• Oct 21 2021 | २०७८, कार्तिक ४गते

२०७८, कार्तिक ४गते

महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापा पौडेल समूहमा 

क्यानाडा नेपाल भाद्र १७ २०७८
  • 776
    SHARES
  • images
    images
    महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापा पौडेल समूहमा 

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् । आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका  थापा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा देखिए । 

    images

    थापा १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहमा रहेका थिए । अहिले उनी पौडेल समूहको कार्यक्रममा देखिएका छन् । 

    गएको महाधिवेशनमा पनि नेता थापा महामन्त्री पदमा नै उठेका थिए । उनीसँगै महामन्त्री पदमा डा।शशांक कोइराला र अर्जुननरसिंह केसी पनि उठेका थिए । केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा उठेका थिए । देउवा पक्षबाट महामन्त्रीमा उठेका केसी अहिले पौडेल समूहका छन् । 

    आफूलाई महामन्त्रीमा उम्मेदवार बनाए पनि देउवाले कोइरालासँग साँठगाँठ गरेर आफूलाई महामन्त्रीमा हराएको भन्दै केसीले देउवाको साथ छाडेका हुन् ।  


    भाद्र १७, २०७८ बिहिवार २१:०९:१३ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    एमालेले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा 

  • 160
    SHARES
  • एमालेले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा 

    काठमाडौं - नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकबिहीबार अपरान्ह ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङले मुख्यतः पाँचवटा एजेण्डामा छलफलको लागि बैठक बोलाइएको बताए । 

    images

    बैठकमा विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन, ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुने उनले बताए ।


    कार्तिक ३, २०७८ बुधवार १४:४४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • क्यानाडा नेपाल

    बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

  • 150
    SHARES
  • बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

    काठमाडौं - सरकारले बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई राहत दिने भएको छ । बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । 

    images

    उक्त बैठकले हालैका दिनमा प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिको विश्लेषण गर्दै राहत दिने निर्णय गरेको हो । 

    बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउने र घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय गरेको जनाइएको छ । 


    कार्तिक ३, २०७८ बुधवार १७:५६:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो

  • क्यानाडा नेपाल

    ओलीले भने - 'सरकार ढाल्दिऊँ भन्ने हो भने एक हप्ताभित्र सरकार जान्छ' 

  • 260
    SHARES
  • ओलीले भने - 'सरकार ढाल्दिऊँ भन्ने हो भने एक हप्ताभित्र सरकार जान्छ' 

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कुनैपनि काम गर्न नसक्ने दावी गरेका छन् । बुधबार पार्टीको वागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

    images

    देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताउदै उनले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको बताए । उनले देश बनाउन आउँदो निर्वाचनमा पार्टीलाई जिताउनुपर्ने पनि बताए । 

    उनले एमाले नेतृत्वको सरकारले गरेका कामले गिनिज बुकको आधा भाग भरिने पनि बताए । अहिलेको सरकारले केही काम गर्न नसक्ने बताउदै ओलीले आफ्नो पार्टी बाहेक अर्को पार्टीले विकास गर्न नसक्ने बताए । 

    उनले भने - 'गिनिज बुकको आधा भाग त हामीले गरेको कामले भरिन्छ । दुई यो एमाले हो क्या एमाले । गिनिज बुकमा लेख्ने कुरा कति छन्' कति उनले थपे - 'दुईपटक किड्नी फेरेर पनि प्रधानमन्त्री बन्ने र उस्तै स्वस्थ हुने मान्छे पनि नेपालमै ।'

    यस्तै उनले आफूहरूले चाहेमा सरकार एक हप्ताभित्रै ढाल्न सक्ने तर आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको पनि बताए । उनले भने - 'अहिले पनि यो सरकार ढाल्दिऊँ भन्ने हो भने धेरै त नभनौं एक हप्ताभित्र यो सरकार जान्छ। एमालेले ढाल्दिऊँ भन्ने हो भने। यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौं। ' 


    कार्तिक ३, २०७८ बुधवार १८:५०:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    एमालेको चियापान : अरु पार्टीलाई आसन, समाजवादीलाई गाली र बहिष्कार

  • 284
    SHARES
  • एमालेको चियापान : अरु पार्टीलाई आसन, समाजवादीलाई गाली र बहिष्कार

    पोखरा - एमाले कास्कीले दसैँ तिहारलगायत सबै चाडवाडलाई लक्षित गरी बुधबार चियापान कार्यक्रम आयोजना गर्‍यो । एमाले महासचिव ईश्वर पोखरेल, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वगृहमन्त्री खगराज अधिकारीलगायत कार्यक्रमको वक्ता थिए ।

    images

    एमालेले चियापानमा जिल्लास्थित सबै सक्रिय राजनीतिक पार्टीलाई आमन्त्रण गरेकाे थियो । समाराेहमा सबै राजनीतिक पार्टीलाई आसन ग्रहण गराइयो । सरकारका उपसचिवसमेतको आसन ग्रहण थियो । तर एमालेले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई बहिष्कार गर्‍यो । नेकपा एसको नामसमेत लिएन ।

    सुरुदेखि नै वर्गशत्रुका रूपमा समाजवादी पार्टीलाई लिइएको छ । त्यतिमात्रै होइन, कार्यक्रमका वक्ताहरूले नेकपा (एस) को खोइरो खने । एमाले महासचिव पोखरेलले कम्युनिष्ट पार्टी फुटाएर विरोधी पार्टीलाई सत्ता सुम्पिने माधव समूहको गठबन्धन चकनाचुर हुने दाबी गरे । ‘एमालेविरुद्ध जुन गठबन्धन बनेको छ, यो गठबन्धन धेरै दिन टिक्नेवाला छैन । यो चकनाचुर हुनेवाला छ । यो गठबन्धन मुलुकको विकास र समृद्धि रोक्नका लागि हो । मुलुकको राजनीतिक स्थायित्व धराशायी बनाउन हो,’ उनले थपे, ‘यो अराजकतालाई बढावा दिनका लागि हो । सामाजिक सद्भावलाई खलवल्याउने र विदेशीको इसारामा घुँडा टेक्ने गठबन्धन हो । एमाले यसको विरुद्ध लाग्छ ।’

    एमाले सचिव पृथ्वीसुब्बा गुरुङले एकीकृत समाजवादीले कम्युनिष्टको आदर्शविपरीत काम गरेको आरोप लगाए । ‘अहिले एमाले विभाजित गरेर कम्युनिष्ट भन्ने शक्तिहरूले दलाल नोकरशाही पुँजीपतिहरूको संरक्षण गरिरहेका छन् । विदेशीको इसारामा नाच्ने पार्टीको नेतृत्वमा सरकार बनाएका छन्,’ उनले भने, ‘यो सरकार दलाल नोकरशाही पुँजीवादीहरूको हो । यसविरुद्ध एमाले लाग्नुपर्ने छ ।’ उनले माओवादी र एकीकृत समाजवादी कुनै पनि हालतमा कम्युनिष्ट हुन नसक्ने बताए ।

    पूर्वगृहमन्त्री अधिकारीले एमालेको विभाजन सेटिङबाट गरिएको भन्दै त्यो नस्वीकार्ने बताए । ‘कृत्रिम विभाजन कहिलै स्वीकार्य छैन । सेटिङबाट गरेको विभाजन हामीलाई स्वीकार्य छैन । हामी भुइँबाटै देखाउन चाहन्छौं, ६ गते वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनबाट अझ बढी मजबुत बनाएर लाग्छौं,’ उनले भने, ‘यो देशमा नेकपा एमाले जिउँदै छ । हराभराका साथ अगाडि बढ्छ । सम्पूर्ण गलत चिन्तन, शैली प्रवृत्तिलाई चुनौतीका साथ सामना गर्दै संघीयतालाई दृढतापूर्वक अगाडि बढाउँछ ।’न्युज कारखाना
     


    कार्तिक ३, २०७८ बुधवार १८:५६:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • क्यानाडा नेपाल

    प्रतिनिधिसभाको अवरोध खुलाउन पहल भइरहेको छ - सभामुख सापकोटा

  • 178
    SHARES
  • प्रतिनिधिसभाको अवरोध खुलाउन पहल भइरहेको छ - सभामुख सापकोटा

    काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा भएको अवरोध हटाउन औपचारिक र अनौपचारिकरूपमा पहल भइरहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको कुभिण्डेमा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको २९औँ साधारणसभाको उद्घाटनका अवसरमा सभामुख सापकोटाले यही कात्तिक ११ गते बस्ने प्रतिनिधिसभाको बैठकअगावै संसद् सञ्चालन गर्न आवश्यक छलफलका लागि पुनः बैठकको आयोजना गरिने बताउनुभयो ।

    images

    प्रतिनिधिसभालाई प्रभावकारी, गतिशील र जनमुखी बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्दै सभामुख सापकोटाले आफू त्यसैमा केन्द्रित भएर काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

    मौसममा आएको परिवर्तनले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिराले ठूलो धनजनको क्षति पुगेकामा दुःख व्यक्त गर्दै सभामुख सापकोटाले मुखमै आएको धानबाली नोक्सान भएकामा पीडित परिवारलाई राहत उपलब्ध गराउन गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष नेत्रप्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा आफू कसैको दबाब र कुनै शक्तिसँग झुकेर राष्ट्र र जनताको हितविपरीत काम नगर्ने प्रतिबद्धता पुनः दोह¥याउनुभयो । 

    चौतारा साँगाचोकगढी नगरपालिका–४ कुभिण्डेमा अवस्थित उक्त सहकारी संस्था जिल्लाकै पहिलो हो । वार्षिक पाँच लाख ७५ हजार लिटर दूध उत्पादन हुने र आफ्नै चिस्यान केन्द्रमार्फत दुग्ध विकास संस्थान बालाजुमा पठाइने गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।रासस
     


    कार्तिक ३, २०७८ बुधवार २०:३६:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अग्निप्रसाद सापकोटा

  • क्यानाडा नेपाल

    प्रधानसेनापति शर्मा र राजदूत भोल्कबीचको भेटवार्तामा के भयो ?

  • 166
    SHARES
  • प्रधानसेनापति शर्मा र राजदूत भोल्कबीचको भेटवार्तामा के भयो ?

    काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्मा र अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार सैनिक मुख्यालय जङ्गीअड्डामा भेटवार्ता भएको हो । 

    images

    उक्त भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भेटवार्ताले दुई देशबीचको सम्बन्ध सुमधुर तुल्याउन थप सहयोग पुग्ने सेनाको विश्वास रहेको छ । 


    कार्तिक ३, २०७८ बुधवार २१:००:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रभुराम शर्मा

  • क्यानाडा नेपाल