• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

राष्ट्रियसभाद्वारा लोकसेवा आयोग विधेयक बहुमतले पारित 

क्यानाडा नेपाल भाद्र २८ २०७८
  • 562
    SHARES
  • images
    images
    राष्ट्रियसभाद्वारा लोकसेवा आयोग विधेयक बहुमतले पारित 

    काठमाडौँ। राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले का सांसदहरुको अवरोधबीच उक्त विधेयक पारित गरिएको हो । 

    images

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    सार्वजनिक सेवालाई सक्षम, गुणस्तरीय र पारदर्शी बनाउने उद्देश्यले नयाँ ऐन ल्याइएको हो । ऐन प्रमाणीकरण भएको ३१ दिनपछि लागू हुनेछ ।  राष्ट्रियसभाको आजको दोस्रो बैठकमा पनि एमालेका सांसदको अवरोध कायमै रहेको थियो । 

    बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरुले उभिएर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद कोमल वलीलाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

    सांसद वलीले सभामुखले सांसद पदको दुरुपयोग गरेको आरोप लगाउँदै अहिलेकै अवस्थामा सदनको काम कारवाही अघि बढ्न नसक्ने बताए । सभाध्यक्ष तिमल्सिनाले प्रतिनिधिसभामा उठेका विषयलाई लिएर राष्ट्रियसभामा अवरोध गर्नु उचित नभएको बताउँदै सदनको औचित्य र गरिमालाई कायम राख्न सांसदलाई आग्रह गरे ।


    भाद्र २८, २०७८ सोमवार १६:०९:४४ बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो

    रासस

    कार्तिक २४

  • 412
    SHARES
  • काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो

    काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन्  । 

    images

    वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४  दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । 


    कार्तिक २४, २०७८ बुधवार १२:३८:२७ बजे : प्रकाशित

    नयाँ रियालिटी सो ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ इमेज च्यानलबाट प्रसारण हुँदै

  • 232
    SHARES
  • नयाँ रियालिटी सो ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ इमेज च्यानलबाट प्रसारण हुँदै

    काठमाडौँ । इमेज च्यानलले “ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार“ लाइ इमेज च्यानल एचडीमा प्रशारण गर्नको लागि भ्वाइस स्टार नेपालसंग प्रशारण सम्झौता भएको छ ।

    images

    नेपाली सुगम संगीतमा ख्यातिप्राप्त गायक तथा संगीतकारहरु निर्णायकका रुपमा प्रस्तुत हुने यस कार्यक्रममा विभिन्न रियालिटी शोमा भाग लिएर पनि  आफ्नो सांगीतिक उचाइलाई उचित स्थान दिन नसकेका गायक गायिकाहरुलाई  भाग लिन बिशेष प्रोत्साहन दिने उक्त च्यानलले जनाएको छ । साथै दूरदराज तथा राजधानी बाहिर रहेर संघर्षरतहरुलाई पनि छनौट प्रक्रियामा उचित स्थान दिइने भएको छ ।

    कार्यक्रमको छनौटको पहिलो चरण डिजिटल फर्म्याटमा अडिशन लिइनेछ । पौष महिनाको पहिलो हप्ताबाट शुरु हुने यो प्रक्रिया एक महिना अवधिको हुनेछ । उक्त छनौट प्रक्रियापछि माघ महिनाको दोश्रो हप्ताबाट नेपालका विभिन्न शहरहरुमा फिजिकल अडिशनको घोषणा हुनेछ । यी दुवै प्रक्रिया बाट छनौट भएका प्रतिस्पर्धीहरु बीच कार्यक्रमको २५ शृंखलामा रोचक भिडन्त हुनेछ । ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ को पुरस्कार राशि रु २५००००० ÷ रहेको छ ।

    भ्वाइस स्टार नेपाल प्रालिले इमेज च्यानल एच डिमा प्रशारण गर्ने उद्देश्यका साथ “ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार“ निकट भविष्यमै उत्पादन गर्ने जनाएको छ ।

    दर्शकहरु माझ “ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार“को प्रचार अभियानका लागि डिजिटल मिडियामा चाडैनै “गेस द जजेज“ डिजिटल क्याम्पेन शुरु हुने बताइएको छ । एक महिना संचालन हुने यस क्याम्पेनका विजेताहरुले विभिन्न पुरस्कार जित्न सक्नेछन् । यस क्याम्पेनको बिजेता तथा जजहरुको घोषणा एक बिशेष कार्यक्रमको आयोजनाबाट हुनेछ ।

    यस कार्यक्रमको भोटिंग पार्टनर सजिलो पे रहेको छ , साथै यस कार्यक्रमको मार्केटिंगको जिम्मेवारी सुश्री मिडियाले लिएको छ ।


    मंसिर ७, २०७८ मंगलवार १७:५४:२१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आफू पुरानै पार्टीमा रहेको रेखा थापाले खुलाईन्

  • 560
    SHARES
  • आफू पुरानै पार्टीमा रहेको रेखा थापाले खुलाईन्

    काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको राजनीति प्रतिको मोह पनि बढीरहेको छ । कलाकारितामा व्यस्त रहने कालाकारहरु अहिले राजनीतिमा बढी चासो दिन थालेका पनि देखिन्छ ।

    images

    धेरै कलाकारहरु राजनीतिक दलमा प्रवेश गरेका पनि छन् । राजनीतिमा लाग्ने कलाकारमध्ये एक हुन् नायिका रेखा थापा । बिहिबार रेखा थापाम राप्रपाको एक कार्यक्रममा सहभागी भएकी छन् ।

    raprapa.jpg

    उनी २०७३ सालमा माओवादी छाडेर तत्कालिन राप्रपाका अध्यक्ष कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेकी थिइन् । अघिल्लो महाधिवेशनमा रेखाले  केन्द्रीय सदस्य पनि जितेकी थिइन् ।

    rpp-1-.jpg

    उनीसँगै केन्द्रीय सदस्यमा जितेकी चर्चित गायिका कोमल ओली पनि थिइन् । ओली अहिले नेकपा एमालेमा छिन् । रेखा भने बीचको केही समय विप्लव समूहमा लागेका हल्ला पनि चलेको थियो । तर लामो समयपछि रेखा राप्रपामा नै रहेको खुलेको छ । बिहिबार राप्रपाको उम्मेदवारी घोषणा कार्यक्रममा रेखा पुगिन् ।

    उनले अहिले पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ भन्ने बहस चलिरहेकोले आफु राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनको पक्षमा लागेको बताइन् । राप्रपाको महाधिवेशन मंसिर १५ गतेदेखि १७ गतेसम्म हुँदैछ ।


    मंसिर ९, २०७८ बिहिवार ११:५६:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    बंगालमा ‘जवाद' सामुन्द्रिक आँधी, नेपालमा भाेलिबाट अर्काे माैसमी प्रणाली

  • 532
    SHARES
  • बंगालमा ‘जवाद' सामुन्द्रिक आँधी, नेपालमा भाेलिबाट अर्काे माैसमी प्रणाली
    काठमाडौं, १८ मंसिर-बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने  र तत्पश्चात उत्तर उत्तर पूर्व तर्फ सर्ने देखिएको छ ।

    उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले  चक्रवातको अप्रत्यक्ष प्रभावले शनिबार रातिबाट प्रदेश १, २ र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने छ ।  ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना  पनि रहेको र एक(दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । 

    images

    सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ,’ महाशाखाले भनेको छ, ‘सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको संभावना रहेको छ।’

     सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ ।इतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने छ ।


    मंसिर १८, २०७८ शनिवार ०८:४१:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सामुन्द्रिक आँधी,

  • क्यानाडा नेपाल

    हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

  • 196
    SHARES
  • हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

    लमजुङ, १८ मंसिर -हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए ।

    images

    मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ । हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरी (३,२४० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताए । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङका छिरिङ गुरुङले बताए । 

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । उनले भने मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ । 


    मंसिर १८, २०७८ शनिवार ०९:३२:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाङ

  • क्यानाडा नेपाल

    धोविखोलामा एक पुरुषको शव फेला

  • 414
    SHARES
  • धोविखोलामा एक पुरुषको शव फेला

    काठमाडौँ।  काठमाडौंको रातोपुल नजिकै धोविखोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार दिउँसो धोविखोलमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    images

    खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । प्रहरीले शवलाई खोलाबाट बाहिर निकालेको छ भने पहिचान खुल्न बाकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    मंसिर १९, २०७८ आइतवार १६:३७:४८ बजे : प्रकाशित