखि सरकारले दोस्रो चरणको लकडाउन जारी गर्यो । ‘श्री’ राम्रै चल्दैथियो, लकडाउने रोकियो,’ ‘श्री’ का वितरक करण श्रेष्ठ भन्छन्, ‘त्यो फिल्म अहिले फेरि प्रदर्शन गर्ने सोच बनाएको थिएँ । तर, हल नखुलेकाले त्यत्तिकै भयो ।’ 

    पहिलो लकडाउन खुलेपछि फिल्म निर्माता तथा हल सञ्चालकहरू फिल्म प्रदर्शन गर्न आतुर भएका थिए । उनीहरूले अन्य झै फिल्म क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेका थिए । लकडाउन खुकुलो हुनेवित्तिकै करिब एक दर्जन फिल्म छायांकन पनि भए । तर, जब दोस्रो पटक लकडाउन भयो र गत भदौ मध्यमा हल खोल्ने अनुमति पनि मिल्यो, तर अहिले फिल्म प्रदर्शन तथा निर्माण गर्न निर्माता, हल सञ्चालक तातेका छैनन् । 

    ‘जबसम्म सरकारले हलमा पूर्णरूपमा दर्शक राख्न दिने व्यवस्था गर्दैन, तबसम्म फिल्म रिलिज गरेर अर्थै छैन,’ वितरक सुनील मानन्धरले न्युज कारखानासँग भने, ‘स्थिति सामान्य भयो भने पनि फिल्म चल्ने माहोल बन्न एक डेढ वर्ष नै लाग्न सक्छ ।’ 

    कसले गर्ला फिल्म रिलिज ?

    कोरोनाअघि विशेष गरी नयाँ वर्ष, दशैं, तिहार, माघे संक्रान्ति र शिवरात्रीको छेकोमा आफ्नो फिल्म प्रदर्शन गर्न निर्माताहरू लालायित हुन्थे । एकै साता चारवटासम्म नयाँ नेपाली फिल्म भिड्ने गर्दथे । तर, कोरोनाका कारण अहिले स्थिति निकै फरक छ । अहिले ५० प्रतिशत दर्शक राखेर हल चलाउन पाउने अनुमति पाए पनि यो दशैं तथा तिहारमा समेत ठूलो ब्यानर तथा लगानीका मानिने कुनै फिल्म पनि प्रदर्शनमा नआउने भएका छन् । 

    ‘एक त सरकारले अझैसम्म पनि उपत्यकाबाहिर हल सञ्चालन गर्न अनुमति दिएको छैन । त्यसमाथि उपत्यकामा पनि ५० प्रतिशत दर्शक राखेर चलाउनुपर्ने रे, यस्तोमा करोडौ लगानीका फिल्म प्रदर्शन गर्ने मूर्खता कसले गर्छ ?,’ निर्माता सन्तोष सेनको भनाइ छ, ‘राज्यबाट न कुनै सहुलियत, सुविधा छ, न कुनै नीति नै । यस्तोमा रिस्क लिन सकिन्नँ ।’

    वितरक तथा निर्माता रोहित कट्टेल चलचित्र विकास बोर्ड र हल सञ्चालकले निश्चित रकमको ग्यारेन्टी गर्ने हो भने आफू आफ्नो फिल्म ‘कृष्ण–लीला’ प्रदर्शन गर्न तयार रहेको बताउँछन् । ‘यसबारेमा दोस्रो लकडाउनभन्दा अघि नै मैले हल सञ्चालक तथा बोर्डसँग छलफल गरेको थिएँ । तर कतैबाट पनि सकारात्मक कुरा आएन,’ उनी भन्छन्, ‘यस्तो परिस्थितिमा फिल्म रिलिज गर्न गाह्रो छ ।’

    दशैंमा ‘धन्दागिरी’ र ‘डाँडाको वरपीपल’
    वितरक कट्टेलले यो दशैमा आफ्नो कम्पनी आरआर फिल्मले ‘धन्दागिरी’ नामक फिल्म प्रदर्शन गर्न लागेको जानकारी दिए । ‘दशैंमा अरु बेलामा बढी भिडभाड हुन्छ । हलमा मान्छे जान सक्छन्, त्यसकारण २५ असोजमा ‘धन्दागिरी’ लगाउँदै छौ,’ उनी भन्छन्, ‘त्यस्तो ठूलो आशा नराखी, फिल्म चल्ने माहोल बनोस् भनेर रिलिज गर्न लागेका हौं ।’ 

    त्यसो त दशैंमै शोभित बस्नेत निर्देशित नयाँ फिल्म ‘डाँडाको वरपीपल’ पनि प्रदर्शनको तयारीमा रहेको छ । बुढासुब्बा डिजिटलले निर्माण गरेको यो फिल्म खासमा बुढासुब्बाकै युट्युब च्यानल तथा बिएम एचडी टिभीका लागि निर्माण गरिएको हो । ओटिटी प्लेटफर्म र टिभीमा मात्र प्रदर्शन गर्न निर्माण गरिएको भए पनि अब भने यो फिल्म दशैंको अवसरमा २६ असोजमा खुलेका हलमा समेत प्रदर्शन गरिने छ ।

    ‘डाँडाको वरपीपल’ काठमाडौ र मोफसलका सबै हलमा प्रदर्शन हुन्छ,’ निर्देशक बस्नेत भन्छन्, ‘दशंैअगाडि मोफसलका हल पनि सञ्चालनमा आउने भएकाले सबैतिर फिल्म चलाउने सम्झौता भएको छ ।’ 

    त्यसो त निर्देशक बस्नेतले गत वर्षको दशैंअघि पनि बुढा सुब्बा डिजिटलकै लगानीमा ‘लक्ष्मीपूजा’ नामक फिल्म निर्देशन गरेका थिए । त्यतिबेला पनि हल खुलेमा हलमा समेत लगाउने तयारी थियो । तर, हल खुलेन । ‘लक्ष्मीपूजा’ टिभी र ओटिटीमार्फत दर्शकमाझ पुग्यो । 

    प्रदर्शन मिति तोक्ने सकस

    कोरोनाअघि, छक्का पन्जा–४, अशोक शर्माको अल्लारे–२, रेनेशा वान्तवा राईको आइएम २१, झरना थापाको ए मेरो हजुर–४, छविराज ओझाको नयाँ फिल्मलगायतले ०७७ को दशैमा प्रदर्शन हुने घोषणा गरेका थिए । तर कोरोनाका कारण सबै बन्द भयो । अब भने जनजीवन सामान्य हुँदै जाँदा ठूला भनिने फिल्मले प्रदर्शन मिति तोक्दै गइरहेका छन् । 

    पहिला, अघिल्लो वर्षको २७ चैतमा प्रदर्शन हुने तयारीमा रहेको ‘लप्पन छप्पन–२’ ले अगामी १३ फागुन अर्थात् शिवरात्रीको छेकोमा प्रदर्शन हुने घोषणा गरेको छ । त्यसैगरी, झरना थापाको ए मेरो हजुर–४ ले केही दिनअघि मात्रै प्रदर्शन मिति घोषणा गर्यो । 

    अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेको सो फिल्म नयाँ वर्ष ०७९ को अवसरमा २८ चैतमा प्रदर्शन हुनेछ । अन्य फिल्महरूले प्रदर्शन मिति तय गर्न क्यालेन्डर पल्टाइरहेको भए तापनि स्थिति कस्तो होला भन्ने त्रासले मिति घोषणा गर्न सकिरहेका छैनन् । 


    आश्विन ४, २०७८ सोमवार १६:५२:०१ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    जिग्रीको स्वरमा नयाँ गीत 'मायाले जीवन सजाउ' सार्वजनिक, धुर्मुस-सुन्तलीको रोमान्टिक अभिनय

  • 1.3K
    SHARES
  • जिग्रीको स्वरमा नयाँ गीत 'मायाले जीवन सजाउ' सार्वजनिक, धुर्मुस-सुन्तलीको रोमान्टिक अभिनय

    काठमाडौं - चर्चित हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वरमा सजिएको नयाँ गीत 'मायाले जीवन सजाउ' सार्वजनिक भएको छ । 

    images

    हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अभिनय रहेको उक्त म्युजिक भिडियो मंगलबार युट्युबमा सार्वजनिक भएको हो । 

    धुर्मुस सुन्तली विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको अवसरमा भाई कुमारले नयाँ गीत बजारमा ल्याएका हुन् । गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन्  । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । 


    मंसिर १५, २०७८ बुधवार १२:१६:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुमार कट्टेल

  • क्यानाडा नेपाल

    अस्मिता र अमृतको गीतमा पूजा र प्रदीपको अभिनय

  • 222
    SHARES
  • अस्मिता र अमृतको गीतमा पूजा र प्रदीपको अभिनय

    काठमाडौँ । पछिल्लो पुस्ताकी लोकप्रिय नायिका पूजा शर्मा चलचित्रसँगै म्यूजिक भिडियोमा पनि निक्कै व्यस्त छिन् । एकपछि अर्को गर्दै लगातार म्यूजिक भिडियो आफ्ना दर्शकहरुका लागि दिइरहेकी पूजाले मोडल प्रदीप लामासँग नयाँ भिडियोमा सहकार्य गरेकी छिन् । 

    images

    ‘जुलेबी’ बोेलको गीतकोे भिडियोमा पूजा र प्रदीपको रोमान्स हेर्न सकिन्छ । यो गीतमा अस्मिता अधिकारी र अमृत घोले लामाको स्वर, शंकर थापा ‘स्माइल’को शब्द, गणेश शाहीको संगीत छ । 

    भिडियोमा प्रदीप लामाको कोरियोग्राफी तथा  निर्देशन, सुशान प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । जसको निर्माताका रुपमा  गायक लामा नै रहेका छन् । 


    मंसिर १५, २०७८ बुधवार २१:२६:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

  • 1.1K
    SHARES
  • सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

    काठमाडौं - हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् । 

    images

    उनले बलिउडका धेरै फिल्महरु पिनि हेरिसकेकी छिन् । उनलाई बलिउडमा सलमान खानको फिल्म धेरै नै मन पर्छ । उनले आफु सलमानको बडी देखेर भुतुक्कै भएको बताएकी छन्। 

    उनले आफुले धेरै पहिलादेखि सलमानसँग काम गर्न चाहेको पनि बताएकी छन् । किम बलिउडस्टार श्रीराज हसनको मिल्ने साथि पनि हुन् । उनी पति कान्य वेष्टसँगको सम्बन्ध विच्छेदका कारण पनि चर्चामा छिन् । उनीहरु ७ बर्षअघि विवाह बन्धनमा बाधिँएका थिए । उनीहरुले कुनै कारण बिना नै एक अर्काले सम्बन्ध तोडेको बताइन्छ । 

     


    मंसिर १५, २०७८ बुधवार २१:५६:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # किम कार्दशियन

  • क्यानाडा नेपाल

    'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद'को छायांकन सकियो

  • 156
    SHARES
  • 'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद'को छायांकन सकियो

    काठमाडौं। बिश्वव्यापी महामारी 'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद’को तीन बर्षपछि छायांकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको फिल्मको छायांकनबीचमा नै लकडाउन भएपछि रोकिएको थियो ।

    images

    निर्देशक सत्यराज चौलागाईंले क्याप्टेनसिप सम्हालेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको प्रमूख अभिनय रहेको छ । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा गरेका थिए । दुवै अभिनयमा उम्दा मानिन्छन् ।
     
    राज पण्डित, सुबास राई र साबि बज्राचार्य को लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । संकल्प भुजेल छायाँकार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी दिए । फिल्ममा एसडि योगी र सुरज थापाको संगीत रहनेछ ।
     
    फिल्मको रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन भएको हो । अधुरैमा फिल्मको छायांकन रोकिँदा निर्मातालाई ठूलो आर्थिक क्षति भएको निर्देशक चौलागाईं बताउँछन् ।


    मंसिर १९, २०७८ आइतवार १६:१६:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिच्छेद
  • # कोभिड-१९

  • क्यानाडा नेपाल

    काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने  

  • 104
    SHARES
  • काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने  

    काठमाडौं माउन्टेन फिल्म फेस्टिभल(किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने भएको छ ।  फेस्टिभलमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइने आयोजक हिमाल एसोसियसनले जनाएको छ । अमेरिकी फिल्मकर्मी काइल रुडिकद्वारा निर्देशित फिल्म ’ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिने एसोसियसनले जानकारी दिएको छ । 

    images

    किम्फको निर्णायकमा पर्वतारोही मारियो कासेला, स्विजरल्याण्डकी पत्रकार ‍तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल रहेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन् ।

    अन्तर्राष्ट्रिय प्रतियोगितातर्फको विजेताले २ लाख, दोस्रोले १ लाख ५० र तेस्रो फिल्मले १ लाख पुरस्कार पाउनेछन् । पनोराममा उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट आख्यानका लागि १ लाख प्रदान गरिनेछ । उत्कृष्ट माउन्टेन फिल्म अवार्ड विजेताले भने एक हजार अमेरिकी डलर जित्नेछ । 


    मंसिर १९, २०७८ आइतवार १७:४८:१४ बजे : प्रकाशित

    प्रमोद खरेल र येदिन गजमेरको सहकार्यमा जन्मियो 'यादहरूमा'

  • 166
    SHARES
  • प्रमोद खरेल र येदिन गजमेरको सहकार्यमा जन्मियो 'यादहरूमा'

    काठमाडौँ । चर्चित गीतकार तथा संगीतकार येदिन गजमेरको नयाँ गीत यादहरूमाको भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वरमा सजिएको प्रेम रोमान्स र विरहले भरिएको  यादहरूमाको भिडियो शुक्रबार बजारमा आएको हो । 

    images

    अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले दर्जनौँ नेपाली आधुनिक गीत तथा भजन संगहहरुमा आफ्नो शब्द तथा संगीत भरेर चर्चा कमाएका बेला यादहरूमाको भिडियो बजारमा ल्याएका हुन् । 

    वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरु र एक्कासी आफ्नी प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यहरुलाई कैद गरिएको  गीतमा मोडलद्धय रमेश दियाली र साक्षी लम्साल गज्जबसँग खुलेका छन् । 

    संजिब बराईलीको एरेन्ज रहेको गीतमा निशाल पौडेलको छायाङ्कन रहेको छ ।  विकाश दाहालले  सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् ।  यसैबिच गायक अनुप रेग्मीको स्वरमा तयार भएको लोक आधुनिक गीत  पञ्चेबाजामा संगीतकार येदिनको संगीत रहेको गीत छिट्टै बजारमा आउने तयारीमा रहेको छ । 

    विबाहको मौसमलाई लक्षीत गरेर ल्याउन लागिएको पञ्चेबाजामा संगीतकार यदिनकै शब्द शृजना समावेश छन् । यसअघि नै संगीतकार येदिनले नेपालका चर्चित गायक गायिकाहरुसँग दर्जनौँ गीतमा सहकार्य गरिसहेका छन् ।


    मंसिर १९, २०७८ आइतवार २१:५७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रमोद खरेल

  • क्यानाडा नेपाल