• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

संविधान दिवसको शुभकामना दिँदै प्रधानमन्त्री देउवाले भने - 'संविधानले सबैको अधिकार सुनिश्चित गरेको छ'

क्यानाडा नेपाल आश्विन ३ २०७८
  • 730
    SHARES
  • images
    images
    संविधान दिवसको शुभकामना दिँदै प्रधानमन्त्री देउवाले भने - 'संविधानले सबैको अधिकार सुनिश्चित गरेको छ'

    काठमाडौँ - सातौं संविधान दिवस आज । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संविधान दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गरेका छन् ।  प्रधानमन्त्री देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । 

    images

    उनले शुभकामना सन्देशमा अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री देउवाले प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका दिदीबहिनी तथा दाजुभाईलगायत सबैमा श्रद्धासुमन व्यक्त गरेका छन् । 

    नेपाली कांगे्रसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट विसं २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । 

    उनले लेखेका छन् - 'कांग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै छ । यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ ।'

     


    आश्विन ३, २०७८ आइतवार ०७:४२:४१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # संविधान दिवस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, विजयी कसले कति पाए ? (सूचीसहित)

  • 158
    SHARES
  • राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, विजयी कसले कति पाए ? (सूचीसहित)

    काठमाडौं - निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ को अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  १९ रिक्त पदमा बुधबार सम्पन्न निर्वाचनमा ४३ जना चुनावी मैदानमा रहेको आयोगले जनाएको छ । 

    images

    आजको निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार र १ मा एमाले उम्मेदवार विजयी भए । कसले कति मतभार पाए ? हेर्नुस् निर्वाचन आयोगको सूची

    rr.jpg


    माघ १२, २०७८ बुधवार २१:२५:५४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    राष्ट्रिय सभा निर्वाचनमा एक सिट मात्र जितेपछि आक्रोश पोखे शंकर पोखरेलले

  • 204
    SHARES
  • राष्ट्रिय सभा निर्वाचनमा एक सिट मात्र जितेपछि आक्रोश पोखे शंकर पोखरेलले

    काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पोखरेलले बुधबार राष्ट्रिय सभा निर्वाचन सम्पन्नपछि सो कुरा गरेका हुन् । 

    images

    बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

    सो नतिजापछि नेता पोखरेलले सामाजिक सञ्जालमार्फत आक्रोस पोखेका हुन् । उनले यस चुनावमार्फत प्रचण्ड र माधव नेपालले आफ्नो दलीय हैसियतभन्दा अतिरिक्त लाभ हासिल गरेको बताएका छन् । 

    उनले भने "किनकी वहुमतको वामपंथी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् । तर पनि यस निर्वाचनमा पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् ।"

    उनले अवहुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने पनि बताएका छन् । 

    उनले लेखेका छन् - "नेकपा(एमाले)का अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढि मत प्राप्त गर्न सफल भएका छन् । स्थानिय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा(एमाले)का उम्मेद्वारलाई प्राप्त भएको छ ।यसवाट स्थानिय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।गठवन्धनका अन्य उम्मेद्वारको तुलनामा नेपाली कांग्रेसका उम्मेद्वारले सबै प्रदेशमा कम भोट पाएका छन् ।"

    "पाँच दलिय गठवन्धनको मोर्चावन्दीका बीचवाट प्रदेश १मा नेकपा(एमाले)का एकजना उमेद्वारले विजय हासिल गरेका छन् । एकजना वरावरी मत आएर गोलावाट पराजित भएका छन् । यस निर्वाचन पछि पनि राष्ट्रिय सभामा नेकपा(एमाले) पहिलो दलको हैसियतमा कायम छ ।"

    "अवहुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा(एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको छ ।परिणाम प्रतिकुलहुने निश्चित जस्तै रहेको अवस्थामा पनि उत्साहपूर्वक नेकपा(एमाले)का उम्मेद्वारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद ।"

      


    माघ १३, २०७८ बिहिवार १०:०८:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल

  • क्यानाडा नेपाल

    गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो - एमाले उपमहासचिव

  • 144
    SHARES
  • गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो - एमाले उपमहासचिव

    काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् ।

    images

    बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेकाे थियाे ।  रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, 'अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम 'उत्सव' सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।'

    उनले अहिलेकाे राष्ट्रियसभा निर्वाचन पुरानाे जनमत रहेकाे उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै 'रियल' हुने बताएका छन् ।

    'अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगाे गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन्,' उनले भनेका छन् ।


    माघ १३, २०७८ बिहिवार १०:२२:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विष्णु रिमाल

  • क्यानाडा नेपाल

    महासचिव पदका दाबेदारबीचको भेटवार्ता, प्रचण्डले कसलाई रोज्लान् ?

  • 156
    SHARES
  • महासचिव पदका दाबेदारबीचको भेटवार्ता, प्रचण्डले कसलाई रोज्लान् ?

    काठमाडौं - नेकपा माओवादी केन्द्रले अब छिट्टै पदाधिकारी चयन गर्ने तयारी गरेको छ । पदाधिकारी चयनको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ २७ गते पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्।

    images

    गएको पार्टिको महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्य चयन गरिसकेको माओवादीले पदाधिकारी चयनको लागि नेता बर्षमान पुनलाई कुरेको थियो । महासचिवका दाबेदार समेत रहेका पुन स्वदेश फर्किएपछि माओवादीले पदाधिकारी चयन प्रक्रियाबारे छलफल गर्न बैठक बोलाएको छ । 

    यसैबीच बुधबार साझँ महासचिव पदका दाबेदार पुनलाई भेट गर्न देव गुरुङ र जनार्दन शर्मा पुगेका छन् । रुङ र शर्मा पनि महासचिव पदका दाबेदार हुन् । बुधबार साझँ नेता पुनलाई गुरुङ र  शर्माले खुमलटारमा छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । पुनको स्वास्थ्य स्थिति बुझ्न पहिले नेता गुरुङ पुगेका थिए । 

    barsaman janardan.jpg

    केहीबेर छलफलपछि नेता गुरुङ बाहिरिए । त्यसपछि पुनलाई भेट्न जनार्दन पनि पुगे । उनीहरुबीच पदाधिकारी चयनको बिषयमा छलफल भएको बताइएको छ । यी तीनै नेताले अध्यक्ष प्रचण्डलाई महासचिव बनाउन जोड गरिरहेका छन् । 

    आफ्नो स्वास्थ्य उपचारपछि चीन फर्किए लगत्तै नेता पुन प्रचण्डलाई भेट्न उनकै निवास पुगेका थिए । पुन र शर्माले आफूलाई सहमतिमै महासचिव बनाउनुपर्ने बताउदै आएका छन् । यसो नभए प्रतिस्पर्धा गर्ने पक्षमा यी दुई छन् ।

    bar.jpg

    माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, एक जना महासचिव, २ जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ । माओवादीले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्यहरु भने चयन गरिसकेको छ । महाधिवेशनमा प्रचण्डले २३६ जना केन्द्रीय सदस्यहरुको नाम पढेर सुनाएका थिए र बन्दसत्रबाट पारित पनि गरिएका थियो । 


    माघ १३, २०७८ बिहिवार १२:२१:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र

  • क्यानाडा नेपाल

    एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश  

  • 116
    SHARES
  • एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश  

    ललितपुर - एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

    images

    सिलवालले एमाले ललितपुरको आठौं अधिवेशनमा अध्यक्षमा दाबी गरेको थिए । उनी हाल बागमती प्रदेश कमिटी सदस्य छन् । सिलवाल ३ जेठ ०७७ मा जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए ।

    उनी साविककाे गोदावरी गाविसका दुई कार्यकाल अध्यक्षसमेत भएका थिए । ०७३ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवार भएका सिलवाल नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।


    माघ १३, २०७८ बिहिवार १२:४४:१२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कांग्रेस कार्यालयमा मुख्य सचिव रिक्त

    कांग्रेस कार्यालयमा मुख्य सचिव रिक्त

    काठमाडौं - नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो । 

    images

    बुधबार भएको राष्ट्रिय सभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै कांग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो । 

    यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई मनोनीतबाट राष्ट्रिय सभामा ल्याउन चाहेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र गोपाल बस्नेतको नाम अस्वीकृत गरेकी थिइन् । बस्नेत पनि प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । 
     


    माघ १३, २०७८ बिहिवार १३:३०:०० बजे : प्रकाशित


    क्यानाडा नेपाल