• Oct 23 2021 | २०७८, कार्तिक ६गते

२०७८, कार्तिक ६गते

साइप्रसमा दुर्घटनामा परेर एक नेपाली युवकको निधन, एक घाइते

क्यानाडा नेपाल भाद्र १७ २०७८
  • 1.5K
    SHARES
  • images
    images
    साइप्रसमा दुर्घटनामा परेर एक नेपाली युवकको निधन, एक घाइते

    काठमाडौं - साइप्रसमा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा कपिलवस्तुका २४ वर्षीय तुलसी भुसाल रहेका छन् । उनको मंगलबार बेलुका मोटरसाइकल दुर्घटनामा परेर निधन भएको हो । 

    images

    उनीसँगै दुर्घटनामा परेकी सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ गम्भीर घाइते भएकी छिन् । त्यहाँको प्रहरीका अनुसार उक्त दुर्घटना मोटरसाइकलको तिव्र गतिका कारण भएको जनाइएको छ । 

    दुर्घटनामा निधन भएका भुसालको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको  गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले जनाएको छ ।  


    भाद्र १७, २०७८ बिहिवार १३:४३:०१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # साइप्रस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    मलेसियामा ड्युटी गर्नेक्रममा बेहोस भएका एक नेपालीको निधन

  • 1.0K
    SHARES
  • मलेसियामा ड्युटी गर्नेक्रममा बेहोस भएका एक नेपालीको निधन

    काठमाडौं - मलेसियामा एक नेपालीको निधन भएको छ । निधन हुनेमा लामोसमयदेखि रोजगारीको सिलसिलामा मलेसियामा रहेका काभ्रेपलान्चोक महादेवटार (८ का टेक बहादुर तामाङ रहेका छन् । 

    images

    उनले मलेसियाको सिन याङ प्लाइवुड एसडिएन बिएचडी नामक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका थिए । केही महिनादेखि प्रेसरका बिरामी रहेका उनी ड्युटी गर्नेक्रममा बेहोस भएर ढलेका थिए । 

    उनी ढलेपछि अस्पताल लैजानेक्रममा निधन भएको नेपाली दूतावास स्रोतले जनाएको छ । उनको शवलाई नेपाल ल्याउने तयारी गरिएको छ । 
     


    आश्विन १२, २०७८ मंगलवार १२:३०:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मलेसिया

  • क्यानाडा नेपाल

    ‘रातो सूची’बाट नेपाललाई हटायाे बेलायतले

  • 452
    SHARES
  • ‘रातो सूची’बाट नेपाललाई हटायाे बेलायतले

    काठमाडौं - बेलायतले नेपाललाई यात्रा प्रतिबन्धको रातो सूची अर्थात् रेड लिस्टबाट हटाएको छ । कोरोनाभाइरसको महामारीका कारण बेलायतले नेपालसहित विभिन्न मुलुकका नागरिकलाई आफ्नो (बेलायत) यात्रामा कडा नियम लागू गरेकाे थियाे । 

    images

    नेपालमा कोरोना संक्रमण घटनुका साथै खोपको उपलब्धता बढ्न थालेपछि बेलायत सरकारले आगामीसोमबारबाट लागू हुने गरी रातो सूचीबाट हटाएको हो । 

    अब बेलायत जाने विद्यार्थी तथा अन्य यात्रुले क्वारेन्टाइनका नाममा ठूलो धनराशी खर्चनु पर्दैन । नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल रातोसूचीबाट हटेको जानकारी सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

    अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्र रातो सूचीमा छन् ।न्युज कारखाना


    आश्विन २२, २०७८ शुक्रवार ०८:२०:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    एनआरएनएको १० औं महाधिवेशन डेढ महिनाभित्र हुने

  • 420
    SHARES
  • एनआरएनएको १० औं महाधिवेशन डेढ महिनाभित्र हुने

    लण्डन - गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी डेढ महिनाभित्र हुने भएको छ ।  संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजनामा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयसँग छलफल गरेर डेढ महिनाभित्र निर्वाचन गर्ने तयारी गरिएको बताए ।

    images

    उनले मन्त्रालयले आफ्नो कार्यक्षेत्र नाघेर पत्राचार गरेको पनि आरोप लगाए । 'एनआरएनएभित्रका समस्याको समाधान गर्न हामी नै सक्षम छौं । हामीले समाधान निकाल्छौं । म प्रधानमन्त्री शेरबहादुर देउवासमेत भेटेर यहीँ कुरा भन्छु,' उनले भने । पन्तले मन्त्रालयले आफूसँग एकप्रकारको छलफल गर्ने तर पत्र लेख्ने बेलामा अर्कै प्रकारको पठाउने गरेको गुनासो गरे । 

    कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष डा. बद्री केसीले नेतृत्व कस्ले लिने भन्ने विषय गौण भएको बताउँदै निर्वाचनको वातावरण बनाउन आफू लचिलो हुन तयार रहेको बताए । 

    गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापाले संघ अत्यन्त कठिन मोडमा उभिएको बताए । उनले निर्वाचन समितिले संघको पदाधिकारीको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा गरेको बताए । 

    कार्यक्रममा संघका उपाध्यक्षहरु रविना थापा, मन केसी, महासचिव डा. हेमराज शर्मा,  कोषाध्यक्ष महेश श्रेष्ठ, प्रवक्ता डिबी क्षेत्री, सचिव आरके शर्मालगायत राष्ट्रिय समितिका अध्यक्षहरु, आइसीसी सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरु, केन्द्रीय पार्षदलगायतले सम्बोधन गरेका थिए । 

    यसअघि कार्यकारी सचिवालयको आइतबार सम्पन्न बैठकले आगामी ६ महिनाभित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको थियो । महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिएपछि निर्वाचनका सबै प्रकृया रोकिएका छन् । 


    आश्विन २७, २०७८ बुधवार ०७:३२:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • क्यानाडा नेपाल

    राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं

  • 308
    SHARES
  • राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं

    काठमाडौं - नेपालले संयुक्त राष्ट्रसंघीय फोरममा अपराधीलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको छ ।

    images

    संयुक्त राष्ट्रसंघको ७६ औं महासभाअन्तर्गत जेनेभामा मानव अधिकारको सम्पूर्ण अवस्थाबारे जानकारी गराउँदै नेपालले कसुरदारलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको हो ।

    नेपालका तर्फबाट प्रतिनिधि अमृत राईले अपराधीलाई संरक्षण नहुने बताए । नेपाल सरकारले कसुरदारलाई कारवाही गर्ने उनको भनाइ थियो ।

    ‘नेपाल संयुक्त राष्ट्रसंघमा उच्चतम स्तरको आचरण, योग्यता र अखण्डता सुनिश्चित गर्नको लागि राष्ट्रसंघ र सदस्य राष्ट्रहरुसँग सहकार्य गर्न तयार छ,’ राईले भने, ‘अपराधीहरुलाई उनीहरुको अपराधका लागि जिम्मेवार ठहर्‍याइने छ ।’न्युज कारखाना

     


    आश्विन २८, २०७८ बिहिवार ११:२४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रसंघीय फोरम

  • क्यानाडा नेपाल

    मलेसियामा एक नेपाली युवकको निधन

  • 378
    SHARES
  • मलेसियामा एक नेपाली युवकको निधन

    काठमाडौं - मलेसियामा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा बैतडी डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशी रहेका छन् । उनको सोमबार राति ब्लड क्यान्सरका कारण अस्पतालमा निधन भएको हो । 

    images

    बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको निधन भएको बारे मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले जानकारी दिए । मृतकको आजै पोष्टमार्टम गरिने उनले बताए । 

    पोष्टमार्टमपछि कोरोना संक्रमण नदेखिए शव नेपाल ल्याइने बताइएको छ । मृतक जोशी विगत पाँच बर्ष देखि मलेसियामा काम गर्दै आएका थिए । उनका श्रीमति, २ छोरी र १ छोरा छन् ।  


    कार्तिक १, २०७८ सोमवार ११:१६:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मलेसिया

  • क्यानाडा नेपाल

    बंगलादेशमा हिन्दु समुदायमाथि भएको आक्रमणविरुद्ध बागलुङमा प्रदर्शन

  • 200
    SHARES
  • बंगलादेशमा हिन्दु समुदायमाथि भएको आक्रमणविरुद्ध बागलुङमा प्रदर्शन

    बागलुङ - बंंगलादेशका हिन्दु समुदायमाथि भएको आक्रमणको विरुद्धमा बागलुङका हिन्दु धर्मसँग सम्बन्धित संघ संगठनले संयुक्त रुपमा विरोध गरेका छन् । 

    images

    विभिन्न १६ वटा धार्मिक संघ संगठनले उक्त घटनाको विरोध गर्दै तत्काल अल्पसंख्यको सुरक्षा गर्न माग गरेका हुन् । हिन्दुमाथिको आक्रमण नरोकिए नेपालमा त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिएका छन् । 

    जिल्लामा क्रियाशिल हिन्दुधर्मसँग सम्बन्धित संगठनले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै बंगलादेशका हिन्दु समुदायको सुरक्षित रुपमा बाँच्न पाउने तथा आफ्नो धर्मसंस्कृति अवलम्बन गर्न पाउने अधिकार सुनिश्चित माग गरेका छन् । 

    हिन्दु समुदायको सुरक्षा र मानव अधिकारको रक्षाको लागि नेपालका प्रधानमन्त्रीले सम्बन्धित देशसँग आवश्यक समन्वय गर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ । वैदिक सनातन हिन्दु धर्ममा भएको सहिष्णुता तथा शान्तिप्रिय स्वभावलाई कमजोरी नठान्न उनीहरुले चेतावनी दिएका छन् । 

    बंगलादेशमा हिन्दु समुदायविरुद्धको सांघातिक आक्रमणमा पाँच जना धर्मगुरुसहित पन्ध्र जना हिन्दुको हत्या गरिएको छ भने सयभन्दा बढी हिन्दुको घर जलाइएको र सयौ हिन्दु नारी बलात्कृत भएको घटना त्रासदीपूर्ण तथा आतातायी भएकोले घटनामा संलग्न अदिवादीलाई  कडा कारवाहीको माग गरेको विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष हरि शर्माले बताए । 

    हिन्दु समुदायविरुद्धको संघातिक आक्रमणबाट विश्वभरका हिन्दु सनातन धर्मावलम्बीहरु मर्माहत भएको नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ बागलुङका प्रमुख अच्युत दासले बताए । धार्मिक युद्ध निम्त्याउने गरी भएको आक्रमण रोकेर दोषीलाई कडा कारवाही नभए थप आन्दोलनका कार्यक्रम घोषण गर्ने उनले बताए । 

    हिन्दु समुदायमाथि भइरहेको आक्रमण र मठमन्दिरमा भएको तोडफोड तथा आगजनी नियन्त्रणमा नलिए त्यसको परिमाण राम्रो नहुने स्वामी ऋषि प्रपान्चार्यले चेतावनी दिए । संख्याको आधारमा कसैले कुनै समुदायमाथि अत्याचार गरे त्यसले ठूलो रुप लिन सक्ने उनको भनाइ छ ।न्युज कारखाना

     


    कार्तिक ४, २०७८ बिहिवार १८:३२:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बंगलादेश

  • क्यानाडा नेपाल