काठमाडौं – आन्तरिक विवादमा फसेको विवेकशील साझा पार्टी बिभाजनको संघारमा पुगेको छ । पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच कुरा नमिल्दा पार्टी बिभाजनको संघारमा पुगेको हो ।
अध्यक्ष मिश्रले ‘संघीयता र धर्मनिरपेक्षता’ मा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि विवेकशील साझा विवादमा परेको हो । अध्यक्ष मिश्रले एकल रुपमा बैठक बोलाएपछि संयोजक पाण्डेले पनि केन्द्रीय समिति बैठक बोलाएका छन् । आज दिउँसो दुवै समूहको अलग अलग बैठक बस्ने भएको छ ।
पाण्डेले विद्यानको धारा २० बिपरित एकल रूपमा बैठक बोलाएर विद्यान विपरित कार्य गरेको आरोप लगाएका छन् । यस्तै मिश्रले पनि पाण्डे समूहले आफनो प्रस्तावमा छलफल गर्न नदिएको आरोप लगाएका छन् ।
पाण्डेले पार्टीको विधानमा अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने र एजेण्डा तय गरिने गरिएको बताएका छन् । गत वर्ष २४ मंसिरमा विवेकशील र साझा पार्टीबीच एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्ताबेजले दलभित्र दुई धार देखिएको हो । यसअघि यो पार्टी २७ पुस २०७५ मा विभाजित भएको थियो ।
प्रतिक्रिया