आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

सुपरवुमनको भूमिका निभाउने इच्छा गरिन् तापसीले



एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री हुन् तापसी पन्नु ।  दक्षिण भारतीय फिल्मबाट आफ्नो करियरको सुरु गरेकी तापसीले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । उनको हरेक फिल्ममा उनको अभिनयको प्रशंसा गरिएको हुन्छ ।  हरेक फिल्ममा फरक भुमिकामा देखिदै आएकी तापसी अब भने फेरि अर्को फरक भूमिका देखिदैछिन् ।

अब भने उनी सुपरवुमनको भूमिका निभाउने तयारीमा लागेकी छिन् । भारतिय मिडियाका अनुसार एक अन्तवार्तामा  अभिनेत्री तापसीसँग एक्सन स्टार ऋतिक रोशनको फिल्म क्रिश ४ मा सुपरवुमनको भूमिका निभाउने बारे सोधिएको थियो । उनले सुपरवुमनको भूमिका निभाउने आफ्नो इच्छा रहेको बताएकी थिइन् । फिल्म क्रिश ३ मा सुपरवुमनको भूमिका  कंगनाले निभाएकी थिइन् । अहिले उनको यो इच्छाले कंगना र तापसीको बीचमा मनमुटावको खबर आएको बताइएको छ । 

 

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  ८ : ५३ बजे