जेठ ८, २०७९ आइतबार | Sun May 22 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाली हात फर्किन पर्यो फातेमा सुमार



काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातेमा सुमार नेपाल भ्रमण गरेर दुई दिन अघि अमेरिका फर्किसकेकी छिन् । नेपालले एमसीसी परियोजना पारित गराउन ढिलाई गरिरहेको बेला फातिमा नेपाल आएर राजनीतिक दलहरु बीच सहमति जुटाउने कोशिस गरेकी थिईन ।

एमसीए नेपाल निकट श्रोतका अनुसार फातिमा सुमारले नेपाल भ्रमणको बेला शिर्ष नेताहरुलाई सहमति गराउन गरेको पहलले कुनै सकारात्मक फल दिएन । फातिमाले एमसीसी परियोजना बारे रहेको भ्रमलाई प्रष्टाउने साथै शिर्ष नेताहरुलाई कन्भिन्स गराएर संसदबाट पारित गराउने माहोल बनाउने योजना सहित नेपाल भ्रमणमा आएकी थिईन तर फातिमा खाली हात अमेरिका फर्केको श्रोतको दाबी रहेको छ ।

फातिमाले नेपाल भ्रमणको सुरुवात नै प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेकी थिईन । केपी शर्मा ओलीले आफ्नो पार्टीको एमसीसी अनुमोदन गराउन ठूलो हात नरहेको जिकिर गरेका थिए । आफूले संसदमा टेबुल गर्न खोज्दा सभामुखले चासो नदिएको कुरा समेत प्रष्टाएका थिए अध्यक्ष ओलीले । संसदमा बहुमत यहि गठबन्धनको सरकारसंग रहेकाले एमसीसी अनुमोदन गराउन एमालेको कुनै भूमिका नरहने कुरा ओलीले फातिमासंगको भेटमा बताएका थिए ।

fatimanews.jpg

फातिमाले ओलीसंगको भेट पश्चात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसंग भेट गरेकी थिईन । प्रचण्ड र माधव नेपालसंगको छुट्टा छुट्टै भेटमा दुवै अध्यक्षले एमसीसी पारित हुन सक्ने तर यसका केही बुँदाहरुले देशको राष्ट्रियता माथि आंच आउने केहि गर्दैन भन्ने प्रष्ट नभए सम्म अहिले नै पारित नहुने बताएका थिए । तर नेपालको हितका लागि सर्तहरु नराखी एमसीसी पारित गर्नुपर्छ भन्ने जोड दुवै नेताहरुको थियो ।

जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराईले भने एमसीसी बारे धेरै भ्रम फैलाएको कारण अहिले नकारात्मक असर परेको हो तर एमसीसी पारित हुन्छ भन्ने कुरामा विश्वस्त हुन फातिमालाई आग्रह गरेका छन् । डा भट्टराईले ट्विटरमा समेत एमसीसीको समर्थन र भ्रम बारे आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भने प्रचण्ड अडिग नभएका कारण अहिले गठबन्धनको सरकारले एमसीसी संसदमा पेस गर्न नसकेको उल्लेख गरेका छन् । फातिमासंगको भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नुपर्छ तर प्रचण्डले अहिले आएर खुट्टा कमाएको कारण संसदमा टेबुल नभएको जिकिर गरेका छन् । 

fatimasumarthumb.jpg

प्रधानमन्त्री देखि विपक्षी दलका नेताहरुसंग भेटवार्ता गरेपछि फातिमाले अहिले पारित हुने कुनै सम्भावना नदेखेको श्रोतको दाबि रहेको छ । फातिमाले सहमति जुटाएर फर्किने आशा राखेकी थिइन तर उनको भ्रमण कै क्रममा एमसीसी विरुद्ध विरोध झन् चर्किएको थियो जसका कारण न उनले भ्रमहरुलाई चिर्न सकिन् न त शिर्ष नेताहरु बीच सहमति जुटाउन सकिन् ।

प्रधानमन्त्रीले मात्रै चाहेर अहिले संसदमा टेबुल नहुने बुझेकी फातिमा खाली हात अमेरिका फर्किएकी थिईन । फातिमाले एमसीसी राजनीतिक एजेण्डाको रुपमा प्रयोग भएको देखिएकाले सरकारदेखि प्रमुख राजनीतिक दलका नेताहरुलाई पास गर्नुस नत्र फिर्ता लान्छौं भनेर अल्टिमेटम समेत दिएकी छिन् ।

प्रकाशित मिति : भाद्र ३०, २०७८ बुधबार  ७ : ४७ बजे