• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

नेपालका प्रथम उपराष्ट्रपतिद्वारा कलाकर्मीहरुलाई राष्ट्रिय सम्मान

क्यानाडा नेपाल भाद्र १३ २०७८
  • 824
    SHARES
  • images
    images
    नेपालका प्रथम उपराष्ट्रपतिद्वारा कलाकर्मीहरुलाई राष्ट्रिय सम्मान

    काठमाण्डौ। राष्ट्रिय स्तरमा नेपाली चलचित्र, संगीत तथा पत्रकारिताको क्षेत्रबाट बिशिष्ट योगदान दिएका विभिन्न कलाकर्मीहरु तथा समाजसेवीहरुलाई गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको हातबाट सम्मान प्रदान गरिएको छ । रिबन इन्टरटेनमेन्टले  आफ्नो सातौं बार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच सम्मान प्रदान गरेको हो ।

    images

    राष्ट्रिय स्तरमा नेपाली चलचित्र, संगीत तथा पत्रकारिताको क्षेत्रबाट बिशिष्ट योगदान दिएका व्यक्तित्वहरु रंग पत्रकार जीवन पराजुली, अभिनेता धिरेन शाक्य, संगीतकारहरु अर्जुन पोखरेल, दिपक शर्मा, गीतकार दयाराम पाण्डे, चलचित्र निर्देशकहरु सुदर्शन थापा, राजेन्द्र उप्रेती, राजु अधिकारी, म्यूजिक भिडियो निर्देशक विधान कार्की, समाजसेवी अनुप के बराल, व्यावसायी बालकृष्ण पोखरेल, फेशन कोरियोग्राफर अश्विनी कान्त झा, रेडियो कार्यक्रम प्रस्तोता महेश लिम्बु, कलाकारहरु प्रेम पाण्डे, प्रदीप बास्तोला, साक्षी लम्साल, गायिका सरिता भारती, रंग संयोजक रेनिश फागो, कोरियोग्राफर रामजी लामिछाने, सम्पादकहरु भुपेन्द्र अधिकारी, शाहिल खान, छायाँकार सौरभ लामा लगायतलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

    jiwan-parajuli-honouredd-by-first-vice-president-of-nepal.jpg

    राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गरेका कारण यि व्यक्तित्वहरुलाई सम्मानित गरिएको रिबन इन्टरटेन्मेन्टका संचालक निशु झाले बताउनु भयो । प्रथम उपराष्ट्रपति झाले कला क्षेत्रमा सक्रिय रही विभिन्न विधामा काम गर्ने व्यक्तित्वहरुलाई आफूले सम्मानित गर्न पाउँदा ज्यादै खुशी लागेको बताउनुभयो ।  कला क्षेत्रमा काम गर्नेहरु राजनीति गर्नेभन्दा उच्च रहेको उहाँको भनाई थियो । 

    बिशिष्ट अतिथी नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द थापाले आफुले काम गरेको क्षेत्रका नयाँ पुस्ताको सक्रियतालाई प्रशंसा गर्नुभयो । त्यस्तै, अर्का बिशिष्ट अतिथी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थन नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रताप बाबु तिवारीले कला क्षेत्र आफुले काम गरिरहेको क्षेत्रभन्दा फरक रहेता पनि यस क्षेत्रको आफु प्रसंशक रहेको बताउनुभयो ।


    भाद्र १३, २०७८ आइतवार १८:१४:३२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # जीवन पराजुली
  • # Jiwan Parajuli
  • # film journalist jiwan parajuli

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो

    रासस

    कार्तिक २४

  • 412
    SHARES
  • काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो

    काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन्  । 

    images

    वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४  दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । 


    कार्तिक २४, २०७८ बुधवार १२:३८:२७ बजे : प्रकाशित

    नयाँ रियालिटी सो ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ इमेज च्यानलबाट प्रसारण हुँदै

  • 232
    SHARES
  • नयाँ रियालिटी सो ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ इमेज च्यानलबाट प्रसारण हुँदै

    काठमाडौँ । इमेज च्यानलले “ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार“ लाइ इमेज च्यानल एचडीमा प्रशारण गर्नको लागि भ्वाइस स्टार नेपालसंग प्रशारण सम्झौता भएको छ ।

    images

    नेपाली सुगम संगीतमा ख्यातिप्राप्त गायक तथा संगीतकारहरु निर्णायकका रुपमा प्रस्तुत हुने यस कार्यक्रममा विभिन्न रियालिटी शोमा भाग लिएर पनि  आफ्नो सांगीतिक उचाइलाई उचित स्थान दिन नसकेका गायक गायिकाहरुलाई  भाग लिन बिशेष प्रोत्साहन दिने उक्त च्यानलले जनाएको छ । साथै दूरदराज तथा राजधानी बाहिर रहेर संघर्षरतहरुलाई पनि छनौट प्रक्रियामा उचित स्थान दिइने भएको छ ।

    कार्यक्रमको छनौटको पहिलो चरण डिजिटल फर्म्याटमा अडिशन लिइनेछ । पौष महिनाको पहिलो हप्ताबाट शुरु हुने यो प्रक्रिया एक महिना अवधिको हुनेछ । उक्त छनौट प्रक्रियापछि माघ महिनाको दोश्रो हप्ताबाट नेपालका विभिन्न शहरहरुमा फिजिकल अडिशनको घोषणा हुनेछ । यी दुवै प्रक्रिया बाट छनौट भएका प्रतिस्पर्धीहरु बीच कार्यक्रमको २५ शृंखलामा रोचक भिडन्त हुनेछ । ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ को पुरस्कार राशि रु २५००००० ÷ रहेको छ ।

    भ्वाइस स्टार नेपाल प्रालिले इमेज च्यानल एच डिमा प्रशारण गर्ने उद्देश्यका साथ “ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार“ निकट भविष्यमै उत्पादन गर्ने जनाएको छ ।

    दर्शकहरु माझ “ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार“को प्रचार अभियानका लागि डिजिटल मिडियामा चाडैनै “गेस द जजेज“ डिजिटल क्याम्पेन शुरु हुने बताइएको छ । एक महिना संचालन हुने यस क्याम्पेनका विजेताहरुले विभिन्न पुरस्कार जित्न सक्नेछन् । यस क्याम्पेनको बिजेता तथा जजहरुको घोषणा एक बिशेष कार्यक्रमको आयोजनाबाट हुनेछ ।

    यस कार्यक्रमको भोटिंग पार्टनर सजिलो पे रहेको छ , साथै यस कार्यक्रमको मार्केटिंगको जिम्मेवारी सुश्री मिडियाले लिएको छ ।


    मंसिर ७, २०७८ मंगलवार १७:५४:२१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आफू पुरानै पार्टीमा रहेको रेखा थापाले खुलाईन्

  • 560
    SHARES
  • आफू पुरानै पार्टीमा रहेको रेखा थापाले खुलाईन्

    काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको राजनीति प्रतिको मोह पनि बढीरहेको छ । कलाकारितामा व्यस्त रहने कालाकारहरु अहिले राजनीतिमा बढी चासो दिन थालेका पनि देखिन्छ ।

    images

    धेरै कलाकारहरु राजनीतिक दलमा प्रवेश गरेका पनि छन् । राजनीतिमा लाग्ने कलाकारमध्ये एक हुन् नायिका रेखा थापा । बिहिबार रेखा थापाम राप्रपाको एक कार्यक्रममा सहभागी भएकी छन् ।

    raprapa.jpg

    उनी २०७३ सालमा माओवादी छाडेर तत्कालिन राप्रपाका अध्यक्ष कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेकी थिइन् । अघिल्लो महाधिवेशनमा रेखाले  केन्द्रीय सदस्य पनि जितेकी थिइन् ।

    rpp-1-.jpg

    उनीसँगै केन्द्रीय सदस्यमा जितेकी चर्चित गायिका कोमल ओली पनि थिइन् । ओली अहिले नेकपा एमालेमा छिन् । रेखा भने बीचको केही समय विप्लव समूहमा लागेका हल्ला पनि चलेको थियो । तर लामो समयपछि रेखा राप्रपामा नै रहेको खुलेको छ । बिहिबार राप्रपाको उम्मेदवारी घोषणा कार्यक्रममा रेखा पुगिन् ।

    उनले अहिले पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ भन्ने बहस चलिरहेकोले आफु राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनको पक्षमा लागेको बताइन् । राप्रपाको महाधिवेशन मंसिर १५ गतेदेखि १७ गतेसम्म हुँदैछ ।


    मंसिर ९, २०७८ बिहिवार ११:५६:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    बंगालमा ‘जवाद' सामुन्द्रिक आँधी, नेपालमा भाेलिबाट अर्काे माैसमी प्रणाली

  • 532
    SHARES
  • बंगालमा ‘जवाद' सामुन्द्रिक आँधी, नेपालमा भाेलिबाट अर्काे माैसमी प्रणाली
    काठमाडौं, १८ मंसिर-बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने  र तत्पश्चात उत्तर उत्तर पूर्व तर्फ सर्ने देखिएको छ ।

    उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले  चक्रवातको अप्रत्यक्ष प्रभावले शनिबार रातिबाट प्रदेश १, २ र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने छ ।  ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना  पनि रहेको र एक(दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । 

    images

    सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ,’ महाशाखाले भनेको छ, ‘सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको संभावना रहेको छ।’

     सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ ।इतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने छ ।


    मंसिर १८, २०७८ शनिवार ०८:४१:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सामुन्द्रिक आँधी,

  • क्यानाडा नेपाल

    हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

  • 196
    SHARES
  • हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

    लमजुङ, १८ मंसिर -हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए ।

    images

    मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ । हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरी (३,२४० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताए । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङका छिरिङ गुरुङले बताए । 

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । उनले भने मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ । 


    मंसिर १८, २०७८ शनिवार ०९:३२:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाङ

  • क्यानाडा नेपाल

    धोविखोलामा एक पुरुषको शव फेला

  • 414
    SHARES
  • धोविखोलामा एक पुरुषको शव फेला

    काठमाडौँ।  काठमाडौंको रातोपुल नजिकै धोविखोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार दिउँसो धोविखोलमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    images

    खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । प्रहरीले शवलाई खोलाबाट बाहिर निकालेको छ भने पहिचान खुल्न बाकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    मंसिर १९, २०७८ आइतवार १६:३७:४८ बजे : प्रकाशित