आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

विष्णु खत्रीलाई पछि पार्दै दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजी विजयी  



पोखरा – राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजी विजयी भएका छन् । उनले आइतबार उनका प्रतिस्पर्धी विष्णु खत्रीलाई पछि पारेका छन् । रमेश विजीले ५८४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी विष्णु खत्रीले ५४५ मत पाएका छन् । अहिले पराजित भएका विष्णु खत्री यसअघिको निर्वाचनमा पनि पराजित भएका थिए । त्यस्तै पोखरामा आयोजना भएको उक्त सातौँ महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुको पनि मतपरिणाम सार्वजनिक भएको छ ।

उक्त प्रतिष्ठानको १० पदाधिकारी निर्विरोध निर्वाचित भएपछि केही पदाधिकारी र केन्द्रीय सदस्यका लागि मात्रै मतदान भएको थियो ।उक्त मतदानमा कोषाध्यक्षमा राजु ढकाल, सहकोषाध्यक्षमा इश्वरीप्रसाद भुषाल, प्रशासनिक सचिवमा कृष्ण रेउले विजयी भएका छन् ।

त्यस्तै सात खुल्ला सचिवमा जीवन दाहाल, रशेमराज भट्टराई, कुलेन्द्र विक, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुस्कर शर्मा निर्वाचित भएका छन् । त्यसैगरी यसअघि निर्विरोध निर्वाचित हुनेमा प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल रहेका छन् । 

 

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  ४ : ०६ बजे