आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ युट्युवमा सार्वजनिक, पृथ्वीनारायण शाहको भुमिकामा देखिए यशराज (भिडियो)



काठमाडौं –  चलचित्र  ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ युट्युवमा सार्वजनिक भएको छ । प्रदीप खड्गीको निर्देशनमा तयार भएको चलचित्र  ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ गएको शुक्रबार युट्युवमा सार्वजनिक भएका हो । यस चलचित्र पृथ्वी नारायण शाहले कीर्तिपुरमा गरेको आक्रुमणको विषयवस्तुमा आधारित रहेर तयार पारिएको छ । 

गएको असार १३ गते प्रदर्शनमा आएको यस चलचित्रमा यशराजले राजा पृथ्वी नारायणको र  हिसिलाले कीर्ति लक्ष्मीको भूमिका निभाएकी छिन् । काठमाडौं, भक्तपुर, नुवाकोटमा छायांकन गरिएको यस चलचित्र साहित्यकार बासु पासाङद्धारा लिखित भैरवसिंह नामक उपन्यासमा आधारित रहेको छ । चलचित्रमा अभिनेता यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । 

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  ७ : २० बजे