आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

 ‘म त छम्म छम्म’ गीतको कभर डान्स प्रतियोगितामा क्रिएटिभ भुटनिज विजयी 



काठमाडौं ।  केही महिनाअघि रिलिज गरिएको ‘म त छम्म छम्म’ बोलको गीतको कभर डान्स प्रतियोगिता अमेरिकाको समुहा क्रिएटिभ भुटनिज सर्कलले जितेको छ । उक्त गीत गायिका दिपा तामाङले गाएकी हुन्। यस कभर डान्स जित्ने समुहले  ६० हजार रुपैयाँ नगद तथा नृत्यस्कूलमा छात्रवृत्ति समेत पाएका छन्। कात्तिक २४ गते विश्वव्यापी रुपमा घोषणा गरिएको थियो।  यस प्रतियोगिताको जजमेन्ट निर्णयाक तथा युट्युव भ्यूजको आधारमा गरिएको थियो। जसमा निर्णयाकको हातमा ६०% अधिकार थियो भने बाँकी ४०% युट्युव भ्यूजको आधारमा मूल्यांकन गरिएको थियो।

 साथै यस प्रतियोगिताको निर्णायक मण्डलमा  गम्भीर विष्ट,  नवराज श्रेष्ठ, प्रकाश तामाङ, भक्त खड्का, चन्द कार्की र अमासी राई रहेका थिए। यसैगरि उक्त प्रतियोगितामा  क्यानडा, अमेरिका र नेपालका प्रतियोगीहरुले भाग लिएका थिए। ओम के कार्की र रुद्र बानियाको सहयोग रहेको यस प्रतियोगितालाई रोनक ज्वेलरी एण्ड गिफ्ट हाउस अमेरीकाले प्रायोजन तथा हिमालयन ग्रोसेरी एण्ड ड्रागन एसियन मार्केटले सह प्रायोजन गरेको थियो।  

 

प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार  १० : २९ बजे