आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

पूजा र पलको \’म यस्तो गीत गाउँछु २\’ मा सनिशको आवाज



बर्षको प्रतिक्षित चलचित्रको रुपमा रहेको छ 'म यस्तो गीत गाउँछु २'। अनि यो बर्ष अर्को पनि प्रतीक्षा रहेको छ 'द' भ्वाइस अफ नेपाल' को दोश्रो सिजनको विजेताको। सिजनको सुरुवात बाट नै सनिस श्रेष्ठले राम्रो छाप छाड्दै आएका छन्। सनिसको आवाज अव 'म यस्तो गीत गाउँछु २' मा रहने भएको छ। अर्जुन पोख्रेलको संगीतमा रहेको एक गीतको छायाकन 'दि भ्वाइस अफ नेपाल' को स्टुडियोमा भैरहेको छ। गीतको सम्झौता भैसकेको र केहि दिनमा नै गीतको रेकर्डिङ हुने बताईएको छ।  पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन्।

 

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  ११ : ५७ बजे