• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

साउथ स्टार नागा चैतन्य र सामन्थाको सम्बन्ध विग्रीयो, डिभोर्स गर्दै

क्यानाडा नेपाल भाद्र २८ २०७८
  • 626
    SHARES
  • साउथ स्टार नागा चैतन्य र सामन्थाको सम्बन्ध विग्रीयो, डिभोर्स गर्दै

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनीबीचको सम्बन्ध चिसिएको छ । उनीहरुबीच परिवारको संख्या बढाउने बिषयमा सहमती नहुँदा छुट्टिन तयार भएको भारतिय मिडियामा बताइएको छ । 

    images

    अहिले उनीहरुको विवाद सम्बन्धविच्छेदसम्म पुगेको बताइएको छ । फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने नागाको चाहाना रहेको र त्यसमा सामन्था सहमती नभएको बताइएको छ । 

    naga.jpeg

    अक्किनेनी नागार्जुनका छोरा समेत रहेका नागाले सन् २०१७ मा अभिनेत्री सामन्थासँग विवाह गरेका थिए । विवाह गरेको केही समयपछि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर बाहिर आएको थियो । 

    सामँथाले विवाहपछि आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन् । पछि अक्किनेनी नाम हटाएपछि सम्बन्ध विग्रदै गएको बताइएको छ । नागासँग विवाह हुनुअघि सामन्था रंग दे बसन्ती अभिनेता सिद्धार्थसँग प्रेममा रहेकी थिइन् । 

     


    भाद्र २८, २०७८ सोमवार १४:४८:३२ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # नागा चैतन्य

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    एसियाकै प्रभावशाली महिलामा पहिलो बनिन् दीपिका

  • 482
    SHARES
  • एसियाकै प्रभावशाली महिलामा पहिलो बनिन् दीपिका

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण एसियाकै सबैभन्दा प्रभावशाली महिला बनेकी छिन्। पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त हुँदै गइरहेकी दीपिकालाई बेलायतको गाला बिंगोले एसियाकै सबैभन्दा प्रभावशाली महिला  घोषणा गरेको हो । 

    images

    studentattree.jpg

    यस सूचीमा बिंगोले रियाना ग्रान्डे, किम कादर्सियन, एडल लगायत पनि छन् । बेलायतको गाला बिंगोले दीपिकालाई फ्यानका आधारमा प्रभावशाली महिला चुनेको हो । पछ्याउने फ्यानसँगै गुगल सर्चको आधारमा दीपीकालाई गाला बिंगोले एसियाकै सबैभन्दा प्रभावशाली महिला बनाएको हो । 

    studentattree.jpg

    दीपीकाका इन्स्टाग्राममा मात्र ६ करोड बढी फलोअर्स रहेका छन् । भने फेसबुकमा पनि उत्तिकै छन् । दीपिका एशियाकै सबै भन्दा सेक्सी महिला पनि हुन् । यसअघि एशियाकै सबै भन्दा सेक्सी महिलामा दीपिका पनि छनोट भएकी थिइन् । पछिल्लो समय उनको महाभारत, फाइटर लगायतका फिल्मको चर्चा छ ।
     


    भाद्र ३०, २०७८ बुधवार १२:२८:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दीपिका पादुकोण

  • क्यानाडा नेपाल

    सीता बन्न करिनाले १२ करोड मागेपछि तर्सिएका देसाईले रोजे कंगनालाई 

  • 1.0K
    SHARES
  • सीता बन्न करिनाले १२ करोड मागेपछि तर्सिएका देसाईले रोजे कंगनालाई 

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रनौत । एकपछि अर्को फिल्ममा व्यस्त भइरहेकी कंगना पछिल्लो समय फिल्म थलाइवीका कारण चर्चामा छिन् । फिल्म अभिनेत्री तथा तमिलनाडुकी पूर्व मुख्यमन्त्री स्वं। जयललिताको जीवनीमा आधारित यस फिल्म प्रदर्शनमा आएपनि खासै कमाई गर्न सकिरहेको छैन । 

    images

    अहिले कंगना निर्देशक आलुक्य देसाईको नयाँ फिल्मलाई लिएर पनि चर्चामा छिन् । देसाईको निर्देशनमा बन्ने फिल्म ‘सीता-एक अवतार’ मा कंगना सिता बन्दैछिन् । 

    हालै देसाईले सामाजिक सञ्जालमार्फत कंगनाले सीताको भूमिका निभाउनेबारे जानकारी गराएका छन् । यस फिल्ममा पहिले अभिनेत्री करिना कपूर खानलाई अफर गरिएको थियो । तर करिनाले सीताको भूमिकाको लागि १२ करोड मागेपछि निर्देशक नै झस्किएका थिए । ठूलो रकमको माग गरेपछि सिताको रोल करिनालाई नदिने सोचमा निर्देशक पुगे । 

    कंगनाले सिताको भूमिका निभाउने भएपछि फ्यानहरु उत्साहित भएका छन् । सामाजिक सञ्जालमा कंगनालाई फ्यानहरुले बधाई दिइरहेका छन् । केवी विजयेंद्र प्रसादलेखेको यस फिल्ममा सिताको भूमिकामा कंगना पर्फेक्ट रहेको बताइएको छ । 


    भाद्र ३०, २०७८ बुधवार १३:५१:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कंगना रनौत

  • क्यानाडा नेपाल

    ५० हजारको टी शर्ट लगाएर हिडेपछि ट्रोल बनिन् करीना कपुर 

  • 858
    SHARES
  • ५० हजारको टी शर्ट लगाएर हिडेपछि ट्रोल बनिन् करीना कपुर 

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री हुन् करिना कपुर । बलिउडकै महँगी अभिनेत्रीको रुपमा चिनिएकी करिनाले विवाह र आमा बनेपछि पनि हिट फिल्म दिइरहेकी छिन् । 

    images

    पछिल्लो समय करिना नयाँ कारणले चर्चामा आएकी छिन् । विभिन्न कारणले ट्रोल पनि बन्ने गरेकी करिना अहिले पनि उनलाई यस्तै एक आपत परेको छ । हालै ५० हजारको टी शर्ट लगाएर हिडेपछि उनी चर्चामा आएकी छिन् । 

    k.jpg

    ५० हजारको टी शर्ट लगाएर हिडेपछि उनी ट्रोल पनि बनेकी छिन् । ५ सयमा टी शर्ट किन्न सकिने भन्दै फ्यानहरुले उनलाई ट्रोल बनाइरहेका छन् । करिनाले उक्त टी शर्ट लगाएर हिडेपछि फ्यानहरुले त्यसको बजार मूल्य हेरे । जसको मूल्य ५० हजार थियो । 

    उनी उक्त टी शर्ट लगाएर लाल सिंह चड्डाको सेटमा पुगेकी थिइन् । तस्बिरमा उनले एक प्रिन्टेड सेतो टि शर्ट लगाएको देख्न सकिन्छ । कालो जिन्सको साथमा बुट पनि करीनाले लगाएकी छिन् । उनले सनग्लास पनि लगाएकी छिन् । 

    एक ब्यक्तिले सामाजिक सञ्जालमा लेखेका छन्– टी–शर्टको लागि २ सय रुपैया काफी छ । अर्काले लेखेका छन् यो टि–शर्ट खरीद गर्ने पैसाले केही गरीब बच्चाहरुको पेट भर्न सकिन्थ्यो ।

    Kareena_gucci_tee.jpg


    भाद्र ३०, २०७८ बुधवार २१:४३:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # करीना कपुर

  • क्यानाडा नेपाल

    झमेलामा फसे सोनु सुद, घर र होटलसहित ६ स्थानमा पुग्यो आयकर विभाग 

  • 466
    SHARES
  • झमेलामा फसे सोनु सुद, घर र होटलसहित ६ स्थानमा पुग्यो आयकर विभाग 

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् सोनु सुद । कोरोना प्रभावितलाई सहयोग गरेर पछिल्लो समय उनी रियल लाईफका हिरो नै बनेका छन् । दुख परेकाहरुकाहरुलाई सहयोग गरेर भगवान बनेर चौतर्फि चर्चा पाएका सोनु अहिले एक झमेलामा फसेका छन् । 

    images

    उनको घरमा आयकर विभागले छापा मारेको छ । भारतिय मिडियाका अनुसार उनको घर र होटलसहित ६ स्थानमा आयकर विभागले छापा मारेको बताइएको छ । लगातार २० घन्टासम्म छापा मारेर आयकर विभागका कर्मचारीहरु सोनुका केही कागजपत्र लिएर गएका छन् । 

    विभागले उनको आम्दानीको स्रोत, बैंक खाता लगायतको खोजी गरिरहेको छ । सोनु दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टीसँग जोडिन लागेकोले उनको घर र होटलमा विभागले छापा मारेको बताइएको छ ।

    घरमा छापा मारेको थाहाँ पाएपछि केजरीवालले सोनुको जित हुने विश्वास रहेको भन्दै सामाजिक सञ्जालमा स्टाटस पनि लेखेका छन् । 


    भाद्र ३१, २०७८ बिहिवार १३:३१:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सोनु सुद

  • क्यानाडा नेपाल

    भान्जीलाई बलिउडमा डेब्यु गराउँदै सलमान खान   

  • 364
    SHARES
  • भान्जीलाई बलिउडमा डेब्यु गराउँदै सलमान खान   

    काठमाडौं - अभिनेता सलमान खानले हालसम्म बलिउडमा धेरै अभिनेत्रीलाई प्रबेश गराइसकेका छन् । सलमानको परिवारका केही सदस्य फिल्ममा खेलिसकेका छन् । 

    images

    सलमानले बलिउडमा डेब्यु गराएका धेरै अभिनेत्री हिट भइरहेका छन् । यस्तै सलमानले अब आफ्नी भान्जिलाई पनि बलिउडमा डेब्यु गराउने तयारीमा छन् । 

    alizeh agnihotri.jpg

    सामाजिक सञ्जालमा हट फोटोशुटका कारण चर्चामा आइरहने सलमानकी भान्जी अलीजे अग्निहोत्री अब बलिउडमा प्रबेश गर्दैछिन् । उनले फिल्ममा अभिनय गर्ने भएपछि उनका फ्यानहरु पनि उत्साहित भइरहेका छन् । 

    उनी सलमानकी बहिनी अलवीरा खान तथा प्रोड्युसर अतुल अग्निहोत्रीको छोरी हुन् ।उनले एक ज्वेलरीको लागि एड शुट गरेकी हुन् । हालै उनले एडको एक भिडियो सामाजिक सञ्जाल इन्ष्टाग्राममा पोष्ट गरेकी छिन् । र लेखेकी छिन् स्टनिंग । उक्त भिडियोमा धेरैले बधाई दिइरहेका छन् । 


    भाद्र ३१, २०७८ बिहिवार २०:३३:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान

  • क्यानाडा नेपाल

    आयकर विभागको जाँचपछि सोनुको सम्पत्तिको चर्चा : कमाउछन् बर्षमा १२ करोड, सम्पत्ति कति ?

  • 684
    SHARES
  • आयकर विभागको जाँचपछि सोनुको सम्पत्तिको चर्चा : कमाउछन् बर्षमा १२ करोड, सम्पत्ति कति ?

    काठमाडौं - बलिउड अभिनेता सोनु सुदको पछिल्लो समय निकै चर्चा छ । कोरोना प्रभावितलाई सहयोग गरेर रियल लाईफका हिरो बनेका सोनुको घरमा आयकर विभागले छापा मारेपछि उनी झन चर्चामा आएका छन् । 

    images

    अहिले उनको सम्पत्तिको बारेमा चर्चा सुरु भइरहेको छ । मुम्बईमा घर र होटलसहित ६ स्थानमा आयकर विभागले छापा मारेपछि उनको सम्पत्ति कति होला भन्ने धेरैको चासो बढेको छ । 

    पत्नी र बच्चासँग मुम्बईमा बस्दै आएका सोनुको अहिले करीब १ सय ३० करोड सम्पत्ति रहेको छ । ७० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका सोनुले पछिल्लो समय एक फिल्मका लागि २ करोड लिने गर्छन् । उनको आम्दानीको मुख्य स्रोत ब्रान्ड इन्डोर्समेन्ट हो । 

    सबै गरेर सोनुको वार्षिक १२ करोड कमाई हुने बताइएको छ । सोनुको मुम्बईमा अर्को २ वटा फ्ल्याइट पनि छ । त्यति मात्र होइन उनको मोगामा एक ठुलो घर पनि छ । उनको होटल पनि चलिरहेको छ । 

    आयकर विभागले असहले सोनुको आम्दानीको स्रोत, बैंक खाता लगायतको खोजी गरिरहेको छ । सोनु दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टीसँग जोडिन लागेकोले उनको घर र होटलमा विभागले छापा मारेको बताइएको छ । घरमा छापा मारेको थाहाँ पाएपछि केजरीवालले सोनुको जित हुने विश्वास रहेको भन्दै सामाजिक सञ्जालमा स्टाटस पनि लेखेका छन् । 


    आश्विन १, २०७८ शुक्रवार १४:०१:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सोनु सुद

  • क्यानाडा नेपाल