• Oct 21 2021 | २०७८, कार्तिक ४गते

२०७८, कार्तिक ४गते

'कैले होला भेट' भन्दै आन्छु र अस्मिता (भिडियो)

क्यानाडा नेपाल आश्विन १ २०७८
  • 1.1K
    SHARES
  • images
    images
    'कैले होला भेट' भन्दै आन्छु र अस्मिता (भिडियो)

    काठमाडौं - नब गायक आन्छु बिक्रमको सुमधुर आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार गायक बिक्रम र गायिका अस्मिता अधिकारिको आवाजमा 'कैले होला भेट' बोलको गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । 

    images

    गीतमा सि.एल शर्माको शब्द र संगित रहेको छ । सार्वजनिक भिडियोमा आन्छु र अस्मिता नै देखिएका छन् । 

    काठमाडौँमा सुटिङ्ग गरिएको भिडियोलाई सन्जित के. घिसिङले खिचेका हुन् भने सनम मगरले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई आन्छु बिक्रम नामको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 


     


    आश्विन १, २०७८ शुक्रवार १९:०८:५४ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # आन्छु बिक्रम

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    आफ्नो स्टारडमको रक्षामा चकलेटी हिरो आर्यन सिग्देल

  • 320
    SHARES
  • आफ्नो स्टारडमको रक्षामा चकलेटी हिरो आर्यन सिग्देल

    काठमाडाै‌ - आर्यन सिग्देल, नेपाली फिल्मका लागि चकलेटी हिरो । उनले फिल्म ‘किस्मत’मार्फत यसक्षेत्रमा डेब्यु गरे । डेब्यु फिल्ममा उनलाई लभरब्वाइकै रूपमा प्रस्तुत गरियो । जसमार्फत उनले सफलता पनि हासिल गरे । त्यसपछी उनले अधिकांस फिल्ममा लभरब्वाइकै क्यारेक्टरमा आफूलाई प्रस्तुत गरे । 

    images

    डेब्युभन्दा अगाडि धेरै संघर्ष गरेर रजतपटमा इन्ट्री गरेका आर्यनले आफ्नो स्टारडम जोगाउन सकेनन् भन्ने पनि छन्, फिल्मनगरीमा । किनकि उनको सफलता र असफलता श्रेय उनी आफैँलाई जान्छ । यसलाई उनी पनि स्वीकार्छन् ।

    ‘म अरुको कुरा कमै सुन्छु , साथीभाइलाई बढी विश्वास गर्छु’ एक अन्तर्वार्ताको क्रममा आर्यनले भने ‘म भावनामा डुब्छु, यसैले गर्दा पनि हुनसक्छ कहिले उकालो त कहिले ओरालो भयो करियर ।’ 

    उनले आफ्नो सफलताको श्रेय आफ्नै कडा मेहनतलाई दिँदै असफलताको श्रेय पनि आफ्नै कमजोरीलाई दिए । आर्यनले अघिल्ला केही फिल्ममा भूमिकालाई परिवर्तन गर्न खोजेका थिए, तर सफल भएनन् । 

    ‘केही फिल्ममा मैले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्न खोजेँ, जसलाई स्याबासी त मिल्यो, तर दर्शकले रुचाएनन् । त्यसैले उनीहरूकै डिमाण्डअनुसार आफूलाई प्रस्तुत गर्ने सोच बनाएँ’, आर्यनले बताए । 

    उनको अभिनयसँगै लेखन र निर्माणसमेत रहेको फिल्म ‘कायरा’ले ठीकठाक व्यापार गर्‍यो । त्यसो त उनले ‘कायरा’ अगाडिको फिल्म ‘रुद्रप्रिया’ पनि आफूलाई सिम्पल ब्वाइको रूपमा प्रस्तुत गरेका थिए । तर, त्यसको जति चर्चा भयो, आर्यनको क्यारेक्टर त्यति नै कमजोर रहेको उनले प्रतिक्रिया पनि पाए । 

    ‘फिल्ममा क्यारेक्टरभन्दा पनि समग्र सब्जेक्ट नै राम्रो थियो’, आर्यन भन्छन्, ‘हामीले लेखेको र सोचेको धेरै कुरा पर्दामा आइपुग्दा फरक भइदिन्छ त्यसैले हाम्रो निर्णय कुनै बेला गलत सावित हुन्छ ।’

    यिनै आर्यन पछिल्लो समय डिसेम्बर फल्स, म राजेश हमाल लगायतका फिल्ममा व्यस्त छन् । उनी आफुलाई फरक फरक भूमिकामा दर्शकमाझ प्रस्तुत हुँदैछन् । उनी अब संख्या घटाउने र क्वालिटी बढाउने तयारीमा छन् । यद्यपि दर्शक उनलाई चकलेटी अवतारमै हेर्न चाहन्छन् । उनले अभिनय गरेको पछिल्लो फिल्महरूमा ’कायरा’ले गरेको व्यापारलाई हेर्ने हो भने पनि त्यो प्रस्टिन्छ । 


    आश्विन २८, २०७८ बिहिवार २०:०८:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आर्यन सिग्देल

  • क्यानाडा नेपाल

    सुनिता र हेमन्त कान्छाको गीतमा परदेशीको पिडा 

  • 440
    SHARES
  • सुनिता र हेमन्त कान्छाको गीतमा परदेशीको पिडा 

    काठमाडौं – आफ्नो मौलिक सिर्जना मार्फत सबैको मन जित्दै गइरहेका बहुमुखी प्रतिभाका धनी हेमन्त कान्छा रसाइलीको नयाँ गीत “लाहुरे” बजारमा आए लगत्तै यसको सर्वत्र चर्चा सुरु भएको छ । 

    images

    चर्चित सर्जक राजकुमार बगरको दमदार शब्द संगीत रहेको सो गीतमा हेमन्तलाई आवाजमा सुनिता बुढाले साथ दिएको गीतको भिडियो यो समाचार तयार पार्दासम्म करिब २ लाख ६० हजारले हेरेका छन् भने भिडियो ट्रेण्डिगंको १ नम्बरमा रहेको छ ।

    छन् । गीतको सम्पूर्ण पक्ष निकै दमदार छ भने टिकटकमा निकै भाइरल भएको छ । गीत सार्वजनिक हुन भन्दा पहिले देखीनै टिकटक मा निकै रुचाइएको पनी छ। गीतमा एउटा प्रदेशी लाहुरे ले छाडेर पल्टन जादा का पिडा हरु लाई गीत मा उतारिएको छ । गीतको म्यूजिक भिडियो समेत निकै दमदार रहेको गीतमा विनोद भण्डारीले निर्देशन गरेका छन् भने सारिका केसी र गोविन्द पोखरेल को अभिनय रहेको छ । 


    आश्विन २८, २०७८ बिहिवार २०:१५:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हेमन्त कान्छा

  • क्यानाडा नेपाल

    कमेडी च्याम्पियन भरतमणि पौडेललाई अभिनन्दन

  • 246
    SHARES
  • कमेडी च्याम्पियन भरतमणि पौडेललाई अभिनन्दन

    राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल प्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताउनुभयो ।

    images

    अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई निरन्तर अघि बढाएर कलाकारितालाई व्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।भर्खरै सम्पन्न रियालिटी सोमा उपाधि जित्दै पौडेलले रु २५ लाख र कार प्राप्त गर्नुभएपछि उहाँको कमेडीको यात्रा चुलिएको थियो ।


    आश्विन ३१, २०७८ आइतवार १४:५६:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भरतमणि पौडेल

  • क्यानाडा नेपाल

    हिमाली भेगमा यसरी हुँदैछ उचाई छायांकन, छन् अमिताभका डुब्लिकेट र अनुपम खेर

  • 868
    SHARES
  • हिमाली भेगमा यसरी हुँदैछ उचाई छायांकन, छन् अमिताभका डुब्लिकेट र अनुपम खेर

    काठमाडौं - गत ४  अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उँचाईको छायांकन भईरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला , नाम्चे , मनाङलगायतका रमणीय दृश्यमा छायांकन गरिरहेको फिल्मको एक तस्विर न्युज कारखानालाई प्राप्त भएको छ । प्राप्त तस्वीरमा फिल्मका लिड कलाकारहरु छायांकन गरिरहेका छन् । 

    images

    मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन , डेनी डेन्जोङ्पा, अनुपम खेर , बोमन इरानी , परिणीति चोपडा लगायतको अभिनय रहेको छ ।  यद्दपी नेपालमा अमिताभ बच्चन आएका छैनन् ।  स्वास्थ्यले साथ् नदिएका कारणले उनी  आउन नसकेको फिल्मसँग जोडिएका एक सदस्यले बताए ।  , पछिल्लो समय अमिताभ कौन बनेगा करोडपति नामक टिभी शोमासमेत व्यस्त छन् । 

    प्राप्त तस्वीरमा अमिताभको डुब्लिकेटसँगै अनुपम खेर र बोमन इरानी देखिएका छन् । ४ जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । फिल्मसँग जोडिएको सदस्यको भनाइलाई आधार मान्ने हो भने अमिताभको डुब्लिकेटको भूमिका राजा चौधरीले गरिरहेका छन् ।

    बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भईरहेको छ । नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनि थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । फिल्मको लागि नेपालका प्रोडक्सन म्यानेजर  अरुण रेग्मी रहेका छन्। हिमाली भेगमा छायांकनको लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेका छन् । न्युज कारखाना 
     


    कार्तिक १, २०७८ सोमवार १०:५८:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उचाई

  • क्यानाडा नेपाल

    ‘पानीफोटो’ मेराे सपनाकाे फिल्म हाे - खगेन्द्र लामिछाने

  • 150
    SHARES
  • ‘पानीफोटो’ मेराे सपनाकाे फिल्म हाे - खगेन्द्र लामिछाने

    काठमाडौं - अभिनेता खगेन्द्र लामिछानेलाई उनकै लेखन रहेको फिल्म 'पशुपति प्रसाद' ले दर्शकमाझ लोकप्रिय बनायो । 'बधशाला' मार्फत अभिनयमा उदाएका खगेन्द्रले त्यसअघि नै 'टुल्के' परिचय बनाइसकेका थिए । 'टलकजंग भर्सेस टुल्के' मा अभिनय गरेपछि उनले 'टुल्के' उपनाम पाएका थिए ।

    images

    पछिल्लो समय उनी आफूलाई निर्देशकको रूपमा उभ्याउँदैछन् । उनले निर्देशन गरेकाे 'पानीफोटो' रिलिजकाे तयारीमा छ । निर्देशनसँगै फिल्ममा उनकाे अभिनय पनि देख्न पाइनेछ ।

    कोरोनाभाइरसको महामारीपछि सिर्जित अवस्थाका कारण उनको फिल्म प्रदर्शनमा ढिलाइ भएको छ । उनले आफै लिखित नाटकलाई फिल्मको स्वरूप दिएर 'पानीफोटो' दर्शकमाझ ल्याउँदैछन् । ‘मेरो सपना नै थियो कि यसलाई फिल्म बनाउने, किनकि म यो कथालाई धेरै दर्शकमाझ पुर्‍याउन चाहन्छु,’ उनले भने, ‘मैले नाटक मञ्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिएँ ।’

    लामिछानेले फिल्ममा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई देखाउन खाेजेका छन् । यो फिल्म दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै कथामा निर्माण हुन लागेको हो ।

    अभिनेता टर्न निर्देशक खगेन्द्रले आफ्नो बाल्यकालका केही सम्झना पनि समावेश भएकाले ‘पानीफोटो’ नाटकलाई फिल्म बनाउने सपना बनेको स्मरण गरे । उनले आफूले फिल्म निर्माणमा लागेपछि सिकेका कुराहरूलाई सदुपयोग गरी इमान्दारीपूर्वक ‘पानीफोटो’ ल्याउने बताए ।

    'द्वन्द्वले हामीलाई क्षति नै पुर्‍याएको थियो, त्यसैले फेरि त्यो हुनुहुन्न भन्ने मान्यताका साथ फिल्म बनाउने प्रयास गर्ने छु,’ उनले भने । उनले यो समय द्वन्द्वकाे कथा भन्ने समय रहेको प्रतिक्रियासमेत दिए । ‘त्यो समयमा द्वन्द्वको प्रभाव थियो त्यसैले हामीले केहीभन्दा एक पक्षलाई राम्रो र अर्कोलाई नराम्रो स्वत लाग्थ्यो, तर अब सबैले बुझेका छन् र हामीले नयाँ पुस्तालाई बुझाउनु छ,’ खगेन्द्रले भने ।

    टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा तयार फिल्मलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन् । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, श्यामकुमार खड्कालगायतका कलाकारको अभिनय रहेको छ ।

    पशुपति प्रसाद र धनपति फिल्म निर्माण गरेको टुकी आर्ट्सले फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ । फिल्मलाई दर्शकमाझ ल्याउने तयारीमा खगेन्द्र छन् । अभिनेताको रूपमा दर्शकको मन जितेका खगेन्द्र निर्देशनमा के हुन्छन् ? यो भने आउँदो समयले नै बताउनेछ । न्युज कारखाना
     


    कार्तिक ३, २०७८ बुधवार १४:२३:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खगेन्द्र लामिछाने

  • क्यानाडा नेपाल

    प्रचारप्रसारलाई किन मन पराउँदैनन् दयाहाङ राई ?

  • 158
    SHARES
  • प्रचारप्रसारलाई किन मन पराउँदैनन् दयाहाङ राई ?

    काठमाडौं - अभिनेता दयाहाङ राई अभिनयकै कारण चर्चामा आउने गर्छन् । उनले निर्वाह गरेको लुटको गोफ्लेदेखि कबड्डीको काजीसम्मको भूमिका दर्शकमाझ लोकप्रिय छ । फिल्म लुटबाट आफ्नो परिचिय स्थापित गरेका दयालाई कबड्डीले अर्को उपनाम ’काजी’ दिन सफल भएको थियो । 

    images

    दयाको फ्यान फ्लोअर्स पनि यिनै फिल्म बढाएकोमा कसैको दुईमत नहोला । थियटर हुँदै फिल्ममा आएका दया अभिनयमा पोख्त अभिनेतामध्येका एक हुन् । तर, उनी प्रचारप्रसारमा त्यति धेरै देखिँदैनन् । साथै, उनलाई प्रचारप्रसारमा समय नदिने कलाकार भनेर केही निर्माताले आरोप पनि नलगाएका होइनन् । 

    आखिर किन दया प्रचारप्रसारमा टाढिन्छन् त ? दया भन्छन्, ‘आफ्नो कामको आफैँले बयान गर्ने कुरा मलाई निकै गाह्रो लाग्छ ।’ उनी थप्छन्, ‘कामको प्रतिक्रिया लिएर बहस गर्न सकिन्छ । तर, आफ्नो कामको एकोहोरो बखान गर्नु राम्रो होइन ।’ 

    उनले आफूले गरेको भूमिकालाई दर्शकले मुल्यांकन गर्नुपर्ने बताए । ‘हामीले दर्शकको महत्वकांक्षा बढाउने गरि प्रचारप्रसार गर्नु हुँदैन’, दया भन्छन्, ‘त्यसैले म एकोहोरो प्रचारप्रसारमा धेरै सक्रिय छैन ।’

    तर, उनी दर्शकसमक्ष भने पुग्नेमा दुईमत राख्दैनन् । ‘दर्शकसँग पुग्दा कन्टेन होस् र त्यसमा तर्कवितर्क गर्न पाइयोस्’, दया भन्छन्, ‘अब दर्शकलाई कन्टेन चाहिएको छ न कि बखान ।’ कलाकारले काममै विश्वास राख्नुपर्छ भन्ने सोच्ने दया निकट भविष्यमै फिल्म निर्देशन गर्ने सोचमा छन् । 

    नाटक निर्देशन गरिसकेका दयाले फिल्म कहिले निर्देशन गर्छन् ? यो भने पर्खाइकै विषय छ । यसका साथै उनी ‘कबड्डी ४’ को छायांकनको तयारीमा छन् । उनलाई ’काजी’ उपनाम दिएको कबड्डीको चौथो भागलाई ’फाइनल म्याच’ भनिएको छ । मौसमले साथ दिए छायांकन टिमसहित उनी यसैसाता मुस्ताङ पुग्नेछन् । 
     


    कार्तिक ३, २०७८ बुधवार १४:४७:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दयाहाङ राई

  • क्यानाडा नेपाल