• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

गैंडालाई हेलिकोप्टरबाट उद्दार गरिएको तस्विरले पायो आइजी नोवेल पुरस्कार

क्यानाडा नेपाल भाद्र २५ २०७८
  • 882
    SHARES
  • गैंडालाई हेलिकोप्टरबाट उद्दार गरिएको तस्विरले पायो आइजी नोवेल पुरस्कार

    लन्डन - के तपाइँले बेहोस पारिएका जनाबरलाई डोरीमा खुट्टा बाँधेर हेलिकप्टरमा एक स्थानबाट अर्को स्थानमा लग्दै गरेको देख्नु भएको छ ? अवस्य पनि विभिन्न भिडियोमा यस्ता उद्दारका दृश्य देख्नु भएको होला ।

    images

    हेर्दा निकै साहसी र रमाइला लाग्ने यस्ता उद्दारले जोखिममा परेका धेरै जनाबरको ज्यान जोगिएको छ ।  नामिवियामा यसैगरी एक स्थानबाट अर्को स्थानमा गैडाको उद्दार गर्ने समूहले यस वर्षको आइजी नोवेल पुरस्कार प्राप्त गरको छ । आइजी नोवेल विभिन्न क्षेत्रमा एतिहासिक उपलब्धी गरे वापत दिइने प्रसिद्ध नोवेल पुरस्कार भने होइन् ।

    rhino rescue in namibia.jpg

    सानो तर अनौठो र हाँसो लाग्दो विषयमा भएका उपलब्धीलाई आधार मानेर बर्सेनि यो पुरस्कार वितरण गरिन्छ । यस्तै, रमाइलो उपलब्धी नामिवियाका बन्यजन्तु विज्ञले गरेका थिए । 

    नामिवियामा कर्नेल युनिर्भसिटिका बन्यजन्तुसम्बन्धी विज्ञले १२ ओटा गैंडालाई हेलिकप्टरमार्फत एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गरेका थिए । गैडालाई डोरीमा झुण्डाएर १० मिनेटसम्म हेलिकप्टरमा उडाइएको थियो । बेहोस पारिएका गैंडालाई उत्तानो पारेर चार खुट्टा बाँधेर उडाइएको थियो । घोप्टो पार्दा मुखबाट रगत बग्ने आशंकामा उत्तानो पारेर बाँधिएको थियो ।

    नोबेल पुरस्कार विभिन्न सात विधामा दिइए जस्तै यो पुरस्कार १० क्षेत्रमा प्रदान गरिन्छ । पुरस्किृत हुने अन्य समूहमा चपाएर सडकमा फालिएको चुईङगमको व्याक्टेरियाको अध्ययन गर्नेदेखि  समुद्रमा चल्ने युद्धपोत जहाजमा साङ्ला नियन्त्रण गर्ने समूह छन् ।एजेन्सी


    भाद्र २५, २०७८ शुक्रवार १८:४८:५३ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # गैँडा

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    चिकित्सकले गरे टाउको जोडिएका जुम्ल्याहाको सफलतापूर्वक शल्यक्रिया

  • 722
    SHARES
  • चिकित्सकले गरे टाउको जोडिएका जुम्ल्याहाको सफलतापूर्वक शल्यक्रिया

    जेरुसेलम - इजरेलमा चिकित्सकहरुले टाउको जोडिएका दुई बालिकालाई शल्यक्रियापछि अलग गरेका छन्  । एक वर्षका जुम्ल्याहा बालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् । शल्यक्रियाका सम्पन्न गर्न  चिकित्सकहरुलाई १२ घण्टा समय लागेको थियो । 

    images

    बियरसेवा सहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौंदेखि तयारी गरिएको थियो । शल्यक्रियामा स्वदेश तथा विदेशका दजनौं विज्ञहरु संलग्न थिए । शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् ।

    शल्यक्रियापछि दुबै बालिकाको अवस्था सामान्य छ । ‘उनीहरुले आफै खाइरहेका छन् र श्वासप्रश्वासका लागि अक्सिजन आवश्यक परेको छैन्,’ सोरोका प्लाष्टिक सर्जरी विभागका प्रमुख एलदाद सिल्बरस्टिनले भने ।  इजरायलमा टाउको जोडिएका बच्चाको शल्यक्रियामार्फत अलग गरिएको यो पहिलो घटना हो । विश्वभर अहिलेसम्म यस्तै प्रकृतिका २० ओटा शल्यक्रिया भइसकेका छन् । 

    शल्यक्रिया गर्नु केही महिनाअघि बालिकाहरुको टाउकोको छाला तन्काउन ताप प्रदान गर्ने सिलिकन व्याग राखिएको थियो । खोपडी अलग गरेपछि नयाँ छाला हालिएको थियो । टाउको जोडिएका ती बालिकाहरुको जन्म सन् २०२० को अगस्टमा भएको थियो ।एजेन्सी


    भाद्र २१, २०७८ सोमवार ११:१३:०८ बजे : प्रकाशित

    अब डिम्ब, शुक्रकीट र भ्रुणलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने

  • 718
    SHARES
  • अब डिम्ब, शुक्रकीट र भ्रुणलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने

    एजेन्सी, लण्डन - बेलायतमा मानिसको डिम्ब, शुक्रकीट र भ्रुणलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने कानून ल्याइने भएको छ । दश वर्षसम्म भण्डारण गर्न मिल्ने विद्यमान कानूनलाई सरकारले संशोधन गर्न लागेको हो । नयाँ कानूनले सर्वसाधारणलाइ आफ्नो परिवार कहिले सुरु गर्ने भन्ने विकल्प दिनेछ । कानूनलाई संसदले अनुमोदन गर्नुपर्छ । 

    images

    नयाँ व्यवस्थाअनुसार भावी आमाबुवाले शुक्रकीट र भ्रुण भण्डारण गरेको १० वर्ष पूरा भएपछि प्रजनन प्रक्रिया अघि बढाउने वा भण्डारण गरिएका कोषहरू नष्ट गर्ने  निर्णय गर्नुपर्छ । 

    डिम्ब, शुक्रकीट र भ्रुणको  शीतभण्डारण गर्न एउटा आधुनिक चिस्यान पद्धति विकास गरिएको छ । जसअनुसार डिम्बको संरचना नबिगारी लामो समय सुरक्षित राख्न  सकिनेछ । 

    प्रस्तावित नयाँ कानूनले मानिसलाई सन्तान जन्माउन हतार गर्ने विद्यमान संस्कार अन्तय गर्ने स्वास्थ्यमन्त्री साजिद जाबिदले भने । ‘अब मानिसमा प्रजनन स्वतन्त्रता हुनेछ ।’ 

    मन्त्री जाबिदले भने । त्यस्तै, ब्रिटिश फर्टिलिटी सोसाइटीका अध्यक्ष डा. राज माथुरले नयाँ प्रस्तावको योजनाको स्वागत गरेका छन् । विज्ञहरुका अनुसार चाँडो डिम्ब शीतभण्डारण गर्ने महिलामा कृत्रिम गर्भाधान सफल हुन्छ ।एजेन्सी
     


    भाद्र २२, २०७८ मंगलवार १०:००:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शुक्रकीट
  • # डिम्ब

  • क्यानाडा नेपाल

    गैंडालाई हेलिकोप्टरबाट उद्दार गरिएको तस्विरले पायो आइजी नोवेल पुरस्कार

  • 882
    SHARES
  • गैंडालाई हेलिकोप्टरबाट उद्दार गरिएको तस्विरले पायो आइजी नोवेल पुरस्कार

    लन्डन - के तपाइँले बेहोस पारिएका जनाबरलाई डोरीमा खुट्टा बाँधेर हेलिकप्टरमा एक स्थानबाट अर्को स्थानमा लग्दै गरेको देख्नु भएको छ ? अवस्य पनि विभिन्न भिडियोमा यस्ता उद्दारका दृश्य देख्नु भएको होला ।

    images

    हेर्दा निकै साहसी र रमाइला लाग्ने यस्ता उद्दारले जोखिममा परेका धेरै जनाबरको ज्यान जोगिएको छ ।  नामिवियामा यसैगरी एक स्थानबाट अर्को स्थानमा गैडाको उद्दार गर्ने समूहले यस वर्षको आइजी नोवेल पुरस्कार प्राप्त गरको छ । आइजी नोवेल विभिन्न क्षेत्रमा एतिहासिक उपलब्धी गरे वापत दिइने प्रसिद्ध नोवेल पुरस्कार भने होइन् ।

    rhino rescue in namibia.jpg

    सानो तर अनौठो र हाँसो लाग्दो विषयमा भएका उपलब्धीलाई आधार मानेर बर्सेनि यो पुरस्कार वितरण गरिन्छ । यस्तै, रमाइलो उपलब्धी नामिवियाका बन्यजन्तु विज्ञले गरेका थिए । 

    नामिवियामा कर्नेल युनिर्भसिटिका बन्यजन्तुसम्बन्धी विज्ञले १२ ओटा गैंडालाई हेलिकप्टरमार्फत एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गरेका थिए । गैडालाई डोरीमा झुण्डाएर १० मिनेटसम्म हेलिकप्टरमा उडाइएको थियो । बेहोस पारिएका गैंडालाई उत्तानो पारेर चार खुट्टा बाँधेर उडाइएको थियो । घोप्टो पार्दा मुखबाट रगत बग्ने आशंकामा उत्तानो पारेर बाँधिएको थियो ।

    नोबेल पुरस्कार विभिन्न सात विधामा दिइए जस्तै यो पुरस्कार १० क्षेत्रमा प्रदान गरिन्छ । पुरस्किृत हुने अन्य समूहमा चपाएर सडकमा फालिएको चुईङगमको व्याक्टेरियाको अध्ययन गर्नेदेखि  समुद्रमा चल्ने युद्धपोत जहाजमा साङ्ला नियन्त्रण गर्ने समूह छन् ।एजेन्सी


    भाद्र २५, २०७८ शुक्रवार १८:४८:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गैँडा

  • क्यानाडा नेपाल

    अर्काकी श्रीमती चोरेर विवाह गर्नुपर्ने अनौठो चलन 

  • 568
    SHARES
  • अर्काकी श्रीमती चोरेर विवाह गर्नुपर्ने अनौठो चलन 

    काठमाडौं - विश्वमा धेरै जाति, समुदाय र वर्गका मानिसहरु छन् । उनीहरुको आफ्नै रीति रिवाज र परम्परा छ । कुनै जातिका परम्परा त अचम्म लाग्दा पनि हुन्छन् । 

    images

    यस्तै एक अनौठो परम्परा पश्चिमी अफ्रिकाको एक आदिवासी समुदायमा छ । बोदाब्बे नामक आदिवासी समुदायको परम्परा सुन्दा जोकोहीलाई अनौठो लाग्छ । बोदाब्बे  आदिवासी समुदायको संस्कारअनुसार पुरुषहरु एक अर्काका श्रीमतीहरुलाई चोरेर विवाह गर्ने गर्छन् । 

    यस समुदायको संस्कारमा अर्काकी श्रीमती चोरेर बिहे गर्नुपर्छ । पुरुषहरुको पहिलो विवाह घरपरिवारको राजीखुसीले हुन्छ । यदि दोस्रो विवाह गर्नुपरेमा अर्काकी श्रीमती चोरेर अर्थात भगाएर गर्नुपर्छ । श्रीमती चोर्नका लागि हरेक वर्ष त्यहाँ एउटा मेला लाग्छ । 

    उक्त मेलामा पुरुषहरु अनुहारमा रंग दलेर पुग्छन् र विवाहित महिलाहरुलाई फकाउछन् । मन मिलेमा भगाएर लाग्छन् । यस गेरेबोल महोत्सवमा विवाहित महिला फकाउने पुरुषसँग बिहे गर्न राजी भएमा भगाउने गरिन्छ । भागेपछि समुदायले नै धुमधामले विवाह गरिदिन्छन् । 


    भाद्र २५, २०७८ शुक्रवार २०:४५:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठो गाउँ

  • क्यानाडा नेपाल

    अर्बपति एलन मस्कले रचे नयाँ इतिहास

  • 328
    SHARES
  • अर्बपति एलन मस्कले रचे नयाँ इतिहास

    काठमाडौ - विश्वका सर्वाधिक धनाढ्य एलन मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले चार सर्वसाधरणलाई अन्तरिक्ष पठाएर अन्तरिक्ष विज्ञानको क्षेत्रमा नयाँ कीर्तिमान बनाएको छ । एरोस्पेस कम्पनीले इन्सपिरेसन–४ मिसनअन्तर्गत पहिलोपटक सर्वसाधरण सवार यात्रु  दललाई अन्तरिक्षमा पठाउन सफल भएको हो । 

    images

    स्थानीय समयअनुसार  बुधवार बिहान ५ बजेर ४८ मिनेटमा अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेंन्टरबाट सो मिसन सुरु भएको थियो । चारजना यात्री सवार फाल्कन ९ रकेट क्रु ड्रयागन क्याप्सुल बोकेर अन्तरिक्ष यात्राका लागि पृथ्वीबाट उडेको थियो ।

    अमेरिकन अर्बपति व्यापारी जैरेड आईज्याकम्यानले अन्तरिक्ष यात्राको प्रायोजन गरेका हुन् । अन्तरिक्षमा जाने अन्य तीन जनाको नाम आईज्याकम्यान आफैले छनौट गरेका थिए । अन्तरिक्ष विज्ञका अनुसार सन् १९७२ पछि पृथ्वीबाट सबैभन्दा धेरै उचाईमा पुग्ने पहिलो मानव अभियान हो । न्युज कारखाना

     


    भाद्र ३१, २०७८ बिहिवार २१:०४:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एलन मस्क

  • क्यानाडा नेपाल

    बिहारका दुई बालकको खातामा करोडौं भारु जम्मा भएपछि...

  • 472
    SHARES
  • बिहारका दुई बालकको खातामा करोडौं भारु जम्मा भएपछि...

    बिहार - बिहारको कटिहार गाउँका दुई अभिभावक आफ्ना सन्तान बोकेर एकाबिहानै आफ्नो खाता जाँच गर्न एटीएम र बैंकमा पुग्छन् । बच्चाले आफ्नो  खातामा बैंकबाट ‘धेरै रकम’ जम्मा भएको बताएपछि अभिभावकले उनीहरूलाई लिएर बैंक पुग्छन्, तर केही समयपछि निराश भएर फर्किन्छन् । 

    images

    सार्वजनिक इन्टरनेट केन्द्रमा पुगेर स्टेटमेन्ट जाँच गर्दा उनीहरूको खातामा करोडौं भारु जम्मा भएको देखिएको थियो । कक्षा ६ मा अध्ययनरत आशीषको खातामा ६ करोड दुई लाख जम्मा भएको रहेछ । अर्का विद्यार्थी गुरुचरण विश्वासको खातामा नौ सय करोड जम्मा भएको थियो । गाउँका प्रमुखले त्यसको पुष्टि गरे ।

    तर, उनीहरूको खातामा देखाएको पैसा वास्तवमा जम्मा भएको थिएन । बैंकको प्राविधिक समस्याले त्यस्तो देखाएको थियो । यो सुन्दा दुवै बलक र उनीहरूका अभिभावक निराश बने ।

    भारत सरकारको योजनाअन्तर्गत विद्यालय पोसाक र कापीकिताब किन्न बैंक खातामा केही रकम डिपोजिट भएको हुन सक्ने अभिभावकले अनुमान गरेका थिए । उत्तर विहारको ग्रामीण बैंकमा दुवै बच्चाको अकाउन्ट खोलिएको थियो ।

    ‘दुईजना स्कुले विद्यार्थीको खातामा ठूलो परिमाणमा रकम जम्मा भएको खबर थाहा पाएपछि हामीले यसबारेमा अनुसन्धान गरिरहेका छौं,’ कटिहर जिल्लाका म्याजिस्ट्रेट उदय मिश्रले भने । कम्प्युटरमा देखिएको प्राविधिक समस्याले उनीहरूको खातामा पैसा देखाए पनि सो रकम डिपोजिट नभएको सो बैंकका प्रबन्धकले बताएका छन् । यसबारेमा बैंकले थप अनुसन्धान गर्ने भएको छ ।एजेन्सी


    आश्विन १, २०७८ शुक्रवार १०:०७:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिहार

  • क्यानाडा नेपाल