• Oct 23 2021 | २०७८, कार्तिक ६गते

२०७८, कार्तिक ६गते

अर्बपति एलन मस्कले रचे नयाँ इतिहास

क्यानाडा नेपाल भाद्र ३१ २०७८
  • 1.4K
    SHARES
  • images
    images
    अर्बपति एलन मस्कले रचे नयाँ इतिहास

    काठमाडौ - विश्वका सर्वाधिक धनाढ्य एलन मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले चार सर्वसाधरणलाई अन्तरिक्ष पठाएर अन्तरिक्ष विज्ञानको क्षेत्रमा नयाँ कीर्तिमान बनाएको छ । एरोस्पेस कम्पनीले इन्सपिरेसन–४ मिसनअन्तर्गत पहिलोपटक सर्वसाधरण सवार यात्रु  दललाई अन्तरिक्षमा पठाउन सफल भएको हो । 

    images

    स्थानीय समयअनुसार  बुधवार बिहान ५ बजेर ४८ मिनेटमा अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेंन्टरबाट सो मिसन सुरु भएको थियो । चारजना यात्री सवार फाल्कन ९ रकेट क्रु ड्रयागन क्याप्सुल बोकेर अन्तरिक्ष यात्राका लागि पृथ्वीबाट उडेको थियो ।

    अमेरिकन अर्बपति व्यापारी जैरेड आईज्याकम्यानले अन्तरिक्ष यात्राको प्रायोजन गरेका हुन् । अन्तरिक्षमा जाने अन्य तीन जनाको नाम आईज्याकम्यान आफैले छनौट गरेका थिए । अन्तरिक्ष विज्ञका अनुसार सन् १९७२ पछि पृथ्वीबाट सबैभन्दा धेरै उचाईमा पुग्ने पहिलो मानव अभियान हो । न्युज कारखाना

     


    भाद्र ३१, २०७८ बिहिवार २१:०४:४९ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # एलन मस्क

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    संसारकै लामो कान भएको यो कुकुरले राख्यो गिनिज बुकमा नाम

  • 1.4K
    SHARES
  • संसारकै लामो कान भएको यो कुकुरले राख्यो गिनिज बुकमा नाम

    काठमाडौं - धेरै मानिसहरुले आफ्नो अनौठो प्रतिभा देखाएर गिनीज बुक अफ वल्र्ड रेकर्ड राख्ने गर्छन् । यस्तै कुकुरले पनि वल्र्ड रेकर्ड राख्न सफल भएको छ ।

    images

    doggg.jpg

    अमेरिकाको उक्त कुकुरको कान १२ दशमलव ३८ इन्च लामो भएका कारण गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गर्न सफल भएको हो । लामो कान भएको उक्त कुकुरको नाम लु हो ।

    dogg.jpg

    लु ३ बर्षको पोथि कुकुर हो । यो कुकुरको कानको लम्बाई अरु कुकुर भन्दा एकदमै धेरै छ । जिबित कुकुरमा सबैभन्दा लामो कान भएकोमा रेकर्ड रहेको हो । लु कुकुरको मालिकनी पेइज ओल्सेन हुन् । उनले लु लाई घरमा माया गरेर पालेकी छिन् । लु को कान ठुलो हुँदै गएपछि ओल्सेनले उनले नापिन् ।

    dog.jpg

    कान धेरै ठुलो रहेको पाएपछि उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा निवेदन दिएकी थिइन् । कुकुरको कानको जाँच पनि उनले गराइन् । कुकुरमा कुनै शारिरिक समस्या नरहेको चिकित्सकले पनि बताए । 

     


     


    आश्विन १०, २०७८ आइतवार २१:३७:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुकुर

  • क्यानाडा नेपाल

    मदिराको कुलत छोडेका व्यक्तिको पेटबाट चिकित्सकले निकाले एक किलो काँटी, पेच र छुरी

  • 1.5K
    SHARES
  • मदिराको कुलत छोडेका व्यक्तिको पेटबाट चिकित्सकले निकाले एक किलो काँटी, पेच र छुरी

    भिलनिअस - लिथुआनियामाका चिकित्सकहरूले एक व्यक्तिको पेटबाट काँटी , पेच र छुरी गरि १ किलो फलामजन्य सामान निकालेका छन् । शल्यक्रियाका क्रममा उनको पेटबाट सो परिमाणमा फलामजन्य सामान निकालिएको हो । बल्लतल्ला मदिराको कुलत छोडेका ती व्यक्तिले फलामका सामान खान थालेका थिए । 

    images

    अत्यधिक पेट दुःखेको बताएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । एक्सरे गर्ने क्रममा उनको पेटभित्र ठूलो परिमाणमा फलामका टुक्राहरु देखिएका थिए । केही टुक्राहरु १० सेन्टिमिटरसम्म लामा थिए ।

    ‘तीन घन्टाको शल्यक्रियापछि बिरामीको पेटबाट सम्पूर्ण धातुजन्य सामाग्री निकालिएको छ,’ उनको शल्यक्रियामा संलग्नमध्येका एक डा. सारुनास दैलिदेनसले भने । 

    शल्यक्रियाबाट निकालिएको फलामका काँटी, छुरा र पेचलाई तस्विर तथा भिडियो खिच्न अस्पतालले स्थानीय सञ्चारकर्मी बोलाएको थियो । आफूले व्यक्तिको पेटबाट पहिलो पटक त्यति धेरै परिमाणमा सामान निकालेको देखेको क्लाइपेडा अस्पतालका चिकित्सक अलग्रिदास स्लेपाभिसिअसले बताए । 

    मदिरा पिउन छोडेपछि ती व्यक्तिले एक महिनादेखि फलामकासामाग्री निल्ने गरेको चिकित्सकले बताएका छन् ।  शल्यक्रियापछि ती व्यक्तिको अवस्था स्थिर छ । उनको व्यक्तिगत पहिचान गोप्य राखिएको छ । एजेन्सी
     


    आश्विन १७, २०७८ आइतवार ०८:२३:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शल्यक्रिया

  • क्यानाडा नेपाल

    १७ वर्षमै १३६ केजीका भए मोरङका गणेश, मोटोपन बढिरहेपछि चिन्तामा परिवार

  • 1.6K
    SHARES
  • १७ वर्षमै १३६ केजीका भए मोरङका गणेश, मोटोपन बढिरहेपछि चिन्तामा परिवार

    मोरङ - सामान्यत १७ वर्षीय नेपाली किशोरको तौल कति हुन्छ ? तपाइँहरूलाई लाग्न सक्छ, ४० केजी या ५० केजी वा त्योभन्दा बढी ? तपाइँहरूलाई पत्याउन गाह्रो पर्ला– मोरङ मिक्लाजुङ—४ का गणेश तामाङको तौल एक सय ३६ केजी छ भनेर सुन्दा । 

    images

    धेरै तौल भएकै कारण तामाङलाई डेढ किलोमिटर टाढा रहेको विद्यालय पुग्न पनि डेढ घण्टा लाग्छ । औसत मानिस त्यति बाटो १० मिनेटमा छिचोल्छन् । यही कारण उनलाई स्कुल पढ्न छोडौँ–छोडौँ जस्तो लाग्छ । उनी मोरङको मिक्लाजुङढ्ग–४ सफेवा माध्यामिक विद्यालय कक्षा–१० मा पढ्छन् ।

    ganesh-tamang-1.jpg

    विद्यालयका प्रधानाध्यापक कुलबहादुर तामाङका अनुसार गणेश कक्षा– १ मा पढ्दा नै ६० किलोका थिए । जन्मिएको ७ महिना मै गणेशको तौल ३० केजी भइसकेको थियो।

    गणेशको खानपान र दैनिकी सामान्य छ । घरको सानातिना काममा पनि उनी सघाउँछन् । तर, उनको शरीरले चाहेअनुसार काम गर्न दिँदैन । गणेश भन्छन्, ‘विद्यालय जान र आउन नै गाह्रो लाग्छ ।’

    मोटो शरीर भएकाले उनको नाम नै गणेश राखिदिएको बाबु मानबहादुरले बताए । तर, गणेश नामबाट उनी अहिले सन्तुष्ट छैनन्। उनले भने, ‘धेरैले हात्ती भनेर जिस्क्याउँछन्।’

    मोटो भएकोले उनलाई स्कुलका अधिकांश विद्यार्थीले नजिकबाट चिन्छन् । स्थानीय महेन्द्र थेगीम भन्छन्, ‘गणेश मोटो छ, हिँड्दा हल्लिँदै हिँड्छ । नयाँ मान्छेले देखे भने एकछिन उभिएर हेर्छन ।’ 

    स्कुलमा कोही पाहुना आए भने उसँग सेल्फी खिच्ने गर्छन् । गणेशको पढाइ भने सामान्य रहेको विद्यालयका प्रधानाध्यापक तामाङले बताए । शिशु कक्षादेखि सोही विद्यालयमा पढ्दै आएका गणेशको तौल केही वर्षयता आश्चर्य ढंगले बढिरहेको छ।

    मानबहादुरका दुई छोरा र दुई छोरी छन् । अरू सबैको तौल औसत मानिसको झैँ छ । गणेशको तौल नियन्त्रण गर्नका लागि उपचार गराउनसमेत आर्थिक अभाव रहेको उनकी दिदी सरस्वतीले बताइन् ।

    ‘भाइ धेरै पढेर शिक्षक बन्छु भन्छ। आर्थिक अभावले पढाउन र उपचार गर्न समस्या छ,’ सरस्वतीले भनिन्, ‘गाउँको पढाइ सकेर अन्यत्र गएर पढाउन भाइलाई मोटो शरीरले गाह्रो हुन्छ ।’ 

    १७ वर्षको उमेरमै उनको तौल एक सय ३५ किलो पुगिसकेको छ । उनको तौल यही हिसाबले बढ्ने हो भने के होला ? तामाङ परिवारका लागि अहिले ठूलो चिन्ताको विषय बनेको छ ।न्युज कारखाना

     
     


    आश्विन १७, २०७८ आइतवार ११:४७:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोटोपन

  • क्यानाडा नेपाल

    यी हुन् भारतका पाँच अर्बपति, कसको कति सम्पत्ति ?

  • 1.3K
    SHARES
  • यी हुन् भारतका पाँच अर्बपति, कसको कति सम्पत्ति ?

    नयाँ दिल्ली - छिमेकी मुलुक भारतमा दिनहुँ अर्बपतिहरुको संख्या बढ्दो छ । कोभिड महामारीबीच भारतीय अर्थतन्त्रमा निरन्तर बृद्धि भइरहेको छ । प्रस्तुत छ भारतका पाँच अरबपति 

    images

    मुकेश अम्बानी
    भारतका अर्बपति व्यापारी र चर्चित रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश धिरुभाइ अम्बानी बिगत १० वर्षदेखि भारतको सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् । यसै वर्ष आइआईएफएल वेल्थ एन्ड हुुरुन इन्डियाले सार्वजनिक गरेको एक तथ्यांकअनुसार अम्बानीको ९६ अर्ब ६० करोड डलर सम्पत्ति छ । 

    गौतम अडानी 
    अडानी ग्रुपका संस्थापक तथा अध्यक्ष गौतम अडानी भारतका दोस्रो धनाढ्य हुन् ।  सन् २०२१ को फोब्र्सको रिपोर्टअनुसार  अडानी एशियाको दोस्रो र संसारकै १३ औं धनी व्यक्ति हुन् । आइआईएफएल वेल्थ एन्ड हुुरुन इन्डियाको सर्बेक्षणअनुसार अडानीको ६५ अर्ब ६६ करोड सम्पत्ति छ । 

    शिव नाडार
    एचसीएल टेक्नोलोजिका संस्थापक तथा अध्यक्ष शिब नाडारको ३० अर्ब ७५ करोड डलर बराबरको सम्पत्ति छ । कोभिडका कारण भारतको ट्राभल, हस्पिटालिटी र रिटेल क्षेत्र प्रभावित भए पनि नाडारको सम्पत्ति भने निरन्तर बढिरहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् । 

    एसपी हिन्दुजा 
    भारतमा जन्मिएका ब्रिटीश अर्बपति तथा लगानीकर्ता श्रीचन्द परमानन्द हिन्दुजा भारतका चर्चित उद्योगपति हुन् । उनी हिन्दुजा ग्रुप अफ कम्पनीका अध्यक्ष र प्राइमरी सेयरहोल्डर हुन् । 
    २८ अर्ब ६० करोड डलर सम्पत्तिका मालिक एसपी हिन्दुजा  र उनको परिवारको स्वामित्वको अशोक लेल्यान्ड र इन्डसइन्ड बैंक एशियामा नै चर्चित कम्पनी हुन् । हुरुनको रिपोर्टअनुसार सेयर मुल्यमा भएको बृद्धिसँगै उनका कम्पनीले उल्लेख्य प्रगति गरेका छन् । मुम्बई, लन्डन र जेनेभामा रहेर हिन्दुजा ब्रोदर्सले आफ्ना कम्पनीहरू चलाउँदै आएका छन् । 

    लक्ष्मी मित्तल
    स्टिल उत्पादनमा चर्चित नाम लक्ष्मी मित्तल भारतका पाँचौं धनाढ्य हुन् । उनको २२ अर्ब ६७ करोड डलर सम्पत्ति छ । उनको स्वामित्वमा रहेको बहुराष्ट्रिय स्टिल निर्माता कम्पनी आर्सेलरमित्तलको प्रधान कार्यालय लक्जेम्वर्गमा छ ।  आर्सेलर र मित्तल स्टिलको मर्जपछि सन् २००६ मा आर्सेलरमित्तल स्थापना गरिएको थियो । निर्माण, पूर्वाधार र नविकरणीय उर्जाको क्षेत्रमा आर्सेलरमित्तलबाट उत्पादित सामाग्रीको माग बढ्दो छ । एजेन्सी


    आश्विन १९, २०७८ मंगलवार ०९:०१:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्बपति

  • क्यानाडा नेपाल

    रुमेसा बनिन् विश्वकै अग्ली महिला, हिड्छिन् ह्वीलचेयरको सहायतामा

  • 1.2K
    SHARES
  • रुमेसा बनिन् विश्वकै अग्ली महिला, हिड्छिन् ह्वीलचेयरको सहायतामा

    अंकारा - टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ । गिनिज वल्र्ड रेकर्डले यसै साता उनलाई विश्वकै जीवित अग्लो महिलाको मान्यता दिएको हो । 

    images

    उनी जन्मदै विभर सिन्ड्रोम नामक एउटा दुर्लभ वंशानुगत समस्याबाट पीडित थिइन् । विज्ञहरुका अनुसार यस्तो समस्याबाट पीडित व्यक्तिको अस्वभाविक उचाई बढ्छ । ‘रुमेसालाई विश्वकै अग्लो महिला घोषणा गर्न पाउँदा हामी अत्यधिक खुसी छौं,’ गिनिज वल्ड रेकर्डले एउटा प्रेस बिज्ञप्तिमा भनेको छ । 

    skynews.jpg

    वाकिङ फ्रेमको सहायतामा हिड्ने रुमसेलले भनिन्, ‘भिन्नु हुनु अरु व्यक्तिले सोचेजस्तो खराबी होइन । यसले तपाईलाई अप्रत्यासित सफलता दिन्छ ।’ ‘विभर सिन्ड्रोमका विरामीबारे सचेता बृद्धि गर्न मैले सहयोग गर्नेछु भन्ने मलाई विश्वास छ । ’ विश्वकै अग्लो महिलाको उपाधिबाट सम्मानित भएपछि रुमसेलाले भनिन् । 

    उनी ह्वीलचेयरको सहायतामा मात्र हिडडुल गर्न सक्छिन् । विश्वकै अग्ला पुरुष टर्कीकै सुल्तान खोसान हुन् । उनको उचाई ८ फिट २ दशमलब ८ इन्च छ । रुमेसाको यो दोस्रो विश्व रेकर्ड हो । सन् २०१४ मा १८ वर्षको उमेर उनी विश्वकै अग्लो किशोरी बनेकी थिइन् । यसअघि अमेरिकाकी सान्ड्रा एनेन विश्वकै अग्ली महिला बनेकी थिइन् ।एजेन्सी 
     


    कार्तिक ४, २०७८ बिहिवार २१:५८:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अग्ली महिला

  • क्यानाडा नेपाल

    संसारकै सबैभन्दा ठूलो डाइनोसोर प्रजातिको अवशेष महँगो मूल्यमा बेचियो

  • 284
    SHARES
  • संसारकै सबैभन्दा ठूलो डाइनोसोर प्रजातिको अवशेष महँगो मूल्यमा बेचियो

    काठमाडौं - अहिलेसम्म फेला परेको ६.५ करोड वर्ष पुरानो संसारको सबैभन्दा ठूलो डाइनोसोर प्रजाति (ट्राइसेरेटप्स)को अवशेष ७.७ मिलियन अमेरिकी डलर (करिब ९३ करोड रुपैयाँ)मा बेचिएको छ । 

    images

    स्नेहसाथ ‘बिग जोन’ नाम दिइएको उक्त अवशेष सुरुमा करिब १.७ मिलियन अमेरिकी डलर (१.५ युरो) मा लिलामीमा राखिए पनि त्यसभन्दा बढी मूल्यमा बेचिएको हो ।  

    फ्रान्सको पेरिसस्थित ‘ड्रोउट अक्सन हाउस’मा बिहीबार दिउँसो कारोबार भएको थियो, जहाँ ‘बिग जोन’लाई अन्य संकलित अवशेष, उल्कापिण्ड र अन्य प्राकृतिक इतिहास झल्काउने कलाकृतिसँगै राखिएको थियो ।

    उत्खननपछि माटोले पुरिएको उक्त डाइनोसरको अवशेष इटालीमा सुरक्षित रूपमा संगृहित गरिएको थियो, जहाँ पुरातत्वविद्ले यसको वास्तविक आकार पत्ता लगाएका थिए । करिब ९ फिट लामो खप्पर तथा साढे ६ फिट चौडाइ रहेको ‘बिग जोन’को अस्थिपञ्जर अझै ६० प्रतिशतभन्दा बढी दुरुस्त छ । युकेको नेचर हिस्ट्री म्युजियमका अनुसार ट्राइसेराटप्स खप्पर उद्विकासका क्रममा भएको प्राप्ति हो र यो उभयचरमध्ये अनाैँठो पनि हो । 

    यद्यपि, ‘बिग जोन’को बिक्रीबाट सबैजना उत्साहित हुने स्थिति चाहिँ छैन । यसअघि, सन् २०२० सेप्टेम्बरमा टिरानोसरस रेक्स (स्टान) अवशेष अघिल्ला कीर्तिमान तोड्दै ३१.८ मिलियन अमेरिकी डलर (करिब साढे तीन अबै रुपैयाँ) मा बिक्री गरिएको थियो । यसप्रति सोसाइटी अफ भर्टेब्रेट प्यालेन्टोलोजी (एसभिपी) अक्सन हाउसमा विशेष चासो देखाएको थियो ।

    ‘अवशेषका नमूना निजी व्यक्तिलाई बेच्नु भनेको सम्भवतः विज्ञानका लागि नोक्सानी हो,’ एसभिपीले भनेको छ, ‘यदि वैज्ञानिकलाई अध्ययनका लागि पहुँच दिइए पनि निजी स्वामित्वमा रहेको नमूनाको सूचनाको दायरा सीमित हुन्छ र भविष्यमा अन्य अनुसन्धाताले यस्तो पहुँच पाउँछन् भन्ने कुनै ग्यारेन्टी हुँदैन ।  तसर्थ, वैज्ञानिक दाबीलाई प्रमाणीकरण गर्न मुस्किल पर्छ ।’एजेन्सी


    कार्तिक ५, २०७८ शुक्रवार १४:१९:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डाइनोसोर

  • क्यानाडा नेपाल