• Oct 21 2021 | २०७८, कार्तिक ४गते

२०७८, कार्तिक ४गते

फिजिक्स शिक्षकको प्रेममा पागल थिइन् ऐश्वर्या 

क्यानाडा नेपाल आश्विन १ २०७८
  • 1.3K
    SHARES
  • images
    images
    फिजिक्स शिक्षकको प्रेममा पागल थिइन् ऐश्वर्या 

    काठमाडौं - भारतकी चर्चित अभिनेत्री, मोडल तथा पूर्व विश्व सुन्दरी हुन् ऐश्वर्या राय बच्चन। अभिनय जीवनमा प्रवेश गर्नु पूर्व सन् १९९४ मा विश्व सुन्दरीको ताज जितेकी उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् ।  

    images

    फिल्म क्षेत्रमा रहदा उनको नाम धेरै अभिनेताहरुसँग पनि जोडियो । उनको सुन्दरतामा धेरै अभिनेता फिदा पनि भए । भनिन्छ, कलेज पढ्दादेखि नै उनलाई धेरै केटाहरुले मनपराउने गर्थे । एउटा रोचक कुरा, कलेज पढ्दा उनी एक शिक्षकको प्रेममा पनि परेकी थिइन् । 

    आफूलाई पढाउने शिक्षकको प्रेममा रहदा उनको कलेजभर चर्चा हुने गर्थ्यो । ऐश्वर्याको पछाडी लाग्ने धेरै केटाहरु थिए । तर ऐश्वर्या भने आफूलाई पढाउने फिजिक्स शिक्षकको प्रेममा पागल थिइन् । 

    उनी शिक्षकलाई आफुतर्फ ध्यानमा राख्न अगाडि बेन्चमा बस्थिन् । त्यसपछि फिल्म क्षेत्रमा लाग्दा उनी धेरै अभिनेताको प्रेममा रहेको चर्चा भइरहन्थ्यो । पछि उनले अमिताभ बच्चनका छोरा तथा अभिनेता अभिषेक बच्चनसँग विवाह गरिन् । 

    अहिले उनीहरुको एक छोरी पनि छिन् । विवाहपछि ऐश्वर्या खासै फिल्ममा देखिएकी छैनिन् । अब भने उनी आफ्नै निर्देशनमा फिल्म बनाउने तयारीमा छिन् । निर्देशनमा आफ्नो रुची रहेकाले चाँडै नै यो काम गर्न लागेको उनले बताएकी छिन् ।


    आश्विन १, २०७८ शुक्रवार २०:४२:३९ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # ऐश्वर्या राय बच्चन

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    जब अक्षयकुमार बिना सुरक्षा बाइक हुँदै हेलिकप्टरमा झुण्डिए ...

  • 878
    SHARES
  • जब अक्षयकुमार बिना सुरक्षा बाइक हुँदै हेलिकप्टरमा झुण्डिए ...

    काठमाडौं - हलिउड झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारी साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनले ‘सिंघम’ बाट निर्माण गर्ने यो युनिभर्समा सिम्बा हुँदै सूर्यवंशीमा पनि इन्ट्री गरिसकेका छन् । 

    images

    भारतीय प्रहरीको बहादुरीको कथालाई पर्दामा देखाउने निर्देशक रोहितले आफ्नो आगामी फिल्म ‘सूर्यवंशी’ मा पछिल्लो समय सोसल ड्रामामा देखिदै आएका अक्षयलाई एक पटक पुनः एक्सन अवतारमा प्रस्तुत गरेका छन् ।

    यसै फिल्मसँग जोडिएको आफ्नो भावना अक्षयले साटेका छन् । एक पत्रकारको जिज्ञासामा अक्षयले पछिल्लो समय प्रविधिले कामलाई सहज बनाएको बताए । 

    थाइल्याण्डमा खिचिएको एक दृश्यमा अक्षय बाइक हुँदै हेलिकप्टरमा चढ्छन । यो दृश्यमा जोखिम हुँदा हुँदै पनि अक्षयले सामना गरे । ‘सबसे बडा खिलाडीमै यस्ता दृश्य गरेको थियो तर त्यसबेला सुरक्षाका उपाए कम थिए भने प्राविधिक रुपमा पनि हामी सबै थिएनौ’ अक्षयले भन्छन् ‘यतिबेला प्रविधिले सहज बनाएको छ हामीलाई त्यसैले हावाको बहावलाई कम गर्दा जाँदै सात क्यामेराले खिच्दा त्यो दृश्य छिटै सकिनुका साथै सहज पनि भयो ।’

    यस्तै, रोहितले सो दृश्यमा आफु निकै चिन्तित रहेको बताए । ‘मलाइ थाहा थिएन त्यो दृश्यमा अक्षयले पाइलटसँग सेटिङ गरिसकेछन ,’ रोहितले भने । किनकी बाइक हुँदै हेलिकप्टरमा झुण्डिएका अक्षयलाई लिएर हेलिकप्टर टाढा पुग्यो जसको बारेमा रोहितलाई थाहा थिएन । उनले त्यहाँ सुरक्षासम्बन्धी  प्रोटोकल पुरा नगरेको बताए । 

    ‘अर्को सिनमा त्यहाँ सुरक्षित रुपमा अक्षयलाई राख्नु थियो यद्दपी उनले एकै टेकमा पुरै सिन सकाए त्यसैले म केहि डराएको थिए ’ रोहितले बताए । 

    यो फिल्म शिव राजकुमारको अभिनय रहेको कन्नड फिल्म ‘तगारु’ को रिमेक रहेको धेरैले अनुमान गरेका छन् । करण जोहरको पनि निर्माणमा सहकार्य रहेको फिल्ममा अक्षय कुमार प्रहरी अधिकारीको भूमिकामा देखिएका छन् । फिल्ममा अक्षयले निडर प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका छन् । अक्षयको को–स्टार कट्रिना कैफ छिन् । 

    कट्रिनाको ग्लामर अवतारले अक्षयको एक्सनलाई सहयोग गर्ने रोहितको विश्वास छ । फिल्ममा अजय देवगन र रणवीर सिंहको पनि केमियो रहेको छ । फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराएका हुन् ।न्युज कारखाना
     


    कार्तिक १, २०७८ सोमवार ११:५४:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षयकुमार

  • क्यानाडा नेपाल

    अक्षयकुमारले खुकुरी बोकेको मिलेन, गोर्खा अफिसरले यस्तो भनेपछि मागे माफी

  • 1.1K
    SHARES
  • अक्षयकुमारले खुकुरी बोकेको मिलेन, गोर्खा अफिसरले यस्तो भनेपछि मागे माफी

    काठमाडौं - गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय कुमार आनन्द एल रायको कलर यलो प्रोडक्सन र केप अफ गुड फिल्मससँग पुनः एकपटक सहकार्य गर्दैछन् । 

    images

    अक्षय र आनन्द भारतीय सेनाको गोरखा रेजिमेन्ट (पाँचौं गोर्खा राइफल्स)को एक महान अधिकारी मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित एक बायोपिक फिल्ममा सहकार्य गर्न लागेका हुन् । फिल्ममा अक्षयले छैटौं गोरखा राइफल्सको ग्रेट अफिसर मेजर जनरल इयान कार्डोजोको भूमिका निभाउनेछन् ।

    उनलाई सन् १९६२, १९६५ को युद्धमा र विशेष रूपले १९७१ को भारत पाकिस्तान युद्धमा लडाइँ लडेको एक युद्ध नायकको रूपमा चिनिन्छ । यसैले गर्दा पनि अक्षयले विश्वकै मेकरको ध्यान खिचेका छन् । तर , उनले सार्वजनिक गरेको फस्ट लुक पोस्टरमा एक पूर्व गोर्खा अफिसरले गल्ती औल्याएका छन् । 

    उनले अक्षयको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पोस्टरमा खुकुरीलाई ठिक गर्न सुझाएका छन् । ’खुकुरीको धार गलत दिशामा छ, यो तलवार हैन’, मेजर मनिक एम जोली नाम रहेको एकाउन्टबाट उनले थप भनेका छन्, ‘खुकुरी बुझ्नलाई सँगै तस्विर राखेको छुँ ।’ 

    उनले गोर्खाको कथामा फिल्म बनाउँदा ससाना गल्तीलाई समेत सुझाउन भनेका हुन् । गोर्खा अफिसरको प्रतिक्रिया देखेपछि अक्षयले माफी मागेका छन् । 

    उनले प्रतिक्रियाको लागि धन्यवाद समेत दिएका छन् । ’हामी छायांकनको समयमा गल्ती नहोस् भनेर उच्च सतर्कता अपनाउने छौँ’, अक्षयले लेख्छन्, ’हामी गोर्खाको कथामा फिल्म बनाउन पाउँदा निकै गौरवान्वित महसुस गरिरहेका छौँ ।’

    Maj Manik.jpg

    उनले फिल्मसँग जोडिएको सल्लाह सुझावलाई आत्मसाथ गर्नेसमेत जनाएका छन् । यस फिल्मको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पुरन सिंह चौहानले गर्दैछन् ।न्युज कारखाना


    कार्तिक १, २०७८ सोमवार २०:४५:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षयकुमार

  • क्यानाडा नेपाल

    'थालाइवी' फ्लप भएपछि तनावमा रहेकी कंगना एजेन्ट बनिन्  

  • 372
    SHARES
  • 'थालाइवी' फ्लप भएपछि तनावमा रहेकी कंगना एजेन्ट बनिन्  

    काठमाडौं - पछिल्लो रिलिज फिल्म 'थालाइवी' फ्लप भएपछि बलिउड अभिनेत्री कंगना रनौत केही तनावमा थिइन् । उनले निकै अपेक्षा गरेको फिल्मले दर्शकको साथ नपाएपछि उनी आत्तिएकी हुन् ।

    images

    तर, आउँदो फिल्ममा उनी एक्सन गर्लको रूपमा दर्शक समक्ष आउने भएकी छन् । पछिल्ला केही सोसल ड्रामा जनरका फिल्ममार्फत दर्शकमाझ आएकी कंगनाले 'धाकड'मार्फत दर्शकलाई एक्सन देखाउनेछन् । उनको मुख्य भूमिकामा रहेको एक्सन जनराको फिल्म ‘धाकड’ आउँदो वर्ष सन् २०२२ को अप्रिल ८ मा रिलिज हुनेछ । 

    उनी धाकडमा विभिन्न १० किसिमका लुक्समा देखिने बताइएको छ । पूर्ण रूपमा एक्सन जनरामा रहेको फिल्ममा कंगनाले एजेन्टको भूमिका निभाएकी छन् । यसका कारण उनले आफ्नो लुक्स पटक पटक परिवर्तन गर्ने र फिल्मभर विभिन्न १० वटा लुक्समा देखिने बताइएको छ ।

    मानव तस्करीसँग सम्बन्धित रहेर तयार पारिने फिल्ममा कंगनासँगै शरिब हासमी, दिव्या दत्त, अर्जुन रामपाललगायतको अभिनय छ । रजनिस र चिन्तन गान्धी मिलेर लेखेको फिल्मलाई निर्देशन रजनिस घाईले गरेका छन् ।न्युज कारखाना


    कार्तिक २, २०७८ मंगलवार १८:५३:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कंगना रनावत

  • क्यानाडा नेपाल

    करिना कपुरसँग थ्रिलर फिल्म गर्दै सुजोय घाेष

  • 170
    SHARES
  • करिना कपुरसँग थ्रिलर फिल्म गर्दै सुजोय घाेष

    काठमाडौं - बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ ।

    images

    कहानी, कहानी २, बदला जस्ता फिल्म निर्देशन गरेका सुजोयले यसपटक करिना कपुर खानलाई कास्ट गर्दैछन् । उनले करिनासँग काम गर्ने चर्चा सन् २०१२ मै चलेको थियो । उनको 'कहानी' दर्शकले रुचाएपछि उनले करिनासँग काम गर्न लागेको चर्चा बि-टाउनमा थियो । 

    यद्यपि उनले साथी विद्या बालनसँग नै कहानीको सिक्वेलमा काम गरे । पछिल्लो समय उनले ताप्सी पन्नुलाई लिएर बदला निर्देशन गरेका थिए । थ्रिलर फिल्मका दर्शकलाई रोमान्चक कथा पस्किने सुजोयले यसको छायांकन दार्जिलिङ र कालिङपोङमा गर्दैछन् । त्यहाँ दुई महिनाको सेड्युल राखिएको छ । 

    करिनाले पनि आफू सुजोयको कामबाट प्रभावित रहेको बताएकी छिन् । उनले भारतीय मिडियालाई प्रतिक्रिया दिँदै सुजोय राम्रो निर्देशकमध्ये एक रहेको बताइन् । 'सुजोयलाई थाहा छ, उनले के बनाउँदै छन् । उनले थ्रिलर कथालाई न्याय गर्ने गरेका छन् । कहानी र बदलालाई उनले राम्रो स्क्रीनप्लेसहित दर्शकमाझ ल्याए,' करिनाले भनिन् । 

    सुजोय पनि करिनाले आफ्नो पात्रालाई न्याय गर्ने बताउँछन् । उनले फिल्मको बारेमा बोल्दै पात्रलाई करिनाको छायाँ पर्न नदिने बताए । 'मेरो क्यारेक्टरमा स्टार देखिँदैन । तर, स्टारले क्यारेक्टर निर्वाह गर्दा धेरै दर्शकसम्म फिल्म पुग्न सक्छ,' सुजोयले भने । करिना अभिनित 'लालसिंह चड्डा' आउँदो फेब्रुअरीमै रिलिज हुँदैछ । न्युज कारखाना 


    कार्तिक २, २०७८ मंगलवार २१:०४:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # करिना कपुर

  • क्यानाडा नेपाल

    शाहरुख खानका छोरा आर्यनको जमानत खारेज 

  • 240
    SHARES
  • शाहरुख खानका छोरा आर्यनको जमानत खारेज 

    काठमाडौं - बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत खारेज भएको छ ।  भारतिय मिडियाका अनुसार मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो ।

    images

    आर्यन र उनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रद्द भएको हो । एनसीबीले मुम्बईस्थित एनडीपीसी कोर्टमा ह्वाट एप्स च्याट पेस गरेको थियो । क्रुज ड्रग केसमा आर्यनसहित उनका आठ जना साथी पक्राउ परेका थिए ।।

    अब शाहरुखका वकिलले आर्यनको जमानतका लागि हाई कोर्टमा अपिल गर्ने तयारी गरेका छन् । 


    कार्तिक ३, २०७८ बुधवार २०:१६:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शाहरुख खान

  • क्यानाडा नेपाल

    सैफ अलि खानपुत्री साराको बलिउडमा ‘डेब्यु’ गर्दाको यस्तो छ कथा

  • 186
    SHARES
  • सैफ अलि खानपुत्री साराको बलिउडमा ‘डेब्यु’ गर्दाको यस्तो छ कथा

    काठमाडौं - बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले ‘केदारनाथ’मार्फत बलिउडमा पाइला टेकेकी थिइन् । सोही डिसेम्बरकै अन्तिम साता उनको दोस्रो फिल्म ‘सिम्बा’ पनि प्रदर्शनमा आयो । लगातार प्रदर्शनमा आएका दुई फिल्मले साराको अभिनय क्षमतालाई दर्शकमाझ प्रस्ट्याए । 

    images

    अभिनेता सैफ अलि खान र अभिनेत्री अमृता सिंहको छोरीको रूपमा चिनिएकी साराले आफूलाई बलिउडमा स्थापित बनाउन सफल भइन् । आफ्नो छुट्टै नाम बनाएकी साराले बलिउडमा डेब्यु पनि आफ्नै दमबाट गरेकी हुन् । उनलाई बलिउडमा फिल्म कसरी प्राप्त भयो त ? यो भने धेरैलाई थाहा नहुन सक्छ ।

    उनी सैफको छोरी भएकै कारण उनलाई डेब्यु गर्न अप्ठेरो भएन भन्ने अनुमान स्वाभाविक नै छ । तर, यसबारे एक अन्तर्वार्तामा निर्देशक रोहित शेट्टीले नै बताएका छन् । ‘एकदिन साराको फोन आयो र उनले मलाई भेट्ने आग्रह गरिन्, अनि मैले उनलाई अफिसमा बोलाएँ’, सारासँगको पहिलो भेट सम्झिँदै रोहितले भने, ‘उनले मलाई बलिउडमा चान्स दिन आग्रह गरिन्, उनको प्यासन देखेर मैले नाइँ भन्न सकिनँ ।’

    रोहितले उनलाई फिल्म सैफ या अमृताको आग्रहमा फिल्म नदिएको प्रस्ट्याए । ‘साराको विषयलाई लिएर सैफ र अमृता दुवैले केही भनेनन् । तर, सारामा प्रतिभा छ, स्थापित हुन्छिन्’ उनले साराको प्रशंसा गर्दै भने । 

    सन् २०१८ को अन्त्यमा उदाएकी साराले बलिउडमा आफूलाई विस्तारै अगाडि बढाउँदै छन् । उनले लभ आजकल, कुली नम्बर वान जस्ता फिल्ममा काम गरिसकेकी छन् भने उनको अतरंगी रे नामक फिल्म रिलिजको पर्खाइमा छ । 

    उनले रणवीर सिंह, सुशान्तसिंह राजपूत, कार्तिक आर्यन, वरुण धवन, अक्षय कुमारलगायतका बलिउड स्टारसँग काम गरिसकेकी छन् ।न्युज कारखाना 


    कार्तिक ३, २०७८ बुधवार २०:४८:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सारा अली खान

  • क्यानाडा नेपाल