• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

झमेलामा फसे सोनु सुद, घर र होटलसहित ६ स्थानमा पुग्यो आयकर विभाग 

क्यानाडा नेपाल भाद्र ३१ २०७८
  • 902
    SHARES
  • images
    images
    झमेलामा फसे सोनु सुद, घर र होटलसहित ६ स्थानमा पुग्यो आयकर विभाग 

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् सोनु सुद । कोरोना प्रभावितलाई सहयोग गरेर पछिल्लो समय उनी रियल लाईफका हिरो नै बनेका छन् । दुख परेकाहरुकाहरुलाई सहयोग गरेर भगवान बनेर चौतर्फि चर्चा पाएका सोनु अहिले एक झमेलामा फसेका छन् । 

    images

    उनको घरमा आयकर विभागले छापा मारेको छ । भारतिय मिडियाका अनुसार उनको घर र होटलसहित ६ स्थानमा आयकर विभागले छापा मारेको बताइएको छ । लगातार २० घन्टासम्म छापा मारेर आयकर विभागका कर्मचारीहरु सोनुका केही कागजपत्र लिएर गएका छन् । 

    विभागले उनको आम्दानीको स्रोत, बैंक खाता लगायतको खोजी गरिरहेको छ । सोनु दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टीसँग जोडिन लागेकोले उनको घर र होटलमा विभागले छापा मारेको बताइएको छ ।

    घरमा छापा मारेको थाहाँ पाएपछि केजरीवालले सोनुको जित हुने विश्वास रहेको भन्दै सामाजिक सञ्जालमा स्टाटस पनि लेखेका छन् । 


    भाद्र ३१, २०७८ बिहिवार १३:३१:१६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # सोनु सुद

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    ‘केजिएफ २’ मा यशसँग नोरा फतेहीको आइटम, फिल्ममा यश झनै शक्तिशाली देखिने

  • 352
    SHARES
  • ‘केजिएफ २’ मा यशसँग नोरा फतेहीको आइटम, फिल्ममा यश झनै शक्तिशाली देखिने

    काठमाडौं - पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो ‘केजिएफ २’ । सार्वजनिक टिजरले बनाएको रेकर्डले पनि दर्शकमा फिल्मलाई लिएर रहेको उत्साह प्रस्टियो । यसैले गर्दा पनि यश फिल्मसँग जोडिएकाे खबरले मिडियामा राम्रो स्थान पाउने गरेका छन् ।

    images

    फिल्म सन् २०२२ अप्रिलमा रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ । दर्शकको अपेक्षाभन्दा धेरै पर रिलिज तोकिएको फिल्ममा नोरा फतेही पनि देखिने भएकी छिन् । फिल्ममा आइटम गीत राखिने छ, जहाँ दर्शकले यशसँग नोरालाई देख्न पाउनेछन् । बलिउडमा आइटम गर्ल भनेर चिनिएकी नोरासँग यशको डान्स हेर्न फ्यान उत्साहित छन् । यसको पहिलो सिरिजमा पनि मौनी रोय र तमन्ना भाटियाको आइटम डान्स दर्शकले हेर्न पाएका थिए ।

    सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलरदेखि नै चर्चामा रहेका यश रिलिजपछि फ्लोअर्स बढाउन सफल भए । फिल्ममार्फत उनको स्टारडम बढिरहँदा यसको सिक्वेललाई लिएर फ्यान प्रतीक्षित बनेका हुन् ।

    सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी, रविना टन्डन पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् सञ्जय दत्त पनि देखिनेछन् । उनले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्टझैँ पाँच भाषामा रिलिज हुनेछ ।न्युज कारखाना 


    कार्तिक ५, २०७८ शुक्रवार १४:०१:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केजिएफ २

  • क्यानाडा नेपाल

    'इन्शाल्लाह’ मा ऋतिक र आलियाको रोमान्स

  • 242
    SHARES
  • 'इन्शाल्लाह’ मा ऋतिक र आलियाको रोमान्स

    काठमाडौं - पछिल्लो समय निर्देशन सञ्जयलीला भन्साली एकपछि अर्को फिल्ममा व्यस्त भइरहेका छन् । उनले अहिले पिरियड ड्रामा जनरका फिल्म बनाइरहेका छन् । देवदास, हम दिल दे चुके सनम जस्ता लभस्टोरी फिल्म दर्शकसमक्ष ल्याइसकेका उनले अब लभस्टोरी फिल्म ल्याउने तयारीमा छन् । 

    images

    उनले केही समय अगाडि 'इन्शाल्लाह’ निर्देशनसँगै निर्माण गर्ने घोषणा गरेका थिए । घोषणा गरिएको स्टारकास्ट सलमान खानसँग कुरा नमिल्दा फिल्मको काम शुरु भएको छैन । सञ्जयले आलिया भट्टलाई लिएर 'गंगुवाई कठियावाडी' निर्देशन गरिसकेका छन् । 

    अब भने भन्सालीले फिल्म 'इन्शाल्लाह' को काम अगाडि बढाउने तयारी गरेका छन्। उनले फिल्मका लागि 'गुजारिस' मा सँगै काम गरेका अभिनेता ऋतिक रोशनसँग कुराकानी अगाडि बढाएका छन् ।

    पछिल्लो समय एक्सन र सोसल ड्रामा फिल्ममा देखा परिरहेका ऋतिक पनि लभस्टोरी फिल्म दर्शकसमक्ष ल्याउन चाहन्छन । दर्शकका लागि पनि ऋतिक र आलियाको जोडी फ्रेस हुनेछ ।  


    कार्तिक ५, २०७८ शुक्रवार २०:३६:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इन्शाल्लाह

  • क्यानाडा नेपाल

    फिल्म सुटिङको लागि मनाङमा अनुपम, परिणिती र बोमन

  • 2.0K
    SHARES
  • फिल्म सुटिङको लागि मनाङमा अनुपम, परिणिती र बोमन

    +काठमाडौंँ - गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । 

    images

    लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्य छायांकन गरिरहेको छ । दुई दिनअगाडि नै प्राविधिक पुगेर छायांकनको लागि तयारी सकेपछि फिल्मका मुख्य कलाकारहरू अनुपम खेर, परिणिती चोपडा र बोमन इरानी पनि मनाङ पुगेका छन् । 

    आठ दिनको सेड्युल लिएर मनाङमा पुगेको युनिटले निर्धारित समयमा नै छायांकन सकाएर फर्किनेछ । दुई दिन छायांकन नहुने भएपछि फिल्मका मुख्य कालाकारहरू अनुपम, बोमन र परिणिती काठमाडौंँ फर्किएका थिए । उनीहरू शुक्रबार मनाङ पुगेका हुन् । 

    जहाँ उनीहरूलाई स्थानीय परम्पराअनुसार स्वागत गरिएको छ । अनुपम स्थानीय संस्कृतिसँग घुलमिल भइरहेको आभास उनको सामाजिक सञ्जालमार्फत सहजै लगाउन सकिन्छ । नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले मौसमले केही समस्या ननिम्त्याए निर्धारित समयमै छायांकन सकेर फिल्म युनिट काठमाडौं हुँदै भारत फर्किने बताए ।

    मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडालगायतको अभिनय रहेको छ । यद्यपि, सो फिल्म सुटिङका लागि अमिताभ बच्चन भने नेपाल आएका छैनन् । 

    चार जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ । 

    नेपालमा ३० दिनको छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । न्युज कारखाना 


    कार्तिक ६, २०७८ शनिवार ०८:०२:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनुपम खेर

  • क्यानाडा नेपाल

    शाहरुख खानका छोरा आर्यनले भने- मलाई फसाइयो 

  • 192
    SHARES
  • शाहरुख खानका छोरा आर्यनले भने- मलाई फसाइयो 

    काठमाडौं - बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान यतिबेला जेलमा छन् । उनीसहित आठजनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरिरहेको छ ।

    images

    आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भए पनि उनलाई हाल मुम्बईस्थित आर्थर रोड जेलमा राखिएको छ । सबैलाई एउटै मुद्दा बनाएर एनसीबीले कारबाही गरिरहेको छ । आर्यनको जमानत दुईपटक खारेज भएपछि उनको वकिलले मुम्बई हाई कोर्टमा जमानतका लागि अपिल गरेका छन् । जसको सुनुवाइ २६ अक्टोबरमा हुँदैछ । 

    अपिलमा आर्यनले आफूलाई एनसीबीले फसाउने नियत राखेको आरोपसमेत लगाएका छन् । ‘मेरो ह्वाटएप्स च्याटलाई गलत तरिकाले बाहिर ल्याइएको छ,’ आर्यनले अपिलमा भनेका छन्, मैले ड्रग्स सेवन गरेको छैन र मसँग केही प्रतिबन्धित सामग्री भेटिएको पनि छैन तर पनि म जेल बस्न बाध्य छुँ ।’ उनले पार्टीमा आफूले अरबाज र आचित नामक दुई साथीलाई मात्र चिनेको खुलाएका छन् । आर्यनले अपिलमा आफूलाई फसाउने षड्यन्त्र भइरहेको जनाउँदै न्यायका लागि यहाँसम्म आएको उल्लेख गरेका छन् । 

    हालै एनसीबीले आर्यनको घर मन्नतमा समेत छापा मारेको थियो । यद्यपि त्यहाँ के पाइयो भन्ने विषयमा केही खुलाइएको छैन । यसका साथै ह्वाटएप्स च्याट अभिनेत्री अनन्या पाण्डेसँग लिंक भएको भन्दै त्यहाँसमेत एनसीबीले छापा मारेको छ । बिहीबार एनसीबीले छापा मरेपछि अनन्यालाइ सोधपुछका लागि बोलाउनुका साथै ल्यापटप र मोबाइलसमेत सिज गरेको थियो । 


    कार्तिक ७, २०७८ आइतवार ०९:५१:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आर्यन खान

  • क्यानाडा नेपाल

     जेलमा धार्मिक पुस्तक पढेर समय बिताउदै शाहरुखका छोरा आर्यन 

  • 238
    SHARES
  •  जेलमा धार्मिक पुस्तक पढेर समय बिताउदै शाहरुखका छोरा आर्यन 

    काठमाडौं - बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अहिले जेलमा छन् । पक्राउ परेका आर्यनसहित आठजनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले कारबाही गरिरहेको छ ।
     
    पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ  परेका आर्यनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भए पनि उनलाई हाल मुम्बईस्थित आर्थर रोड जेलमा राखिएको भारतिय मिडियाका जनाइएको छ । 

    images

    अहिले एनसीबीले सबैलाई एउटै मुद्दा बनाएर कारबाही गरिरहेको छ । जेलमा रहेका आर्यन समयबिताउन अहिले पुस्तकहरु पढिरहेका छन् । उनलाई कारागार पुस्तकालयबाट पुस्तकहरू उपलब्ध गराइएको छ । 

    उनले जेलभित्र भगवान् राम र माता सीताको जीवनचरित्र अध्ययन गरिरहेको बताइएको छ । जेलमा धार्मिक पुस्तक मात्र पढ्न पाइने हुनाले आर्यललाई सो पुस्तक उपलब्ध गराइएको हो । 

    आर्यनको जमानत दुईपटक खारेज भएपछि उनको वकिलले मुम्बई हाई कोर्टमा जमानतका लागि अपिल गरेका छन् । जसको सुनुवाइ २६ अक्टोबरमा हुँदैछ । 
     


    कार्तिक ७, २०७८ आइतवार १२:५०:३८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सैफ र रानी १२ वर्षपछि एकसाथ देखिए, 'बन्टी और बबली २' को रमाइलो ट्रेलर सार्वजनिक

  • 142
    SHARES
  • सैफ र रानी १२ वर्षपछि एकसाथ देखिए, 'बन्टी और बबली २' को रमाइलो ट्रेलर सार्वजनिक

    काठमाडौं - फिल्म 'बन्टी और बबली २' को ट्रेलर सार्वजनिक भएको छ । सैफ अली खान र रानी मुखर्जीको मूख्य अभिनय रहेको यस फिल्मको ट्रेलर सोमबार युट्युबमा सार्वजनिक भएको हो । सैफ र रानी करीब १२ वर्षको अन्तरालपछि एकसाथ देखिखैछन् । 

    images

    यशराजको यस फिल्मको ट्रेलर छोटो समयमा नै धेरै रुचाइएको छ । ३ मिनेट ११ सेकेण्डको ट्रेलर निकै रमाइलो छ ।  फिल्ममा पुलिसको भूमिका पंकज त्र‍िपाठीले निर्वाह गरेका छन् । 

    वरुण वी शर्मा निर्देशनमा बनेको यस फिल्ममा रानी गृहणी महिला विम्मी त्रिवेदीको भूमिकामा छिन् र सैफले राकेश त्रिवेदीको भूमिका निर्वाह गरेका छन् । फिल्म १९ नोभेम्बरमा प्रदर्शनमा आउनेछ । 


    कार्तिक ८, २०७८ सोमवार १८:३६:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बन्टी और बबली २

  • क्यानाडा नेपाल