• Oct 23 2021 | २०७८, कार्तिक ६गते

२०७८, कार्तिक ६गते

तनावमा सोनु सुद, लाग्यो २० करोड कर छलेको आरोप

क्यानाडा नेपाल आश्विन ३ २०७८
  • 1.4K
    SHARES
  • images
    images
    तनावमा सोनु सुद, लाग्यो २० करोड कर छलेको आरोप

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् सोनु सुद । कोरोना प्रभावितलाई सहयोग गरेर पछिल्लो समय उनी रियल लाईफका हिरो नै बनेका छन् । दुख परेकाहरुकाहरुलाई सहयोग गरेर भगवान बनेर चौतर्फि चर्चा पाएका सोनु अहिले एक झमेलामा फसेका छन् । 

    images

    उनीमाथि २० करोड कर छली गरेको आरोप लागेको छ । उनको घरमा आयकर विभागले छापा मारेपछि सोनु र उनका सहयोगीविरुद्ध २० करोडभन्दा बढी ट्याक्स छली गरेको आरोप लागेको हो । 

    आयकर विभागले सोनुको घर र होटलसहित ६ स्थानमा छापा मारेको बताइएको छ । लगातार २० घन्टासम्म छापा मारेर आयकर विभागका कर्मचारीहरु सोनुका केही कागजपत्र लिएर गएका थिए । अहिले आईटी विभागले सोनुले कयौं फर्जी संस्था र अवैध लोनको रुपमा निकै पैसा जम्मा गरेको आरोप लगाएको छ । 

    सोनुको ‘सूद च्यारिटी फाउन्डेशन’ ले गएको अप्रिलदेखि अहिलेसम्म १८ करोड ८४ लाख दान पाएको छ । जसमध्ये १ करोड ९ लाख रुपैयाँ विभिन्न कार्यमा खर्च भएको र १७ करोड रुपैयाँ फाउन्डेशनको ‘नन प्रोफिट’ बैंक एकाउन्टमा रहेको बताइएको छ ।
     


    आश्विन ३, २०७८ आइतवार २१:४०:३८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # सोनु सुद

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    अनन्याको घरमा एनसीबीले मार्‍यो छापा, बयानका लागि बोलायो

  • 528
    SHARES
  • अनन्याको घरमा एनसीबीले मार्‍यो छापा, बयानका लागि बोलायो

    काठमाडौं - बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा एनसीबीले छापा मारेको छ । अनन्याको बान्द्रास्थित घरमा एनसीबीको टीमले बिहीबार मध्यान्ह छापा मारेको भारतिय मिडियामा जनाइएको छ । 

    images

    गत २ अक्टोबरमा क्रुज सिपमा  अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित ८ जनालाई एनसीबीले पक्राउ गरेको थियो । अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको छ । यसैबीच अनन्याको घरमा एनसीबीले छापा मारेको हो । 

    अनन्या शाहरुखकी छोरी सुहाना खानकी मिल्ने साथी पनि हुन् ।  उनलाई बयानका लागि समेत बोलाइएको छ । तर, उनको घरमा छापा मार्नुमा आर्यन केसको लिंक रहे नरहेको खुलेको छैन । 


    कार्तिक ४, २०७८ बिहिवार १३:५७:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनन्या पाण्डे

  • क्यानाडा नेपाल

    शाहरुख खानका छोरा आर्यनको सुनुवाइ २६ अक्टोबरमा हुने 

  • 372
    SHARES
  • शाहरुख खानका छोरा आर्यनको सुनुवाइ २६ अक्टोबरमा हुने 

    काठमाडौं - बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको सुनुवाइ बम्बे हाई कोर्टमा आउँदो २६ अक्टोबरमा हुने भएको छ ।

    images

    गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परेका आर्यन मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् । आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीबाट भेटिएकाले एकै मुद्दा बनाएर नार्कोटिक्स कन्ट्रोल ब्युरोले कारबाही गरिरहेको छ । 

    आर्यनको जमानत अपिल दुईपटक खारेज भइसकेको छ । त्यसकारण उनका वकिल सतिश मानेसिन्डेले हाई कोर्टमा जमानतका लागि अपिल गरेका छन् ।

    आर्यनको सुनुवाइ २६ अक्टोबरमा हुने भएपछि शाहरुख जेलमै भेट्न पुगेका थिए । कोरोना भाइरसका कारण बाहिरी मान्छेलाई जेलमा प्रतिबन्ध भए पनि परिवार भने जान पाउनेछन् । पछिल्लो समय आर्यन ड्रग्स केसमा मुछिएपछि शाहरुखले आफ्नो जन्मोत्सव नमनाउने भएका छन् । 

    उनको म्यानेजर पूजाको भनाइअनुसार शाहरुखले फ्यानलाई आफ्नो घर मन्नत अगाडि नउभिनसमेत आग्रह गर्नेछन् । साथै, हरेक वर्ष हुँदै आइरहेको दीपावलीको सेलिब्रेसन पनि यस वर्ष मन्नतमा नहुने भएको छ । शाहरुखले छोरा आर्यनलाई जमानत दिलाउन हरप्रयास गरिरहेका छन् । 


    कार्तिक ४, २०७८ बिहिवार १५:०७:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शाहरुख खान

  • क्यानाडा नेपाल

    छोरा आर्यनलाई भेट्न जेलमा पुगेका शाहरुखको आँखा रसाए

  • 292
    SHARES
  • छोरा आर्यनलाई भेट्न जेलमा पुगेका शाहरुखको आँखा रसाए

    काठमाडौं - बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई भेट गर्न जेल पुगेका छन् । लागूऔषध केसको कारण जेलमा रहेका छोरा आर्यनलाई भेट गर्न शाहरुख  मुम्बईस्थित आर्थर रोड जेलमा पुगेका हुन् । आर्यन गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परेका थिए । 

    images

    आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीबाट भेटिएकाले एकै मुद्दा बनाएर नार्कोटिक्स कन्ट्रोल ब्युरोले कारबाही गरिरहेको छ ।

    शाहरुख छोराको साहस बढाउन ज्लमा गएका हुन् । छोरा भेट्न गएका शाहरुखको मुहार चिन्तित देखिन्थ्यो । यसअघि शाहरुख र गौरी खानले भिडियो कन्फ्रेन्समार्फत छोरासंग कुरा गरेका थिए। 

    भारतिय मिडियाका अनुसार उनीहरुबीच १६ देखि १८ मिनेटसम्म कुराकानी भएको थियो । शाहरुखले छोरा आर्यनलाई जमानत दिलाउन हरप्रयास गरिरहेका छन् । 

    शाहरुख खानका छोरा आर्यनको सुनुवाइ २६ अक्टोबरमा हुने  शाहरुख खानका छोरा आर्यनको सुनुवाइ २६ अक्टोबरमा हुने 


    कार्तिक ४, २०७८ बिहिवार २१:३५:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शाहरुख खान

  • क्यानाडा नेपाल

    ‘केजिएफ २’ मा यशसँग नोरा फतेहीको आइटम, फिल्ममा यश झनै शक्तिशाली देखिने

  • 258
    SHARES
  • ‘केजिएफ २’ मा यशसँग नोरा फतेहीको आइटम, फिल्ममा यश झनै शक्तिशाली देखिने

    काठमाडौं - पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो ‘केजिएफ २’ । सार्वजनिक टिजरले बनाएको रेकर्डले पनि दर्शकमा फिल्मलाई लिएर रहेको उत्साह प्रस्टियो । यसैले गर्दा पनि यश फिल्मसँग जोडिएकाे खबरले मिडियामा राम्रो स्थान पाउने गरेका छन् ।

    images

    फिल्म सन् २०२२ अप्रिलमा रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ । दर्शकको अपेक्षाभन्दा धेरै पर रिलिज तोकिएको फिल्ममा नोरा फतेही पनि देखिने भएकी छिन् । फिल्ममा आइटम गीत राखिने छ, जहाँ दर्शकले यशसँग नोरालाई देख्न पाउनेछन् । बलिउडमा आइटम गर्ल भनेर चिनिएकी नोरासँग यशको डान्स हेर्न फ्यान उत्साहित छन् । यसको पहिलो सिरिजमा पनि मौनी रोय र तमन्ना भाटियाको आइटम डान्स दर्शकले हेर्न पाएका थिए ।

    सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलरदेखि नै चर्चामा रहेका यश रिलिजपछि फ्लोअर्स बढाउन सफल भए । फिल्ममार्फत उनको स्टारडम बढिरहँदा यसको सिक्वेललाई लिएर फ्यान प्रतीक्षित बनेका हुन् ।

    सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी, रविना टन्डन पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् सञ्जय दत्त पनि देखिनेछन् । उनले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्टझैँ पाँच भाषामा रिलिज हुनेछ ।न्युज कारखाना 


    कार्तिक ५, २०७८ शुक्रवार १४:०१:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केजिएफ २

  • क्यानाडा नेपाल

    'इन्शाल्लाह’ मा ऋतिक र आलियाको रोमान्स

  • 180
    SHARES
  • 'इन्शाल्लाह’ मा ऋतिक र आलियाको रोमान्स

    काठमाडौं - पछिल्लो समय निर्देशन सञ्जयलीला भन्साली एकपछि अर्को फिल्ममा व्यस्त भइरहेका छन् । उनले अहिले पिरियड ड्रामा जनरका फिल्म बनाइरहेका छन् । देवदास, हम दिल दे चुके सनम जस्ता लभस्टोरी फिल्म दर्शकसमक्ष ल्याइसकेका उनले अब लभस्टोरी फिल्म ल्याउने तयारीमा छन् । 

    images

    उनले केही समय अगाडि 'इन्शाल्लाह’ निर्देशनसँगै निर्माण गर्ने घोषणा गरेका थिए । घोषणा गरिएको स्टारकास्ट सलमान खानसँग कुरा नमिल्दा फिल्मको काम शुरु भएको छैन । सञ्जयले आलिया भट्टलाई लिएर 'गंगुवाई कठियावाडी' निर्देशन गरिसकेका छन् । 

    अब भने भन्सालीले फिल्म 'इन्शाल्लाह' को काम अगाडि बढाउने तयारी गरेका छन्। उनले फिल्मका लागि 'गुजारिस' मा सँगै काम गरेका अभिनेता ऋतिक रोशनसँग कुराकानी अगाडि बढाएका छन् ।

    पछिल्लो समय एक्सन र सोसल ड्रामा फिल्ममा देखा परिरहेका ऋतिक पनि लभस्टोरी फिल्म दर्शकसमक्ष ल्याउन चाहन्छन । दर्शकका लागि पनि ऋतिक र आलियाको जोडी फ्रेस हुनेछ ।  


    कार्तिक ५, २०७८ शुक्रवार २०:३६:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इन्शाल्लाह

  • क्यानाडा नेपाल

    फिल्म सुटिङको लागि मनाङमा अनुपम, परिणिती र बोमन

  • 212
    SHARES
  • फिल्म सुटिङको लागि मनाङमा अनुपम, परिणिती र बोमन

    +काठमाडौंँ - गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । 

    images

    लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्य छायांकन गरिरहेको छ । दुई दिनअगाडि नै प्राविधिक पुगेर छायांकनको लागि तयारी सकेपछि फिल्मका मुख्य कलाकारहरू अनुपम खेर, परिणिती चोपडा र बोमन इरानी पनि मनाङ पुगेका छन् । 

    आठ दिनको सेड्युल लिएर मनाङमा पुगेको युनिटले निर्धारित समयमा नै छायांकन सकाएर फर्किनेछ । दुई दिन छायांकन नहुने भएपछि फिल्मका मुख्य कालाकारहरू अनुपम, बोमन र परिणिती काठमाडौंँ फर्किएका थिए । उनीहरू शुक्रबार मनाङ पुगेका हुन् । 

    जहाँ उनीहरूलाई स्थानीय परम्पराअनुसार स्वागत गरिएको छ । अनुपम स्थानीय संस्कृतिसँग घुलमिल भइरहेको आभास उनको सामाजिक सञ्जालमार्फत सहजै लगाउन सकिन्छ । नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले मौसमले केही समस्या ननिम्त्याए निर्धारित समयमै छायांकन सकेर फिल्म युनिट काठमाडौं हुँदै भारत फर्किने बताए ।

    मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडालगायतको अभिनय रहेको छ । यद्यपि, सो फिल्म सुटिङका लागि अमिताभ बच्चन भने नेपाल आएका छैनन् । 

    चार जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ । 

    नेपालमा ३० दिनको छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । न्युज कारखाना 


    कार्तिक ६, २०७८ शनिवार ०८:०२:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनुपम खेर

  • क्यानाडा नेपाल