• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

संविधान जारी गर्दा भारतीय राजदुतको एक्सन इन्ट्री

क्यानाडा नेपाल आश्विन ३ २०७८
  • 1.1K
    SHARES
  • images
    images
    संविधान जारी गर्दा भारतीय राजदुतको एक्सन इन्ट्री

    काठमाडौं - ३ असोज २०७२ । दुई दिनअघिबाट नयाँ बानेश्वरस्थित संविधानसभा भवनलाई बेहुलीझैँ सिंगारिएको थियो । शीतलनिवासबाट संविधानसभा भवनसम्म राष्ट्रपति डा.रामवरण यादवको बग्गीसहित गरिने सवारीको रिहर्सलले अघिल्लो दिन नै राजधानीवासीमा संविधान जारीको रौनकमा उत्साह थपेको थियो । 

    images

    १२ वैशाख ०७२ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रेक्टरको शक्तिशाली भूकम्प गएपछि एकाएक प्रमुख राजनीतिक दलहरू संविधानसभाबाट संविधान जारी गर्न राजी भए । जसअनुसार ३ असोज ०७२ मा संविधानसभाबाट संविधान जारी गर्ने तयारी गरियो । 

    संविधान निर्माणका क्रममा उठेको विवाद समाधान गर्दै, पारित गर्न बनाइएका केही नियम निलम्बन गर्दै ३० भदौ ०७२ मा संविधानसभाले संविधानका सबै धारा एकमुष्ट ९१ प्रतिशत बहुमतका साथ पारित ग-यो । संविधासभाले पारित गरेको संविधान ३ असोज ०७२ मा संविधानसभा बैठकमार्फत राष्ट्रपति यादवले घोषणा गर्ने कार्यक्रम तय गरियो । 

    संविधानसभा घोषणा कार्यक्रमका लागि संविधानसभा भवनसहित काठमाडौं मुख्य चोकहरू सिंगारिएको थियो । संविधानसभा भवनको चारैतिर रंगीचंगी बत्ती जडान गरिएको थियो भने भवनको पूर्व, दक्षिण र पश्चिम दिशातर्फ फूल र घडाहरू राखेर आकर्षक बनाइएको थियो । 

    देश–विदेशबाट चासोका साथ हेरिएको संविधान घोषणा कार्यक्रम भने कांग्रेसका प्रदीप गिरि, माओवादीका प्रभु साह र मधेसवादी दलका सभासद्हरूले बहिस्कार गरेकाले खल्लो महसुस गराएको थियो । संविधानको विपक्षमा राप्रपा नेपालका २५ सभासद्ले हस्ताक्षर गरेका थिए । देशभित्रबाटै जारी हुन लागेको संविधानलाई लिएर असन्तुष्टि सार्वजनिक हुने क्रम बढेको थियो । 

    संविधान जारी गर्नबाट रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयशंकरले भरपूर प्रयास गरेका थिए । उनी आउनुअघि नै नेपालका लागि भारतीय राजदूत रञ्जित रायले दलहरूमा दबाब सृजना गरेका थिए । तर, उनको प्रयास निरर्थक भएपछि जयशंकर काठमाडौं आएका थिए । उनको पनि केही सीप लागेन । 
    यस अवस्थामा जारी हुन लागेको संविधान घोषणा कार्यक्रमप्रति नेपालीको मात्रै होइन, अन्तर्राष्ट्रिय जगतको पनि ध्यान खिचेको थियो । 

    ३ असोज ०७२ मा बिहानैदेखि संविधानसभा भवनमा चहलपहल थियो । मध्यान्हसम्ममा संविधानसभा भवन परिसरमा मानिस र सवारीसाधनको चाप थियो । भवन बाहिर हजारौँ नागरिक जम्मा भइसकेका थिए । दिउँसोबाट संविधान घोषणा कार्यक्रममा सहभागी हुन काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू आउनेक्रम सुरू भयो । उनीहरूलाई बैठक कक्षको बाल्कोनीमा बस्ने व्यवस्था मिलाइएको थियो । 

    मर्यादापालकहरू आएका कूटनीतिक नियोगका प्रतिनिधिलाई भवन प्रवेशको मुख्य द्वारसँगै रहेको पश्चिमतिरको प्रवेश द्वारबाट स्वागत गर्दै प्रवेश गराइरहेका थिए । अधिकांश कूटनीतिक नियोगका प्रतिनिधि आइसकेका थिए । तर, चासो थियो– भारतीय राजदूतको । संविधान घोषणा कार्यक्रममा सहभागी हुन आएका कूटनीतिक नियोगका प्रतिनिधिहरू सामान्य शैलीमा उपस्थित भएका थिए । अधिकांश कूटनीतिज्ञ एउटै गाडीमा आएका थिए । 

    दिन ढल्किँदै गर्दा आकाशमा लागेको बादलले रात पर्न लागेको भान पारिरहेको थियो । साँझ ५ बजे संविधान जारी भएको घोषणा गर्ने भनिए पनि विभिन्न कारणले ढिलाइ भइरहेको थियो । यसै कारणले होला भारतीय राजदूत राय पनि अरू कूटनीतिज्ञको तुलनामा ढिलै आए । तर, उनको आगमन साउथ इन्डियन फिल्मको हिरोको प्रवेश बिर्साउने खालको थियो । उनी सवार गाडीसँगै अरु दुई–तीनवटा गाडी आएका थिए । राजदूत सवार गाडी रोकिनेवित्तिकै पछाडि रहेका गाडीमा सवार कालोकोट पाइन्ट, चस्मा लगाएका अंगरक्षक उत्रिँदै दौडिएर अगाडि आए । राजदूतलाई घेरा हालेर सुरक्षा दिए । चारैतिर आफ्नै सुरक्षाकर्मीले सुरक्षा दिए पनि राजदूत रायको अनुहार भने मलिन थियो । कारण, उनैले जानून् । तर, उनलाई अंगरक्षकले अघि बढाउन खोज्दा संविधानसभाका मर्यादापालक आएर स्वागत गरे । राजदूत मुसुक्क हाँसे । 

    अरु कूटनीतिज्ञलाई झैँ मर्यादापालक अलि झुकेर उनलाई संविधासभा भवनभित्र प्रवेश गराउन अघि बढाए, सँगैसँगै चार–पाँचजना राजदूतको सुरक्षामा खटिएका सादा पोसाकका सुरक्षाकर्मी पनि अघि बढे । उनीहरूलाई भवनभित्र प्रवेशको अनुमति नरहेको मर्यादापालकले बताए । तर, उनीहरू राजदूतसँगै भित्र जान खोजिरहेका थिए । केहीबेर मर्यादापालकसँग कुराकानीपछि उनीहरू फर्किए र संविधानसभा भवन बाहिरको प्रांगणमा बसे । 

    साँझ ५ बजेर ५० मिनेटमा राष्ट्रपति यादवको सवारी भयो । उनको प्रवेशसँगै बैठक कक्ष र बाहिर निकै चहलपहल भयो । बैठक कक्षको दृश्य प्रोजेक्टरमार्फत बाहिर बसेकालाई हेर्ने व्यवस्था मिलाइएको थियो । राष्ट्रपति यादवले करिब ५ बजेर ५६ मिनेटमा संविधानको प्रतिलाई ढोगेर संविधानसभाबाट निर्मित संविधान लागू भएको घोषणा गरे । त्यसपछि राष्ट्रपति र सभाध्यक्ष सुवास नेम्वाङको सम्बोधनपछि घोषणा कार्यक्रम समापनमात्रै भएन, संविधासभा पनि स्वतः विघटन भयो । 

    संविधान जारी भएको घोषणाको दिन तराई मधेसमा ‘ब्ल्याक आउट’ गरिएको थियो भने बाँकी स्थानमा दीपावली गरेर स्वागत गरिएको थियो । सोही दिनबाट देखिएको असन्तुष्टिको ग्राफ सातौँ वर्षमा प्रवेश गर्दा पनि ओरालो लागेको छैन ।
     


    आश्विन ३, २०७८ आइतवार २०:०८:५६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # संविधान दिवस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, विजयी कसले कति पाए ? (सूचीसहित)

  • 158
    SHARES
  • राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, विजयी कसले कति पाए ? (सूचीसहित)

    काठमाडौं - निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ को अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  १९ रिक्त पदमा बुधबार सम्पन्न निर्वाचनमा ४३ जना चुनावी मैदानमा रहेको आयोगले जनाएको छ । 

    images

    आजको निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार र १ मा एमाले उम्मेदवार विजयी भए । कसले कति मतभार पाए ? हेर्नुस् निर्वाचन आयोगको सूची

    rr.jpg


    माघ १२, २०७८ बुधवार २१:२५:५४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    राष्ट्रिय सभा निर्वाचनमा एक सिट मात्र जितेपछि आक्रोश पोखे शंकर पोखरेलले

  • 204
    SHARES
  • राष्ट्रिय सभा निर्वाचनमा एक सिट मात्र जितेपछि आक्रोश पोखे शंकर पोखरेलले

    काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पोखरेलले बुधबार राष्ट्रिय सभा निर्वाचन सम्पन्नपछि सो कुरा गरेका हुन् । 

    images

    बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

    सो नतिजापछि नेता पोखरेलले सामाजिक सञ्जालमार्फत आक्रोस पोखेका हुन् । उनले यस चुनावमार्फत प्रचण्ड र माधव नेपालले आफ्नो दलीय हैसियतभन्दा अतिरिक्त लाभ हासिल गरेको बताएका छन् । 

    उनले भने "किनकी वहुमतको वामपंथी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् । तर पनि यस निर्वाचनमा पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् ।"

    उनले अवहुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने पनि बताएका छन् । 

    उनले लेखेका छन् - "नेकपा(एमाले)का अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढि मत प्राप्त गर्न सफल भएका छन् । स्थानिय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा(एमाले)का उम्मेद्वारलाई प्राप्त भएको छ ।यसवाट स्थानिय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।गठवन्धनका अन्य उम्मेद्वारको तुलनामा नेपाली कांग्रेसका उम्मेद्वारले सबै प्रदेशमा कम भोट पाएका छन् ।"

    "पाँच दलिय गठवन्धनको मोर्चावन्दीका बीचवाट प्रदेश १मा नेकपा(एमाले)का एकजना उमेद्वारले विजय हासिल गरेका छन् । एकजना वरावरी मत आएर गोलावाट पराजित भएका छन् । यस निर्वाचन पछि पनि राष्ट्रिय सभामा नेकपा(एमाले) पहिलो दलको हैसियतमा कायम छ ।"

    "अवहुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा(एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको छ ।परिणाम प्रतिकुलहुने निश्चित जस्तै रहेको अवस्थामा पनि उत्साहपूर्वक नेकपा(एमाले)का उम्मेद्वारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद ।"

      


    माघ १३, २०७८ बिहिवार १०:०८:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल

  • क्यानाडा नेपाल

    गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो - एमाले उपमहासचिव

  • 144
    SHARES
  • गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो - एमाले उपमहासचिव

    काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् ।

    images

    बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेकाे थियाे ।  रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, 'अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम 'उत्सव' सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।'

    उनले अहिलेकाे राष्ट्रियसभा निर्वाचन पुरानाे जनमत रहेकाे उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै 'रियल' हुने बताएका छन् ।

    'अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगाे गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन्,' उनले भनेका छन् ।


    माघ १३, २०७८ बिहिवार १०:२२:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विष्णु रिमाल

  • क्यानाडा नेपाल

    महासचिव पदका दाबेदारबीचको भेटवार्ता, प्रचण्डले कसलाई रोज्लान् ?

  • 156
    SHARES
  • महासचिव पदका दाबेदारबीचको भेटवार्ता, प्रचण्डले कसलाई रोज्लान् ?

    काठमाडौं - नेकपा माओवादी केन्द्रले अब छिट्टै पदाधिकारी चयन गर्ने तयारी गरेको छ । पदाधिकारी चयनको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ २७ गते पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्।

    images

    गएको पार्टिको महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्य चयन गरिसकेको माओवादीले पदाधिकारी चयनको लागि नेता बर्षमान पुनलाई कुरेको थियो । महासचिवका दाबेदार समेत रहेका पुन स्वदेश फर्किएपछि माओवादीले पदाधिकारी चयन प्रक्रियाबारे छलफल गर्न बैठक बोलाएको छ । 

    यसैबीच बुधबार साझँ महासचिव पदका दाबेदार पुनलाई भेट गर्न देव गुरुङ र जनार्दन शर्मा पुगेका छन् । रुङ र शर्मा पनि महासचिव पदका दाबेदार हुन् । बुधबार साझँ नेता पुनलाई गुरुङ र  शर्माले खुमलटारमा छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । पुनको स्वास्थ्य स्थिति बुझ्न पहिले नेता गुरुङ पुगेका थिए । 

    barsaman janardan.jpg

    केहीबेर छलफलपछि नेता गुरुङ बाहिरिए । त्यसपछि पुनलाई भेट्न जनार्दन पनि पुगे । उनीहरुबीच पदाधिकारी चयनको बिषयमा छलफल भएको बताइएको छ । यी तीनै नेताले अध्यक्ष प्रचण्डलाई महासचिव बनाउन जोड गरिरहेका छन् । 

    आफ्नो स्वास्थ्य उपचारपछि चीन फर्किए लगत्तै नेता पुन प्रचण्डलाई भेट्न उनकै निवास पुगेका थिए । पुन र शर्माले आफूलाई सहमतिमै महासचिव बनाउनुपर्ने बताउदै आएका छन् । यसो नभए प्रतिस्पर्धा गर्ने पक्षमा यी दुई छन् ।

    bar.jpg

    माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, एक जना महासचिव, २ जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ । माओवादीले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्यहरु भने चयन गरिसकेको छ । महाधिवेशनमा प्रचण्डले २३६ जना केन्द्रीय सदस्यहरुको नाम पढेर सुनाएका थिए र बन्दसत्रबाट पारित पनि गरिएका थियो । 


    माघ १३, २०७८ बिहिवार १२:२१:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र

  • क्यानाडा नेपाल

    एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश  

  • 116
    SHARES
  • एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश  

    ललितपुर - एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

    images

    सिलवालले एमाले ललितपुरको आठौं अधिवेशनमा अध्यक्षमा दाबी गरेको थिए । उनी हाल बागमती प्रदेश कमिटी सदस्य छन् । सिलवाल ३ जेठ ०७७ मा जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए ।

    उनी साविककाे गोदावरी गाविसका दुई कार्यकाल अध्यक्षसमेत भएका थिए । ०७३ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवार भएका सिलवाल नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।


    माघ १३, २०७८ बिहिवार १२:४४:१२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कांग्रेस कार्यालयमा मुख्य सचिव रिक्त

    कांग्रेस कार्यालयमा मुख्य सचिव रिक्त

    काठमाडौं - नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो । 

    images

    बुधबार भएको राष्ट्रिय सभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै कांग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो । 

    यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई मनोनीतबाट राष्ट्रिय सभामा ल्याउन चाहेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र गोपाल बस्नेतको नाम अस्वीकृत गरेकी थिइन् । बस्नेत पनि प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । 
     


    माघ १३, २०७८ बिहिवार १३:३०:०० बजे : प्रकाशित


    क्यानाडा नेपाल