काठमाडौं – साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनीबीचको सम्बन्ध चिसिएको छ । उनीहरुबीच परिवारको संख्या बढाउने बिषयमा सहमती नहुँदा छुट्टिन तयार भएको भारतिय मिडियामा बताइएको छ ।
अहिले उनीहरुको विवाद सम्बन्धविच्छेदसम्म पुगेको बताइएको छ । फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने नागाको चाहाना रहेको र त्यसमा सामन्था सहमती नभएको बताइएको छ ।
अक्किनेनी नागार्जुनका छोरा समेत रहेका नागाले सन् २०१७ मा अभिनेत्री सामन्थासँग विवाह गरेका थिए । विवाह गरेको केही समयपछि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर बाहिर आएको थियो ।
सामँथाले विवाहपछि आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन् । पछि अक्किनेनी नाम हटाएपछि सम्बन्ध विग्रदै गएको बताइएको छ । नागासँग विवाह हुनुअघि सामन्था रंग दे बसन्ती अभिनेता सिद्धार्थसँग प्रेममा रहेकी थिइन् ।
प्रतिक्रिया