• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

'एमसीसी पारित नगर्दा ओली सरकार ढल्यो, अहिले देउवा दबाबमा छन्'

मोनीका सिंह भाद्र २९ २०७८
  • 836
    SHARES
  • 'एमसीसी पारित नगर्दा ओली सरकार ढल्यो, अहिले देउवा दबाबमा छन्'

    काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टी नेकपाले अहिले एमसीसी परियोजनालाई फिर्ता पठाउनु पर्ने माग सहित देशभर आन्दोलन घोषणा गरेको छ । हिजो राजधानीमा बृहत सभा आयोजना गर्दै आन्दोलनको सुरुवात गरेको छ ।

    images

    नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा 'प्रकाण्ड'ले अमेरिकाको नियत नेपाललाई आफ्नो मुट्ठीमा राख्ने भएकाले एमसीसी परियोजना नेपालमा ल्याउन खोजेको आरोप लाएका छन् । अमेरिकाले नेपालमा विकास भन्दा बढी संसारमा आफ्नो शक्ति र प्रभाव बढाउन एमसीसी परियोजना देखाएर नेपालको राजनीतिमा हस्ताछेत गर्न खोजेको प्रकाण्डले प्रष्टाएका छन् ।

    क्यानाडा नेपालको प्रस्तुति सार्थक प्रश्नमा प्रकाण्डले भने, "अमेरिकाले हाम्रो देशमा आफ्नो प्रभाव बढाउन खोजेको हो जसले गर्दा हाम्रो छिमेकी राष्ट्र चीनसंग आफ्नो शक्ति र प्रभाव बढाउन सकोस त्यसैले एमसीसी परियोजना अनुदानको रुपमा दिएर धेरै सर्तहरु राखेको छ । हाम्रो पार्टीको माग भनेको संसोधन गरेर पारित होईन यो परियोजना फिर्ता नै पठाउनु पर्छ भन्ने हो ।"

    प्रकाण्डले भने, "केपी ओली सरकार ढल्नुको एक कारण भनेको एमसीसी पारित गराउन नसक्नु पनि हो । एमसीसी कसले पारित गर्ने भन्ने होड बाजी दलहरु बीच चलेकोले गर्दा एमसीसीको खुलेर समर्थन र विरोध कसैले गर्न नसकेका हुन् । शेरबहादुर देउवाले पास गराउछु त भनेका छन् तर सम्भव देखिदैन ।"

    चीनले नेपालको राष्ट्रियता माथि असर पर्ने कुनै काम नगरेकोले अमेरिकाको एमसीसी परियोजना पास गराएर छिमेकी राष्ट्रहरुलाई समेत असर पर्ने गरि कुनै कदम चाल्न नहुने प्रकाण्डको भनाई रहेको छ । 

    एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको कारण आफ्नो पार्टीले आन्दोलन गरि दबाब सृजना गरेर पारित हुन नदिने कुरा प्रकाण्डले उल्लेख गरेका छन् ।

    prakandathumbnail.jpg


    भाद्र २९, २०७८ मंगलवार २०:५६:१० बजे : प्रकाशित

    images

    मोनीका सिंह

    अर्कोसमाचार

    महाधिवेशनमा हार्ने, अहिले अध्यक्ष खोज्ने अनि दोष केपी ओलीलाई लाउने ? यहि हो माधव नेपालको विधि र पद्धति ?

    मोनीका सिंह

    भाद्र १३

  • 1.5K
    SHARES
  • महाधिवेशनमा हार्ने, अहिले अध्यक्ष खोज्ने अनि दोष केपी ओलीलाई लाउने ? यहि हो माधव नेपालको  विधि र पद्धति ?

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलका अनुसार माधव नेपालले नै विधि, पद्धति बिर्सेपछि सहमति हुन नसकेको कुरा बताएका छन् । सहमति गराउने कोशिस असफल हुनुमा माधव नेपाल नै जिम्मेवार रहेको उल्लेख गरेका छन् ।

    images

    क्यानाडा नेपालको कार्यक्रम सार्थक प्रश्नमा कुराकानी गर्दै नेता ईश्वर पोखरेलले भने, "एमाले फुटेको होईन केही व्यक्तिहरु मात्र निस्किएर जानुभएको हो । सहमति गराउन नखोजेको पनि होईन तर माधव नेपालको माग नै पूरा नहुने थियो । महाधिवेशन मा केपी ओली संग हारेको मान्छे ले अहिले केपी ओली संगै अध्यक्ष मागेर सहमति हुन्छ होला र ? "

    अष्टलक्ष्मीले धोका दिएको भन्दै मुख्यमन्त्रीबाट हटाउन माधव नेपालको गठबन्धनलाई दबाब अष्टलक्ष्मीले धोका दिएको भन्दै मुख्यमन्त्रीबाट हटाउन माधव नेपालको गठबन्धनलाई दबाब केपी ओली र महेश बस्नेतलाई छोडेका किसान श्रेष्ठको मन्त्री बन्न माधव नेपाललाई दबाब केपी ओली र महेश बस्नेतलाई छोडेका किसान श्रेष्ठको मन्त्री बन्न माधव नेपाललाई दबाब

    नेता पोखरेलले भने, "माधव नेपाल आफै विधि, पद्धतिको कुरा गर्ने अनि हारेको मान्छेले बार्गेनिंग गरेर अध्यक्ष पद खोज्नु कत्ति उपयुक्त होला ? अनि दोष जति सबै केपी ओलीलाई लाउने ? यही हो माधव नेपालको विधि, पद्धति ?"

    माधव नेपालले पार्टी छोड्नुमा अध्यक्ष केपी ओलीको पनि त दोष होला नि भन्ने प्रश्नमा नेता पोखरेलले भने, "दोष एकजनाको मात्र भन्ने पनि होईन अध्यक्ष केपी ओलीको पनि होला तर त्यो त पार्टीभित्र बसेर मुल्यांकन गर्ने होला नि बाहिर बाहिर बैठक गरेर होईन होला । केपी ओलीको पनि दोष होला तर यो समस्यालाई जटिल बनाउने माधव नेपाल नै हुन् ।"

    नेकपा एमाले अब महाधिवेसन तर्फ जाँदै गर्दा ईश्वर पोखरेलको उमेद्द्वारी अध्यक्षको लागि हुन्छ कि हुदैन भन्ने प्रश्नमा ईश्वर पोखरेलले भने, "म अध्यक्षको लागि उठ्ने वा नउठ्ने भन्ने कुरा मैले चाहेर भन्दा पनि पार्टी र कार्यकर्ताले चाहेपछि मात्र  हुने कुरा हो । त्यसैले अहिले यस बारे केहि योजना बनेको छैन ।"

    माधव नेपाल समूह चोईटिएर जाँदा नेकपा एमालेलाई कतिको असर पर्छ भन्दा ईश्वर पोखरेलले कुनै असर नपर्ने बताएका छन् । जनता सामू जे हो कुरा प्रष्टसंग राखेकोले गर्दा जनताले सहि र गलतलाई मुल्यांकन गर्ने कुरामा विश्वस्त रहेको नेता पोखरेलले जनाएका छन् ।


    भाद्र १३, २०७८ आइतवार ११:५४:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ईश्वर पाेखरेल

  • मोनीका सिंह

    बामदेव गौतम बार्गेनिंगमा व्यस्त

    मोनीका सिंह

    भाद्र १४

  • 1.2K
    SHARES
  • बामदेव गौतम बार्गेनिंगमा व्यस्त

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपालले नयाँ पार्टी दर्ता गरेपछि एमाले पार्टीबाट राजिनामा दिएर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने निर्णय सार्वजनिक गरेका थिए तर पार्टी दर्ता भएको एक हप्ता पुग्न लाग्दासम्म पनि बामदेव गौतमले एमालेबाट राजीनामा दिएका भने छैनन् ।

    images

    बामदेव गौतमले नयाँ पार्टी दर्ताको प्रक्रिया सकिने बित्तिकै आफू एमालेबाट राजीनामा दिने र माधव नेपालको पार्टीमा प्रवेश गर्ने कुरा मिडियामा आएरै भनेका थिए तर अहिले एमालेबाट राजिनामा दिने कुनै सुरसार गरेका छैनन् । बामदेव गौतमले माधव नेपाललाई सुरुदेखि नै नयाँ पार्टी दर्ता गर्न प्रोत्साहन गरिरहेका थिए । तर अहिले एमाले परित्याग गरेर एकीकृत समाजवादी जान बामदेवले आनाकानी गरिरहेका छन् ।

    बामदेव गौतमले आफूलाई पार्टीमा राम्रो ठाउँ दिनुपर्ने माग राखिरहेका छन् । माधव नेपाल र केपी ओलीसंग अहिले बामदेव गौतम बार्गेनिंग गरिरहेका छन् । माधव नेपाललाई एकीकृत समाजवादीमा आफूलाई दोश्रो अध्यक्ष वा सरकारमा जाँदा उप-प्रधानमन्त्री बनाउनु पर्ने र आफ्नो मान्छेलाई दुई वटा मन्त्रालय दिनुपर्ने माग गरिरहेका छन् ।

    माधव नेपालले आफ्नो माग पूरा गर्न राजी भए तुरुन्त्तै एमालेमा राजीनामा दिने बामदेवले उल्लेख गरेका छन् । तर माधव नेपालले अहिले दुई वटा मन्त्रालय दिन असम्भव भएको उल्लेख गरेका छन् । बामदेव गौतमले श्रीमतीलाई समेत मन्त्री बनाउन माहोल बनाईरहेका छन् तर अहिले बामदेव गौतमको भागमा एक मन्त्रालय मात्र दिनसक्ने नेता नेपालले जनाएका छन् ।

    बामदेव गौतमले माधव नेपालसंग मात्र नभएर एमालेका अध्यक्ष केपी शर्मा ओलीसंगपनि बार्गेनिंग सुरु गरेको श्रोतले जनाएको छ । केपी ओलीपछि अध्यक्षको लागि दाबेदार एमालेमा कोही नभएकोले महाधिवेसनबाट आफूलाई अध्यक्ष छोड्ने शर्त राखेका छन् । एमालेबाट राजीनामा दिने धम्की दिएसनगै एमालेमा बार्गेनिंग गर्न सहज हुने भन्दै बामदेव गौतमले आफ्नो भविष्य सुनिश्चित गर्न खोजिरहेका छन् ।

    नेकपा एकीकृत समाजवादी पार्टीमा समेत अध्यक्ष सरह दिनुपर्ने अडानका कारण बामदेव गौतम अहिलेसम्म न यता न उता भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उप-प्रधानमन्त्री कसैलाई नदिने भनेपछि बामदेव गौतम सरकारमा जाने माग टुंगिसकेको छ तर आफ्नो मान्छेलाई दुई मन्त्रालय दिनुपर्ने मागले अहिले सम्म उनको कदम अन्योलमा परेको हो ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने बामदेव गौतमलाई आउने महाधिवेसनमा आफूले अध्यक्ष दिएर हुने भन्दा पनि जितेर अध्यक्ष बन्न आग्रह गरेका कारण बामदेव झन् चिढिएका छन् । आफूले महाधिवेसनको लागि बाटो खुल्ला गरेकोले माग्नु भन्दा जितेर आउन बामदेवलाई केपी ओलीले सुझाएपछि ओलीसंगको बार्गेनिंग टुंगिएको श्रोतले जनाएको छ ।

    बामदेव गौतमले आफू सरकारमा जान नसके पनि श्रीमतीलाई एउटा मन्त्रालय भएपनि दिलाउन कोशिश गरिरहेका छन् । माधव नेपाल र केपी ओलीसंगको बार्गेनिंगमा व्यस्त रहेका बामदेव गौतम अझै यता न उता भएका छन् । 


    भाद्र १४, २०७८ सोमवार ११:२१:०९ बजे : प्रकाशित


    मोनीका सिंह

    देउवालाई किन चाहियो केपी ओलीको साथ ?

    मोनीका सिंह

    भाद्र १६

  • 4.2K
    SHARES
  • देउवालाई किन चाहियो केपी ओलीको साथ ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग सुमधुर सम्बन्ध चाहिएको छ । मंगलबार बेलुका आफ्नो विश्वासपात्र कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई ओली निवास पठाएर वार्ता गर्न लगाएका थिए ।

    images

    मन्त्रीपरिषद विस्तार गर्न आलटाल गरिरहेका प्रधानमन्त्री देउवालाई अहिले केपी शर्मा ओलीको साथ चाहिएको छ । अध्यादेश ल्याएर एमाले फुटाउन सफल भएका प्रधानमन्त्री देउवालाई अब संसद सुचारु गर्न पनि केपी ओलीको साथ जरुरी छ । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष ओलीसंग सम्बन्ध सुधार नगरि संसद सुचारु गर्दा गाह्रो पर्ने आकलन गरिसकेको देउवा निकट सांसदले जनाएका छन् । संसदमा आफ्नो पक्षमा बहुमत भएपनि प्रमुख प्रतिपक्ष एमालेमा कडा विद्रोह गर्ने नेताहरुको संख्या बढी हुँदा संसदमा चर्को आलोचना खेप्नुपर्ने अवस्था बुझेर प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई हात लिन अध्यक्ष ओलीसंग सम्बन्ध सुधार्न कोशिश गरेका हुन् ।

    संसद सुचारु गरेपछि देउवाको मुख्य लक्ष्य भनेको एमसीसी हो । एमसीसी जसरी पनि अनुमोदन गराउनु पर्ने दबाबमा छन् प्रधानमन्त्री देउवा । अनुमोदन गराउन आफूसंग बहुमत पुगेपनि देउवालाई एमालेको चर्को विरोध खेप्न नसक्ने देखेपछि केपी ओलीलाई नरम बनाउने कोशिशमा देउवा लागेका छन् । अध्यादेश ल्याएर एमालेको विरोध खेपिरहेका देउवा अब संसद सुचारु भएसंगे सभामुख विरुद्ध पनि एमाले चर्को रुपमा प्रस्तुत हुने बुझेका छन् । त्यो रोक्न प्रधानमन्त्री देउवा अब केपी ओलीलाई नरम बनाउन लागेका छन् ।

    मंगलबार बिहान गठबन्धनका शिर्ष नेताहरुसंग छलफलमा एमसीसी संसदबाट अनुमोदन गराउनुपर्ने मौखिक निर्णय समेत भएको थियो । तर यो अनुमोदन गराउन संसद सुचारु गर्नुपर्ने र संसद सुचारु गरे अध्यादेश र सभामुख माथि एमालेका सांसदहरु चर्को रुपमा प्रस्तुत हुनेभएकाले एमालेलाई नरम बनाउनु पर्ने कुरा छलफलमा निस्किएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई जसरी पनि केपी ओलीलाई हात लिनुपर्ने सुझाव गठबन्धनका नेताहरुले दिएका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीपरिषद बिस्तार गर्न नसक्नुदेखि अध्यादेश जारी गरेर पार्टी फ़ुटाएको कारण बदनाम भएका छन् । अहिले हुने हरेक कार्यक्रममा एमालेका नेताहरुले यहि विषयलाई एजेण्डाको रुपमा लिएर गठबन्धनको सरकारको चर्को विरोध गरिरहेका छन् । एमालेको विरोध थेग्न गाह्रो पर्ने भएकाले प्रधानमन्त्री देउवाले केपी ओलीलाई फकाउन खोजेका हुन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गराउन सक्दो कोशिश गरिरहेका छन् । पुष्पकमल दाहाल 'प्रचण्ड' लाई देउवाले मनाईसकेको कारण संसदमा एमाले पार्टीले कुनै चर्को विरोध नगरुन साथै सभामुख प्रतिको नजर बद्ल्याउन सके एमसीसी अनुमोदन गराउन सहज हुने भएकाले देउवाले केपी ओलीसंग सम्बन्ध सुधार्न खोजेका हुन् ।

     


    भाद्र १६, २०७८ बुधवार १७:०९:०५ बजे : प्रकाशित


    मोनीका सिंह

    ओली, देउवा र एमसीसी बिचको कथा !

    मोनीका सिंह

    भाद्र २०

  • 2.0K
    SHARES
  • ओली, देउवा र एमसीसी बिचको कथा !

    काठमाडौं । एमसीसी अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा अहिले दलहरुसंग सहमति जुटाउने कोशिशमा लागेका छन् । मन्त्रीपरिषद विस्तार गर्नुपर्ने जरुरिलाई थाँती राख्दै प्रधानमन्त्री देउवा अहिले एमसीसीलाई संसदमा छलफल गराउने माहोल बनाउन लागेका छन् ।

    images

    गठबन्धनको सरकार बनाउन अघि प्रधानमन्त्री शेरबहादुर देउवाको सर्त थियो एमसीसी यहि संसदबाट अनुमोदन गराउनुपर्ने र यसका लागि माओवादी केन्द्र, जसपा र माधव नेपाल पक्षको साथ दिनुपर्ने सर्त । देउवाको उक्त सर्तमा सहमत जनाउदै गठबन्धनको सरकार निर्माण गर्न विश्वासको मत दिने निर्णय भएको थियो ।

    उच्च श्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा शेरबहादुर देउवाको जोड संसद पूनर्स्थापना भन्दा चुनाव मै जाने जोड थियो । चुनावमा गएर नेपाली कांग्रेस ठूलो दल बनेर सरकार निर्माण गर्ने र त्यो सरकारले एमसीसी अनुमोदन गराउने योजना देउवाको थियो । त्यसै कारण केपी ओलीको संसद विघटन विरुद्ध देउवाले चर्को विरोध गरेनन् जत्ति पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले गरेका थिए ।

    केपी ओली र शेरबहादुर देउवा चुनाव तर्फ जाने निधो गरेको बेला प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव जसरी पनि संसद पूनर्स्थापना गर्ने तर्फ जोड दिएका थिए । तर शेरबहादुर देउवाको साथ बिना संसद पूनर्स्थापना गर्न सम्भव थिएन । यहि क्रममा शेरबहादुर देउवाले एमसीसी अनुमोदन गराउने सर्त अगाडी सारेका थिए । श्रोतका अनुसार शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बनेर गठबन्धनको सरकारको नेतृत्व गर्ने तर एमसीसी अनुमोदन गराउन सहमति  हुनुपर्ने सर्त प्रस्तुत गरेका थिए ।

    प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई केपी ओली सरकार ढालेर संसद पूनर्स्थापना गराउन शेरबहादुर देउवाको सर्त मानेर गठबन्धनको सरकार बनाउने सहमति गराए । माधव नेपालले फ्लोर क्रस गर्नुपरे गर्ने तर केपी ओली सरकार ढाल्न तयार भए । अदालतको परमादेश पश्चात सबैले शेरबहादुर देउवालाई विश्वासको मत दिएर गठबन्धनको सरकार निर्माण गरे ।

    विश्वासको मत दिने दिन भीम रावलले भने राजिनामा दिए । भीम रावलले यो गठबन्धनको सरकारले एमसीसी संसदबाट अनुमोदन गर्दैछ भन्ने सुइँको पाएपछि यो सरकारलाई साथ नदिने भन्दै बरु राजिनामा नै दिए । पछि जनता र पार्टीका शिर्ष नेताहरुको आग्रहमा राजिनामा फिर्ता लिए । राजिनामा फिर्ता लिएपछि पहिलो पल्ट संसदमा बोल्दै गर्दा नेता रावलले एमसीसी पास गराउने खेल बारे विरोध नै जनाए ।

    अब कुरा रह्यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जो शेरबहादुर देउवा र एमसीसीसंग कत्तै न कत्तै जोडिन्छन् । केपी शर्मा ओली एमसीसीको विरोधमा अहिले बोलेपनि प्रधानमन्त्री हुँदा एमसीसी अनुमोदन गराउन धेरै कोशिश गरेका थिए । एमाले भित्रै भीम रावल जस्ता नेताहरु चर्को विरोध गर्दा पनि एमसीसी टेबुल गर्न केपी शर्मा ओली लागिपरेका थिए । तर तत्कालीन नेकपा भित्रको अन्तरविरोधका कारण साथै सभामुख प्रचण्ड निकट भएका कारण एमसीसी टेबुल गर्न असफल रहे ।

    जब शेरबहादुर देउवाको सरकार गठन भयो, केपी शर्मा ओलीले एमसीसीलाई गठबन्धनको सरकारको विरोध गर्ने अवसरको रुपमा लिए । केपी शर्मा ओलीलाई थाहा छ कि शेरबहादुर देउवादेखि प्रचण्डले एमसीसी अनुमोदन गराउछन । तर आफू अहिले एमसीसी विरोध गरे जस्तो गरि जनमतमा राष्ट्रियताको पक्ष भन्दै चर्चा कमाउने तर एमसीसी अनुमोदन गराउन देउवालाई भित्रभित्रै सहयोग गरिरहेको उच्च श्रोतको दाबी छ ।

    "केपी शर्मा ओली आफू सरकारमा हुँदा एमसीसीको कार्यदलले दिएको सुझावसम्म वेवास्ता गरेर एमसीसी अनुमोदन गराउने माहोल बनाउन लागेका थिए । संसद विघटनको कारणमा समेत प्रचण्डहरुले एमसीसी टेबुल गर्न सहयोग गरेनन् सम्म भनेका थिए तर अहिले एमसीसीको अपजस आफूमा नआउने देखेपछि केपी ओली गठबन्धनको सरकारको विरोध गर्न लागेका छन् । तर केपी ओली आफै एमसीसी अनुमोदन गराउन देउवालाई सल्लाह सुझाव दिइरहेका छन् ।"


    भाद्र २०, २०७८ आइतवार ११:५२:१९ बजे : प्रकाशित


    मोनीका सिंह

    'एमसीसी पारित नगर्दा ओली सरकार ढल्यो, अहिले देउवा दबाबमा छन्'

    मोनीका सिंह

    भाद्र २९

  • 836
    SHARES
  • 'एमसीसी पारित नगर्दा ओली सरकार ढल्यो, अहिले देउवा दबाबमा छन्'

    काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टी नेकपाले अहिले एमसीसी परियोजनालाई फिर्ता पठाउनु पर्ने माग सहित देशभर आन्दोलन घोषणा गरेको छ । हिजो राजधानीमा बृहत सभा आयोजना गर्दै आन्दोलनको सुरुवात गरेको छ ।

    images

    नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा 'प्रकाण्ड'ले अमेरिकाको नियत नेपाललाई आफ्नो मुट्ठीमा राख्ने भएकाले एमसीसी परियोजना नेपालमा ल्याउन खोजेको आरोप लाएका छन् । अमेरिकाले नेपालमा विकास भन्दा बढी संसारमा आफ्नो शक्ति र प्रभाव बढाउन एमसीसी परियोजना देखाएर नेपालको राजनीतिमा हस्ताछेत गर्न खोजेको प्रकाण्डले प्रष्टाएका छन् ।

    क्यानाडा नेपालको प्रस्तुति सार्थक प्रश्नमा प्रकाण्डले भने, "अमेरिकाले हाम्रो देशमा आफ्नो प्रभाव बढाउन खोजेको हो जसले गर्दा हाम्रो छिमेकी राष्ट्र चीनसंग आफ्नो शक्ति र प्रभाव बढाउन सकोस त्यसैले एमसीसी परियोजना अनुदानको रुपमा दिएर धेरै सर्तहरु राखेको छ । हाम्रो पार्टीको माग भनेको संसोधन गरेर पारित होईन यो परियोजना फिर्ता नै पठाउनु पर्छ भन्ने हो ।"

    प्रकाण्डले भने, "केपी ओली सरकार ढल्नुको एक कारण भनेको एमसीसी पारित गराउन नसक्नु पनि हो । एमसीसी कसले पारित गर्ने भन्ने होड बाजी दलहरु बीच चलेकोले गर्दा एमसीसीको खुलेर समर्थन र विरोध कसैले गर्न नसकेका हुन् । शेरबहादुर देउवाले पास गराउछु त भनेका छन् तर सम्भव देखिदैन ।"

    चीनले नेपालको राष्ट्रियता माथि असर पर्ने कुनै काम नगरेकोले अमेरिकाको एमसीसी परियोजना पास गराएर छिमेकी राष्ट्रहरुलाई समेत असर पर्ने गरि कुनै कदम चाल्न नहुने प्रकाण्डको भनाई रहेको छ । 

    एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको कारण आफ्नो पार्टीले आन्दोलन गरि दबाब सृजना गरेर पारित हुन नदिने कुरा प्रकाण्डले उल्लेख गरेका छन् ।

    prakandathumbnail.jpg


    भाद्र २९, २०७८ मंगलवार २०:५६:१० बजे : प्रकाशित


    मोनीका सिंह

    खाली हात फर्किन पर्यो फातेमा सुमार

    रोहित शर्मा

    भाद्र ३०

  • 690
    SHARES
  • खाली हात फर्किन पर्यो फातेमा सुमार

    काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातेमा सुमार नेपाल भ्रमण गरेर दुई दिन अघि अमेरिका फर्किसकेकी छिन् । नेपालले एमसीसी परियोजना पारित गराउन ढिलाई गरिरहेको बेला फातिमा नेपाल आएर राजनीतिक दलहरु बीच सहमति जुटाउने कोशिस गरेकी थिईन ।

    images

    एमसीए नेपाल निकट श्रोतका अनुसार फातिमा सुमारले नेपाल भ्रमणको बेला शिर्ष नेताहरुलाई सहमति गराउन गरेको पहलले कुनै सकारात्मक फल दिएन । फातिमाले एमसीसी परियोजना बारे रहेको भ्रमलाई प्रष्टाउने साथै शिर्ष नेताहरुलाई कन्भिन्स गराएर संसदबाट पारित गराउने माहोल बनाउने योजना सहित नेपाल भ्रमणमा आएकी थिईन तर फातिमा खाली हात अमेरिका फर्केको श्रोतको दाबी रहेको छ ।

    फातिमाले नेपाल भ्रमणको सुरुवात नै प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेकी थिईन । केपी शर्मा ओलीले आफ्नो पार्टीको एमसीसी अनुमोदन गराउन ठूलो हात नरहेको जिकिर गरेका थिए । आफूले संसदमा टेबुल गर्न खोज्दा सभामुखले चासो नदिएको कुरा समेत प्रष्टाएका थिए अध्यक्ष ओलीले । संसदमा बहुमत यहि गठबन्धनको सरकारसंग रहेकाले एमसीसी अनुमोदन गराउन एमालेको कुनै भूमिका नरहने कुरा ओलीले फातिमासंगको भेटमा बताएका थिए ।

    fatimanews.jpg

    फातिमाले ओलीसंगको भेट पश्चात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसंग भेट गरेकी थिईन । प्रचण्ड र माधव नेपालसंगको छुट्टा छुट्टै भेटमा दुवै अध्यक्षले एमसीसी पारित हुन सक्ने तर यसका केही बुँदाहरुले देशको राष्ट्रियता माथि आंच आउने केहि गर्दैन भन्ने प्रष्ट नभए सम्म अहिले नै पारित नहुने बताएका थिए । तर नेपालको हितका लागि सर्तहरु नराखी एमसीसी पारित गर्नुपर्छ भन्ने जोड दुवै नेताहरुको थियो ।

    जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराईले भने एमसीसी बारे धेरै भ्रम फैलाएको कारण अहिले नकारात्मक असर परेको हो तर एमसीसी पारित हुन्छ भन्ने कुरामा विश्वस्त हुन फातिमालाई आग्रह गरेका छन् । डा भट्टराईले ट्विटरमा समेत एमसीसीको समर्थन र भ्रम बारे आफ्नो धारणा व्यक्त गरेका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले भने प्रचण्ड अडिग नभएका कारण अहिले गठबन्धनको सरकारले एमसीसी संसदमा पेस गर्न नसकेको उल्लेख गरेका छन् । फातिमासंगको भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नुपर्छ तर प्रचण्डले अहिले आएर खुट्टा कमाएको कारण संसदमा टेबुल नभएको जिकिर गरेका छन् । 

    fatimasumarthumb.jpg

    प्रधानमन्त्री देखि विपक्षी दलका नेताहरुसंग भेटवार्ता गरेपछि फातिमाले अहिले पारित हुने कुनै सम्भावना नदेखेको श्रोतको दाबि रहेको छ । फातिमाले सहमति जुटाएर फर्किने आशा राखेकी थिइन तर उनको भ्रमण कै क्रममा एमसीसी विरुद्ध विरोध झन् चर्किएको थियो जसका कारण न उनले भ्रमहरुलाई चिर्न सकिन् न त शिर्ष नेताहरु बीच सहमति जुटाउन सकिन् ।

    प्रधानमन्त्रीले मात्रै चाहेर अहिले संसदमा टेबुल नहुने बुझेकी फातिमा खाली हात अमेरिका फर्किएकी थिईन । फातिमाले एमसीसी राजनीतिक एजेण्डाको रुपमा प्रयोग भएको देखिएकाले सरकारदेखि प्रमुख राजनीतिक दलका नेताहरुलाई पास गर्नुस नत्र फिर्ता लान्छौं भनेर अल्टिमेटम समेत दिएकी छिन् ।


    भाद्र ३०, २०७८ बुधवार १३:३२:०४ बजे : प्रकाशित


    रोहित शर्मा