• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

बैंकहरूले बढाए ब्याजदर : कुन बैंकले कुन खातामा कति प्रतिशत ब्याज दिए ? हेर्नुहोस्

क्यानाडा नेपाल आश्विन १ २०७८
  • 992
    SHARES
  • images
    images
    बैंकहरूले बढाए ब्याजदर : कुन बैंकले कुन खातामा कति प्रतिशत ब्याज दिए ? हेर्नुहोस्

    काठमाडौं  - कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् ।  

    images

    बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १० दशमलव ७ प्रतिशत ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंक(७.५)को छ ।  बैंकहरूले सार्वजनिक गरेका सूचनानुसार प्राइम कमर्सियल बैंकले संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम नौ दशमलव ७५ प्रतिशत तथा मेगा बैंकले नौ दशमलव ५५ प्रतिशतसम्म व्याज दिने उल्लेख गरेका छन्  । 

    madhavnepal-jhakri.jpg

    त्यसैगरी एनएमबी बैंकले नौ दशमलव ५२, सानिमा बैंकले नौ दशमलव ५१, ग्लोबल आईएमई बैंकले नौ दशमलव ५० प्रतिशत नबिलले साधारणमा नौ दशमलव २६ प्रतिशत, एनसिसी बैंकले नौ दशमलव २६ प्रतिशत, सेञ्चुरी बैंकले नौ दशमलव २५, हिमालयन बैंकले नौ प्रतिशत, सिद्धार्थ बैंकले नौ दशमलव ०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले नौ दशमलव ०२ प्रतिशत र  लक्ष्मी बैंकले नौ प्रतिशत ब्याज दिने बताएका छन् । 

    त्यस्तै बैंक अफ काठमाडौँले आठ दशमलव ७७ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले आठ दशमलव ७६ प्रतिशत, माछापुच्छ«े बैंकले आठ दशमलव ७५ प्रतिशत, एभरेष्ट बैंकले आठ दशमलव ६१ प्रतिशत, एनआईसी एसिया बैकले आठ दशमलव ६ प्रतिशत, नेपाल एसबीआई बैंकले आठ दशमलव ५५ प्रतिशत, सिभिल बैंकले आठ दशमलव ५५, कुमारी बैंकले आठ दशमलव ५१ प्रतिशत, कृषि विकास बैंकले आठ दशमलव ५ प्रतिशत, प्रभु बैंकले आठ दशमलव २५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले आठ दशमलव ०६ प्रतिशत, नेपाल बैंकले आठ दशमलव ०५ प्रतिशत, सिटिजन्स बैंकले आठ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सात दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरिएको जनाएका छन् ।
     
    बैंकहरूले साधारण निक्षेपमा न्यूनतम चार दशमलव २६ देखि अधिकतम छ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेका छन् । यसैगरी बैंकहरूले कर्जातर्फ आधार दरमा प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेका छन् । 
     
    बजारमा लगानीयोग्य रकम अभाव देखिएको अवस्था देखिएपछि आफ्नो निक्षेपबाहिर जान नदिन पनि बैंकहरूले ब्याजदर बढाउन परेको बैंकर बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको देखिन्छ ।  तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको अवस्था देखिन्छ । बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो जस्ता सुविधाको प्रयोग गरेका छन् । 

    madhavnepal-jhakri.jpg

    राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको बिहीबारसम्म रु तीन खर्ब ५२ अर्ब २९ करोड एसएलएफमार्फत उठाएको देखिन्छ । राष्ट्र बैंकले गत भदौ १७ मा  सात दिनका अवधिको रु  २० अर्ब, भदौ २४ मा १४ दिन अवधिको रु ३० अर्ब र भदौ ३१ मा रु २० अर्ब बराबरको रिपोसमेत जारी गरिसकेको छ ।रासस  


    आश्विन १, २०७८ शुक्रवार १८:४३:०३ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # बैंक
  • # ब्याजदर

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • 728
    SHARES
  • फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो । 

    images

    आइतबार प्रतितोला ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १२ सय ६५ रुपैयामा कारोबार भइरहेको छ ।


    कार्तिक ८, २०७८ सोमवार ११:३३:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल

    नेपाल बैंकको १७ प्रतिशत लाभांश घोषणा

  • 160
    SHARES
  • नेपाल बैंकको १७ प्रतिशत लाभांश घोषणा

    काठमाडौं - नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    images

    बैंकले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने करसहित तीन प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सो लाभांश सेयरधनीले पाउनेछन् ।

    हाल चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६ सय २४ रुपैयाँ रहेको बैंकको १४ प्रतिशतका दरले बोनस सेयर वितरणपछि चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार आठ सय ३१ रुपैयाँ पुग्नेछ । गत वर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद लाभांश वितरण गरेको थियो । न्युन कारखाना


    कार्तिक ८, २०७८ सोमवार १२:२८:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल बैंक

  • क्यानाडा नेपाल

    शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै मुक्तिनाथ क्यापिटल

  • 108
    SHARES
  • शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै मुक्तिनाथ क्यापिटल

    काठमाडौं - मुक्तिनाथ क्यापिटलले विशेष साधारणसभा बोलाएको छ । क्यापिटलले २३ कात्तिकमा हाल कायम चुक्ता पुँजीबाट शतप्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य एजेन्डासहित मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको हो । 

    images

    सभा भर्चुअल माध्यमबाट सुरु हुनेछ । साधारणसभाको लिंक कम्पनीलार्ई प्राप्त सेयरधनीको ईमेल ठेगानामा पठाइने क्पयापिटलले जनाएको छ । सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ । 

    सभामा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोहीबमोजिम थपघट, परिवर्तन वा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

    muktinath.jpg


    कार्तिक ८, २०७८ सोमवार १४:२७:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मुक्तिनाथ क्यापिटल

  • क्यानाडा नेपाल

    गुराँस लघुवित्तको सेयर मुल्य समायोजन

  • 116
    SHARES
  • गुराँस लघुवित्तको सेयर मुल्य समायोजन

    काठमाडौं - गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सोमबार (आज) संस्थाको १६ दशमलब ९० प्रतिशत बोनसपछिको सेयर मुल्य समायोजन गरेको हो ।

    images

    नेप्सेले सेयर मुल्य समायोजन गरेसँगै संस्थाको सेयर मुल्य प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँ कायम भएको छ । आजको सेयर बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँबाटै सुरु भएको छ । यसअघि आइतबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता एक हजार पाँच सय ७६ रुपैयाँमा भएको थियो।न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार १४:३३:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गुराँस लघुवित्त

  • क्यानाडा नेपाल

    नेप्सेमा हरियाली, ८७ दशमलव ६३ अंकको वृद्धि

  • 112
    SHARES
  • नेप्सेमा हरियाली, ८७ दशमलव ६३ अंकको वृद्धि

    काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । आज नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से २७ दशमलव ५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको थियो ।   

    images

    त्यस्तै, आज नेप्सेमा हरियाली छाएसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२९ कम्पनीको आठ करोड ३९ लाख पाँच हजार ८६४ कित्ता सेयर किनबेच हुँदा कुल चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको छ । आइतबार दुई अर्ब ७७ करोड ३४ लाख बराबरमा कारोबार सीमित भएको थियो । त्यस्तै, आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । याे बैंकको आज १६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।        

    आज सबै समूहको सूचकमा हरियाली छाएको छ । आज हाइड्रोपावर र फाइनान्स समूहको सूचक सात प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने आज व्यापार समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले मात्र उकालो लागेको छ । बाँकी सबै समूहको सूचकमा एक प्रतिशतदेखि ६ प्रतिशतभन्दा धेरैले सुधार आएको छ ।  

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १५ कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ भने नौ कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।  

    नेप्सेका अनुसार आज सबैभन्दा धेरै फाइदा कमाउनेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको लगानीकर्ता रहेका छन् । कम्पनी १० प्रतिशतभन्दा धेरैले फाइदामा गरेको छ । त्यस्तै, आज सबैभन्दा धेरै गुमाउनेमा सांग्रिला डेभलपमेन्ट बैंक डिभेञ्चर २०८७ का लगानीकर्ता रहेका छन् । बैंकको सेयर मूल्य चार प्रतिशतले ओरालो लागेको छ ।न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार १८:०३:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडा नेपाल

    राष्ट्र बैंकले गर्‍यो ३ तीन बैंक र पाँच फाइनान्सलाई कारबाही

  • 134
    SHARES
  • राष्ट्र बैंकले गर्‍यो ३ तीन बैंक र पाँच फाइनान्सलाई कारबाही

    काठमाडौं - नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो ।

    images

    राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सिसिडी अनुपात कायम नगरेकाले कम्पनीहरुलाई कारबाही गरेको जनाएको छ । 

    राष्ट्र बैंकले बंगलादेश बैंकलाई ३० हजार, प्रभु बैंकलाई ३५ हजार र हिमालयन बैंकलाई दुईपटक गरी कुल ३० हजार २१ रुपैयाँ जरिवाना गरेको छ ।

    त्यसैगरी, केन्द्रीय बैंकले गैरस्थलगत निरीक्षणको आधारमा विभिन्न फाइनान्स कम्पनीलाई पनि जरिवाना तिराएको छ । राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कुल निक्षेपको पाँच प्रतिशत राष्ट्र बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिराएकाे हो ।

    राष्ट्र बैंकले समृद्धि फाइनान्सलाई पहिलोपटक एक सय ३८ रुपैयाँ २७ पैसा, गुडवील फाइनान्सलाई भदौमा अनिवार्य मौज्दात कायम नपरेबापत दुई हजार आठ सय सात रुपैयाँ ९९ पैसा जरिवाना तिराइएको छ ।

    त्यस्तै, सिटी एक्सप्रेस फाइनान्सलाई दुई लाख ५९ हजार सात सय ५१ रुपैयाँ, जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार तीन सय आठ रुपैयाँ पर्याप्त विपन्न वर्ग कर्जा प्रवाह नगरेकाले जरिवाना तिराइएको छ । 

    त्यस्तै, राष्ट्र बैंकले विपन्न वर्गको कर्जा पर्याप्त प्रवाह नगरेकोमा ललितपुर फाइनान्सलाई सात लाख ११ हजार (प्रथम त्रैमास),ललितपुर फाइनान्सलाई ६ लाख ६७ हजार (दोस्रो त्रैमास) र ललितपुर फाइनान्सलाई ६ लाख ७८ हजार (तेस्रो त्रैमास) जरिवाना गरेको हो ।न्युज कारखाना
     


    कार्तिक ८, २०७८ सोमवार १८:४५:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक

  • क्यानाडा नेपाल