• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

१४ वर्षीया किशोरीमाथि सामूहिक बलाकार, एक जना पक्राउ

क्यानाडा नेपाल आश्विन १ २०७८
  • 650
    SHARES
  • images
    images
    १४ वर्षीया किशोरीमाथि सामूहिक बलाकार, एक जना पक्राउ

    दाङ - दाङमा १४ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेका छन् ।

    images

    सुनार र तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय उमेश विकले ती किशोरीलाई सोही ठाउँको एक कटेजको कोठामा लगी सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो । पक्राउ परेका सुनारमाथि जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । फरार रहेका उमेशको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।न्युज कारखाना


    आश्विन १, २०७८ शुक्रवार २१:०७:५७ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने

  • 470
    SHARES
  • देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने

    काठमाडौं । सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

    images

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     
    यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

    प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     


    कार्तिक ८, २०७८ सोमवार ०७:१५:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    ‘उत्कृष्ट पुरस्कार' काे भाेलिपल्टै डीएसपीको सरुवा, गृहमन्त्रीकाे ठाडो निर्देशन

  • 256
    SHARES
  • ‘उत्कृष्ट पुरस्कार' काे भाेलिपल्टै डीएसपीको सरुवा, गृहमन्त्रीकाे ठाडो निर्देशन

    बुटवल - गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरकाे  सरुवा भएकाे छ ।

    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार मात्र कुँवरसहित तीन प्रहरी अधिकृतलाई असोज महिनाका  ‘इन्टिग्रेटी इन्चार्ज  अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको थियो ।

    तर, कुँवरले प्रमाणपत्र बुझेकाे २४ घन्टा नबित्दै सरुवा परेका हुन् । उनी ४ महिनाअघि मात्रै इलाका प्रहरी कार्यालय बुटवलमा आएका थिए । 

    डिएसपी कुँवरले गृहमन्त्री बालकृष्ण खाँणका भाइ रूपन्देहीका कांग्रेस नेता रामकृष्ण खाँणलाई रिझाउन नसक्दा सरुवा भएको एक प्रहरी अधिकृतको दाबी छ ।

    वरलाई हटाएर गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँका डीएसपी ठगबहादुर केसीलाई बुटवल ल्याइएको छ । प्रहरी स्राेतका अनुसार केसी गृहमन्त्री खाँण निकट हुन् । रुपन्देही खाँणको गृहजिल्ला हाे ।

    मोतिपुर घटनामा चार जनाको मृत्यु र तिलोत्तमामा खाँणकै छिमेकी सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव उठेन । यी प्रकरणमा भएक आन्दाेलनमा गृहमन्त्रीकाे आलाेचना भएपछि कांग्रेस नेताहरु कुँवरसँग रुष्ट बनेका थिए । मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू पक्राउ परेपछि कांग्रेस कार्यकर्ताले गृहमन्त्रीसँग गुनासो गरेका थिए ।

    महानगरीय प्रहरी वृत्त दरवारमार्गका डीएसपी रामेश्वर पौडेललाई हटाएर विश्वराज खड्कालाई जिम्मेवारी दिइएकाे छ ।  पौडेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरिएको छ ।न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार ०९:२८:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डीएसपी

  • क्यानाडा नेपाल

    पाँचथरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६२ जना घाइते

  • 516
    SHARES
  • पाँचथरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६२ जना घाइते

    काठमाडौं - पाँचथरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोमबार फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा परी घाइते भएका एक बालक र एक महिलाको मृत्यु भएको हो । 

    images

    फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर ९सरखण्ड०मा दिउँसो दुर्घटना भएको हो । उक्त दुर्घटनामा अन्य ६२ जना घाइते छन् । 

    घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा रिफर गरिएको प्रहरीले जनाएको छ । । जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत १० जनालाई थप उपचारका लागि रिफर गर्ने तयारी गरिएको जनाइएको छ । 


    कार्तिक ८, २०७८ सोमवार १४:२३:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना

  • क्यानाडा नेपाल

    पाँचथर बस दुर्घटनामा घाइते भएका १६ जनाको हेलिकोप्टरमार्फत उद्धार

  • 130
    SHARES
  • पाँचथर बस दुर्घटनामा घाइते भएका १६ जनाको हेलिकोप्टरमार्फत उद्धार

    पाँचथर - आज यहाँ भएको बस दुर्घटनाका १६ जना घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । एम्बुलेन्स नपाएका तथा गम्भीर घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टर आज साँझ उद्धार गरेको हो । उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

    images

    नेपाली सेनाको एम- १७ हेलिकोप्टरले १६ जना बिरामी र तिनका तीन जना कुरुवासमेतलाई फिदिमबाट धरान पुर्‍याएको हो । बिरामीहरूको रेफरका लागि साँझसम्म पर्याप्त एम्बुलेन्स नभएको तथा घाइतेहरूको स्वास्थ्य अवस्था झनै जटिल हुने भएपछि नेपाली सेनाको हेलिकोप्टरले उनीहरूलाई उद्धार गरेको हो ।

    आज बिहान ११ बजे भएको दुर्घटनामा घाइते भएका २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । अहिले फिदिमस्थित समर्पित अस्पतालमा नौ जना र पाथीभरा अस्पतालमा आठ जना घाइतेहरूको उपचार भइरहेको छ ।

    उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा लेटाङ नगरपालिका- ६ मोरङका सात वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान र उनकै सात महिने छोरा निश्चल देवानको मृत्यु भएको हो । एक जना मृतक महिलाको पहिचान हुन सकेको छैन । 

    फिदिम नगरपालिका- ४ शिवादोभानबाट झापाका लागि हिँडेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका- ४ सरखण्डेमा आज बिहान ११ बजे दुर्घटना भएको थियो । अर्को सवारीलाई उछिन्ने क्रममा सडक छेउमा रहेको माटोबाट अगाडि बढ्ने क्रममा माटो भत्किई बस सडकबाट करिब २० मिटर तल झरेको थियो ।

    दुर्घटनाका मृतक तथा घाइते कुम्मायक गाउँपालिकाको यासोक बजारबाट ट्याक्सीमा निवु खोलासम्म आएका थिए । बाढीका कारण निवु खोलामा रहेको पुल भत्केकाले पैदल यात्रा गरी पुल तरेर उनीहरू बसमा चढेका थिए । तर, बस केही किलोमिटर पार नगर्दै दुर्घटना भएको थियो ।

    यसअघि तीन दिनसम्म भएको वर्षाका कारण मेची राजमार्गसहितका सडकहरु अवरुद्ध भएका थिए । दसैँ मनाउन गाउँ तथा आफन्तकहाँ आएकाहरू सडक सहज भएपछि आज उक्त बसमार्फत गन्तव्यतर्फ जाँदै थिए ।न्युज कारखाना

     


    कार्तिक ८, २०७८ सोमवार १९:३५:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना

  • क्यानाडा नेपाल

    हिमानी शाह निहुरिएर पूर्व राजा ज्ञानेन्द्र शाहको कुरा सुन्दै गरेको तस्विर भाईरल बन्दै

  • 168
    SHARES
  • हिमानी शाह निहुरिएर पूर्व राजा ज्ञानेन्द्र शाहको कुरा सुन्दै गरेको तस्विर भाईरल बन्दै

    काठमाडौं । हिमानी शाहको सामाजिक संस्था 'हिमानी ट्रष्ट' द्वारा आयोजीत दशैं तिहारको शुभ कामना आदान प्रदान गर्ने कार्यक्रममा खिचेको एक तस्विर अहिले सामाजिक संजालमा भाईरल बनेको छ ।

    images

    अहिले सामाजिक संजालमा भाईरल बनेको तस्विरमा हिमानी शाहले पूर्व राजा ज्ञानेन्द्र शाहसंग निहुरिएर भुईंमा बसेर कुरा सुनिरहेको देखिन्छ । हिमानी शाहले ज्ञानेन्द्र शाह प्रति व्यक्त गरेको सम्मानलाई अहिले चौतर्फी चर्चाको विषय बनेको छ ।

    यो तस्विरसंगै अर्को तस्विरमा मंचमा रहेको सोफा खाली राखेर ज्ञानेन्द्र शाह अन्य परिवारसंगै बसेको तस्विरले पनि सम्मान स्वरुप भाईरल बनिरहेको छ । ज्ञानेन्द्र शाहले मुख्य अतिथिको लागि राखिएको सोफामा नबसेर आफ्नो परिवारहरु संगै बसेर कुराकानी गरेको तस्विरले समेत राम्रो चर्चा बटुलिरहेको छ ।

    g1.jpg

    हिमानी ट्रष्टले नेपाली सांगीतिक छेत्रमा गायक गायिका र संगीतकारतथा केही कलाकारहरुलाई निमन्त्रणा गरिएको कार्यक्रमका तस्विरहरु अहिले सामाजिक संजालमा राम्रो चर्चा बटुलिरहेको छ । हिमानी ट्रष्टको कार्यक्रममा पारस शाह समेत सहभागी थिए । 

    हिमानी शाह र पारस शाह भने संगै देखिएका थिएनन् तर पारस शाह खुलेर हिमानी शाहको कार्यक्रममा सहभागी भएका थिए ।


    कार्तिक ८, २०७८ सोमवार २०:१७:०२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    प्रहरी र सशस्त्र प्रहरीको रासनको दर बढ्यो

  • 120
    SHARES
  • प्रहरी र सशस्त्र प्रहरीको रासनको दर बढ्यो

    काठमाडौं - सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दर रेट बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दर रेट १५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

    images

    यस्तै उक्त बैठकले नेपाल वायुसेवा निगमको  कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।


    कार्तिक ८, २०७८ सोमवार २०:२५:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सशस्त्र प्रहरी

  • क्यानाडा नेपाल