• Oct 21 2021 | २०७८, कार्तिक ४गते

२०७८, कार्तिक ४गते

अफगानिस्तानमा तालिबान कब्जापछि विवादास्पद अफगानिस्तान–पाकिस्तान सीमा ग्रेटगेम हटस्पट बन्दै

क्यानाडा नेपाल भाद्र २८ २०७८
  • 416
    SHARES
  • images
    images
    अफगानिस्तानमा तालिबान कब्जापछि विवादास्पद अफगानिस्तान–पाकिस्तान सीमा ग्रेटगेम हटस्पट बन्दै

    काबुल। अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि विवादास्पद अफगानिस्तान र पाकिस्तान सीमामा फेरि द्वन्द्व सुरु भएको छ। पाकिस्तानको तालिबानसँग राम्रो सम्बन्ध हुँदाहुँदै पनि पाकिस्तानका अधिकांश नेताहरुले आपत्ति जनाउँदै आएको छ। 

    images

    पाकिस्तानसँग तालिबानको घनिष्ठ सम्बन्धको बावजूद, जहाँ यसका अधिकांश नेता अगस्त १५ भन्दा पहिले बसिरहेका थिए, तर पनि तालिबान समूहका नेताहरु अफगानहरु डुरान्ड लाइनसँग सहमत नभएको बताएको छ।

    विशेषज्ञहरुका अनुसार तालिबानको बयान तथाकथित महान् खेलको निरन्तरताको संकेत हो, जसले यस क्षेत्रको भूराजनीतिलाई परिभाषित थप जटिल परिस्थितिमा पुर्याएको छ। बेलायतबाट मुक्त भएको भारतमा आक्रमण गर्नबाट रोक्नका लागि डुरान्ड लाइन बनाइएको थियो। 

    तालिबानले कब्जा गरेपछि यस क्षेत्रमा पाकिस्तानी सेनाहरुसँको झडपको अवस्था बढ्दै गएको छ। अफगान क्षेत्रबाट गोलाबारी गर्ने क्रम बढ्दै गएको छ। पाकिस्तानी सेनाले पनि जवाफी कारबाही गर्दै आएको छ। 

    अफगानिस्तानका तालिबानी सेनाले नयाँ सरकारसमेट गठन गरिसकेको छ। तालिबानको सरकारलाई पाकिस्तानले स्वागत पनि गरेको छ। तर, आफैं सहयोग गरेको आतंकवादी संस्थाले अफगानिस्तानको डुरान्ड लाइनको विवादलाई भने कायमै राखेको देखिन्छ । 


    भाद्र २८, २०७८ सोमवार १९:०६:२६ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    राष्ट्रसंघले भन्यो - बंगलादेशमा हिन्दूमाथिको ज्यादती तत्काल रोक

  • 312
    SHARES
  • राष्ट्रसंघले भन्यो - बंगलादेशमा हिन्दूमाथिको ज्यादती तत्काल रोक

    ढाका - बंगलादेशमाअल्पसंख्यक हिन्दू समुदायमाथि भएका ऋंखलाबद्ध हमलाप्रति राष्ट्रसंघले चासो देखाएको छ । पछिल्लो समयमा हिन्दू समुदायको घरमा भएका आगजनी र मन्दिर तोडफोडप्रति राष्ट्रसंघले गहिरो चासो देखाएको हो । हिन्दूमाथिको हमला संविधानमा उल्लेखित मुल्य र मान्यताबिरुद्ध भएको भन्दै राष्ट्रसंघले घटनाबारे निस्पक्ष छानबिन गर्न आह्वान गरेको छ । 

    images

    रंगपुर जिल्लाको उत्तरी क्षेत्रमा विगत एक सातादेखि फैलिएको जातीय हिंसा अझै रोकिएको छैन् । ‘समाजिक सञ्जालमा कथित अनादर फैलाउने पोस्टपछि बंगलादेशमा हिन्दूमाथि भएका  हमला त्यहाँको संविधानको मर्म विपरित छ । सरकारले यस्ता कार्य तत्काल रोक्नुपर्छ । अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न र निस्पक्ष छानबिनका लागि सरकारसँग राष्ट्रसंघले आह्वान गर्छ । समावेशी वंगलादेशलाई सशक्त बनाउन सबैले हातेमालो गर्न आह्वान गर्छौ,’ बंगलादेशस्थित राष्ट्रसंघका आवासीय संयोजक मिअ सेपोले भने । 

    बंगलादेशमा हिन्दूमाथिको आक्रमण रोकिएको छैन् । एक हिन्दूले फेसबुकमा मुसलमानप्रति अनादर जनाउने टिप्पणी गरेको कथित हल्लापछि राजधानी ढाकाबाट २२५ किलोमिटर टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दूको घरमा आगजनी सुरु गरेका थिए । 

    प्रहरीले ती व्यक्तिको घरलाई सुरक्षा दिइरहेका बेला आक्रमणकारीले उनको छिमेकीको घरहरुमा आगो लगाइदिएका थिए । माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुई ओट किचेन, तथा २० ओटा झुपडीमा आगजनी गरेको त्यहाँको प्रहरीले जनाएको छ । एजेन्सी
     


    कार्तिक २, २०७८ मंगलवार २०:४४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रसंघ

  • क्यानाडा नेपाल

    खोप कार्डमा मोदीको तस्विरबिरुद्ध उजुरी

  • 184
    SHARES
  • खोप कार्डमा मोदीको तस्विरबिरुद्ध उजुरी

    नयाँ दिल्ली - कोभिड खोप लगाएको प्रमाणपत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर राखिएको विरोधमा एक असन्तुट व्यक्तिले केरलाको उच्च अदालतमा उजुरी दिएका छन् । ६२ वर्षीय पिटर नाम गरेका व्यक्तिले खोपमा मोदीको तस्विर टाँस्दा आफ्नो मौलिक अधिकार हनन् भएको जिकिर गर्दै अदालतमा उजुरी दिएका हुन् । उनी भारतको प्रमुख विपक्षी कंग्रेसका सदस्यसमेत हुन् । 

    images

    ‘मैले खोप लगाएको प्रमाणपत्रमा प्रधानमन्त्रीको तस्विर राखेर नागरिकको निजी मामिलामा हस्तक्षेप भएको छ । प्रधानमन्त्री मोदीलाई यो कार्य तत्काल रोक्न आग्रह गर्छु ।’ उजुरीमा पिटरले भनेका छन् । खोपमा उनको नाम प्रयोग गर्नु प्रजातन्त्र र राष्ट्रका लागि अनुचित भएको उनको भनाई छ । 

    पिटरको उजुरीबारे अध्ययन गर्दै केरला उच्च अदालतले केन्द्र र राज्य सरकारलाई दुई साताभित्र आफ्नो जबाफ दिन आदेश दिएको छ । 

    खोप लगाउनेको व्यक्तिको विवरणबाहेक भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको खोप कार्डमा मोदीको तस्विर पनि छापिएको छ । अगस्टमा फोटबारे विवाद बढेपछि स्वस्थ्यमन्त्री भारती प्रविन पावरले ‘वृहत सार्वजनिक हित’ का लागि मोदीको तस्विर छापिएको बताएकी थिइन् । 

    तर, पिटरको आफ्नै तर्क छ । उनी भन्छन्, ‘मोदी हाम्रो पहिलो प्रधानमन्त्री होइनन् न त कोभिडबिरुद्ध खोप लगाउने भारत नै पहिलो देश हो । तसर्थ कार्डमा उनको तस्विर टाँस्न आवश्यक छैन् ।’एजेन्सी
     


    कार्तिक ३, २०७८ बुधवार ०९:१८:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नरेन्द्र मोदी

  • क्यानाडा नेपाल

    उत्तराखन्डमा बाढीको बितन्डा : ४६ जनाको मृत्यु, दर्जनौं घर डुबानमा

  • 504
    SHARES
  • उत्तराखन्डमा बाढीको बितन्डा : ४६ जनाको मृत्यु, दर्जनौं घर डुबानमा

    उत्तराखण्ड - भारतको उत्तराखण्डमा अबिरल वर्षापछिको बाढी र पहिरोमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा अझै केही हराइरहेका छन् । बाढी पहिरोका कारण दर्जनौ घर डुबानमा पर्नुका साथै सडक जलमग्न भएका छन भने पुल तथा संरचना भत्किएका छन् । 

    images

    पर्यटकहरुको महत्वपूर्ण गन्तव्य मानिने उत्तराखन्डमा आएको पछिल्लो बाढीलाई विज्ञहरुले जलवायु परिवर्तन र जथाभावी निर्माण भएका संरचनासँग जोडेका छन् । 

    बाढीले भारतको दक्षिणी राज्य केरलासमेत प्रभावित छ । केरलामा बाढीबाट २६ जनाको मृत्यु भइसकेको छ । दुबै राज्यमा यो वर्ष अत्यधिक वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ । 

    केरलामा यो वर्ष ४५३ दशमलब ५ मिलिमिटर वर्षा भएको छ । गत वर्ष १९२ दशमलब ७ मिलिमिटर वर्षा भएको थियो । सामान्यतया अक्टोबरमा ३० मिलिमिटर पानी पर्ने उत्तराखण्डमा पछिल्लो २४ घन्टामा मात्र १२२ दशमलब ४ मिलिमिटर वर्षा भएको छ । एजेन्सी


    कार्तिक ३, २०७८ बुधवार ११:३५:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उत्तराखन्ड

  • क्यानाडा नेपाल

    ह्युस्टनमा विमान दुर्घटना भएर आगो लागेपछि ...

  • 188
    SHARES
  • ह्युस्टनमा विमान दुर्घटना भएर आगो लागेपछि ...

    टेक्सास - ह्युस्टनमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै सकुशल रहेका छन् । बोस्टनका लागि उडान भरेको म्याकडोनल डगलस एमडी–८७ विमान विमानस्थलको एउटा बारमा ठोकिएको थियो । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो ।

    images

    दुर्घटनापछि यात्रु दलका सदस्य र यात्रु सकुशल उत्रिएका थिए । विमानमा चालक दलका सदस्यसहित २१ जना सवार थिए । तीमध्ये दुई जना सामान्य घाइते भएका छन् । 

    ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगोलागी भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ ।एजेन्सी
     


    कार्तिक ३, २०७८ बुधवार १४:०२:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटनाग्रस्त

  • क्यानाडा नेपाल

    अनलाईन कक्षा पढ्दा पढ्दै मोवाईल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

  • 498
    SHARES
  • अनलाईन कक्षा पढ्दा पढ्दै मोवाईल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

    हनोई - अनलाईन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोवाईल फोन बिस्फोट हुँदा मृत्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाईन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो । 

    images

    उनले मोवाईल चार्ज गरेका कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो लागेको थियो । जलेर गम्भिर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो । 

    उनको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले पड्किएको मोवाईल र चार्जर जाँच गर्ने भएको छ । मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए । कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाईनबाट हुन थालेको छ । एजेन्सी
     


    कार्तिक ३, २०७८ बुधवार १४:०७:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोवाईल पड्कियो

  • क्यानाडा नेपाल

    प्रेम विवाह गरेको भन्दै पाकिस्तानी बाबुले गरे छोरी ज्वाँइसहित ७ जनाको हत्या

  • 164
    SHARES
  • प्रेम विवाह गरेको भन्दै पाकिस्तानी बाबुले गरे छोरी ज्वाँइसहित ७ जनाको हत्या

    इस्लामावाद - पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाँइको हत्या गरेका छन् । मध्य पाकिस्तानको मुजाफ्फर जिल्लाका मनजोर हुसेनले छोरीहरु फउजिअ बिबी र खुर्सिद माई बसेको घरमा आगो लगाएर छोरी ज्वाँइसहित सात जनाको हत्या गरेका हुन् ।

    images

    दुई छोरीमध्ये फाउजियाले १८ महिनाअगाडि बाबुको इच्छा विपरित प्रेम विवाह गरेकी थिइन् ।  ‘प्रेम विवाहको रिसको परिणामस्वरुप सो घटना भएको देखिन्छ,’ घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारी अब्दुल मजिदले भने ।

    सात जनालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा हुसेन र उनका भाइबिरुद्ध प्रहरीमा उजुरी गरिएको छ । आगो लाग्दा आफू घरमा नभएको बिबीका श्रीमानले बताएका छन् । कामबाट फर्किने क्रममा बिहानै घरमा आगो लागिरहेको उनले बताए ।

    उनी घर आउँदै मन्जोर र उनका भाइ घरबाट फर्किदै गरेको आफूले देखेको बिबीका श्रीमानले बताए । आफ्नो विवाहबारे ससुरा र जेठान असन्तुष्ट रहेको उनको भनाई छ ।एजेन्सी


    कार्तिक ३, २०७८ बुधवार १४:२८:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • क्यानाडा नेपाल