श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक  



काठमाडौँ – सोमबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अपराह्न ४ बजे सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् । 

आज बस्ने बैठक नियमित भएको प्रधानमन्त्री देउवाको सचिवालयले  जनाएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री बनेको लामो समय भइसक्दा पनि देउवाले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् । 
 

प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार  ६ : ४५ बजे