आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

डिसहोममा अब घरमै बसेर हेर्नुहोस् चलचित्र ‘छ माया छपक्कै’



काठमाडौं – हास्यकलाकार दिपकराज गिरी र केकी अधिकारीको चलचित्र ‘छ माया छपक्कै’ अब घरमै बसेर हेर्न सकिने भएको छ । गएको असोज २४ गते रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’  डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुनेछ । दीपेन्द्र लामाको निर्देशनमा बनेको यस चलचित्र मंसिर १३ गते देखि डिशहोम प्रदर्शन हुने भएको छ । 

चलचित्र ‘छ माया छपक्कै’ हलमा गएर हेर्न नभ्याउनेहरुले अब आफ्नै परिवारसँग घरमै बसेर हेर्न सक्नेछन् । डिशहोमले  दर्शकहरुका लागि न्यूनतम शूल्कमा घरैमा बसी चलचित्र हेर्न मिल्ने सुबिधा उपलब्भ गराएको छ । 

हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर र डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर यो सुबिधा लिन सकिन्छ । रोहित अधिकारीको निर्माण रहेको यस चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरेलगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रले उमेर दुरीमा हुने प्रेम र राजनीतिको कथा बताएको छ ।

 

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  ६ : १८ बजे